आर्थिक 📈

पुँजीगत खर्चभन्दा ऋणको साँवा व्याज भुक्तानी ३ गुणा बढी

काठमाडौं, १३ कात्तिक । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब तीनगुणा बढी देखिएको छ । सरकारी ऋण बर्सेनि बढ्दै गएसँगै त्यसको साँवा र ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले रू २५ अर्ब ७८ करोड ९० लाख बराबर पुँजीगत खर्च गरेको छ । त्यस्तै गत असोज मसान्तसम्ममा सरकारी ऋणको साँवाब्याज तिर्न रू ६७… पुरा पढौ

हिमालयन लाइफको व्यत्तिगत वीमालेखमा छुट सुविधा

काठमाडौं, १३ कात्तिक । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले छुट सुविधा ल्याएको छ । कम्पनीले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज जरिवाना)मा छुट सुविधा ल्याएको हो । साबिकको प्राइम लाइफ इन्स्योरेन्स, यूनाइटेड लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई ब्यतित भएका बीमालेखहरुमा यही कात्तिक १० गतेदेखि २२ गतेसम्ममा नवीकरण पुनर्जागरण गर्दा बीमाशुल्कमा लाग्ने विलम्ब शुल्क ब्याज जरिवानामा छुट दिएको कम्पनीले जनाएको छ । तीन वर्षसम्मको बीमालेख व्यतीत अवधिमा ब्याज र जरिवाना शतप्रतिशत छुट हुनेछ । त्यस्तै, तीन वर्ष… पुरा पढौ

आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले गिरावट भएको हो भने चाँदीमा रुपैयाँ ५ ले घटेको हो । छापावाल सुन यसदिन रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख १७… पुरा पढौ

मुद्दति निक्षेपमा १७ करोड ६७ लाख लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएकाे छ । केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे जानकारी दिएको हाे । राष्ट्र बैंकले दिएकाे जानकारी अनुसार २०८० साल मंसिर ४ गतेदेखि २०८१ साल मंसिर ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको छ । मुद्दति निक्षेपमा सहभागि हुन चाहने बैंक तथा वित्तीय संस्थाले कात्तिक १५ गते राती १२ बजेसम्म आफूले लिन चाहेको रकम… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

काठमाडौं, १३ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १… पुरा पढौ

पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी गर्दै किसान

गल्याङ, १३ कात्तिक । स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश गए । पढाइमा अब्बल मानिएका उनकाे १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो । उनले विदेश पसेर राम्रै कमाइ गर्न थाले तर विरामी परेपछि स्वदेश फर्किए । उनलेले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका–२, खड्केटारीमा पाँच वर्ष पहिले एक हजार कुखुरापालनबाट व्यवसाय सुरु गरे। रु चार लाखबाट सुरु गरेको अनिलको व्यावसाय बजारको अभावमा दुई वर्ष नपुग्दै रु सात लाख… पुरा पढौ

सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने

ग्वाङ्जाउ (चीन), १२ कात्तिक । चालु वर्षमा चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर तीन दशमलव एक प्रतिशतमा अझ सुस्त हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा पनि यस्तै कमजोर… पुरा पढौ

नेप्से २८.१८ अंकले घट्याे, कारोबार ७४ करोडमा सिमित

काठमाडौं, १२ कात्तिक। दसै बिदापछि सेयर बजारमा कारोबार भएको पहिलो दिन आज आईतबार नेप्सेमा अत्यधिक गिरावट भएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.१८ अंकले घटेको छ । यसरी घटेको नेप्से परिसूचक १८७५.६५ विन्दुमा झरेको छ । नेप्सेमा १.४८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.१६ अंकले घटेर ३६१.९४ विन्दुमा झरेको छ । यसदिन कुल २८३ कम्पनीहरुको २७ लाख १२ हजार १२३ कित्ता सेयरको खरिदबिक्रीबाट ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँ ५६ पैसा बराबरको कारोबार भएको छ… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०.२५ अंकको गिरावट

काठमाडौं, १२ कात्तिक । दसैंको बिदापछि पहिलो दिन आजबाट खुलेको सेयर बजारमा कारोबार सुरु भएको छ । यो साताको सेयर कारोबार हुने पहिलो दिन पनि हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन प्रि ओपन सेसनमा नेप्से नकारात्मक लयमा गएको छ । नेप्सेमा ०.२५ अंकको गिरावट भई १९०३.५८ विन्दुमा झरेको छ । नेप्सेमा ०.०१ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेर ३६७.१३ विन्दुमा रहेको छ । प्रि ओपन सेसनमा कुल १० वटा कम्पनीहरुको सेयर कारोबार भएको छ ।… पुरा पढौ

सुन तोलाको रु १ लाख १७ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, १२ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने आईतबार आज पहिलो दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जानकारी दिएको छ । छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको… पुरा पढौ