आर्थिक 📈

सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

काठमाडौं, २६ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए। सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अबधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सिआइबीका प्रमुख… पुरा पढौ

त्रिवेणी श्रम सहकारीले बेसारको चाना जर्मन पठाउदै

रुकुम, २६ भदौ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मन पठाउने तयारी गरेको छ । पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना बनाएको हो । “हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मन पठाएको थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिरदेखि बेसार जर्मन पठाउन सुरु गर्दैछौँ”, सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भने। “सहकारीका सदस्यलाई बेसार खेती… पुरा पढौ

तेश्रो दिन सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, २६ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा सामान्य ५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउमा कुनै परिवर्तन भएको छैन । सेतो धातु चाँदीमा रुपैयाँ ५ ले बढेको हो । छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा नै कारोबार भएको… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, २६ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरो तथा अन्य देशको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १… पुरा पढौ

नेप्सेमा ४४.३० अंकको बृद्धि, साढे १ अर्बको कारोबार

काठमाडाैं, २५ भदाै । लगातार नेप्से उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने सोमबार आज दोश्रो दिन हो । नेपाली सेयर बजारको दोश्रो दिनको लय पनि सकारात्मक देखिएपछि लगानीकर्ताहरु उत्साही भएका छन् । पहिलो दिन आईतबार नेप्सेमा १०.२३ अंको बृद्धि भई नेप्से परिसूचक १९४२.६८ विन्दुमा चढेको थियो । सोमबार चौथाई बढी अंकको बृद्धिको उभार देखिएपछि अब निरन्तर लयमा जान्छ कि भन्ने अपेक्षा बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा उक्लिएको छ… पुरा पढौ

तत्काल उद्योगमा विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिए। उनले यससम्बन्धी विषयमा महासङ्घ, विद्युत नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर छिटै टुङ्गोमा… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा झिनाे अंककाे बृद्धि

काठमाडौं, २५ काठमाडाैं । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से सामान्य ढंगले उकालाे लागेकाे छ । नेप्से परिसूचक ०.२९ विन्दुले बढेको उकालाे लागेकाे हाे । बजार बन्द हुँदाकाे अवधिसम्म उतारचढाव भइरहने भएपनि यसिदनकाे सुरूआत सकारात्मक रहेकाे छ । प्रि ओपन सेसनमा नेप्से ०.२९ अंकले बढेर १९४२.९८ विन्दुमा उक्लिएकाे छ । ९ वटा कम्पनीहरूकाे ५०१ कत्ता सेयरकाे खिरदबिक्रीबाट १ लाख ६ हजार रुपैयाँ बढीको कारोबार भएको छ । प्रि ओपनमा २१ वटाकाे सेयर… पुरा पढौ

नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

जानकी (बाँके), २५ भदौ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको उनले बताए उक्त रकम… पुरा पढौ

खानीखोला हाइड्रोपावरकाे हकप्रद शेयर निष्कासनपछि चुक्तापुँजी ९३ करोड पुग्ने

काठमाडौं, २५ भदाै। खानीखोला हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको बताएकाे छ। अहिले कम्पनीको चुक्तापुँजी ४६ करोड ५७ लाख रहेकाे छ। अब शतप्रतिशत हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ। विद्युत नियमन आयोगबाट सहमति लिएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात हकप्रद प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको हो। कम्पनीले केही बैंक ऋण भुक्तानी गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको बताएको छ। गत… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २५ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो । छापावाल सुनमा यसदिन रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ