काभ्रेपलाञ्चोक, १८ भदौ । काभ्रेपलाञ्चोक होटल तथा रेष्टूरेन्ट व्यवसायी संघ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घले यही भदौदेखि हरेक महिना ‘फुड फेस्टिबल’ आयोजना गर्ने भएका छन् । दुई सङ्घले संयुक्तरुपमा जिल्लाका विभिन्न स्थानमा फुड फेस्टिबल गर्ने जनाएका हुन् । बनेपामा आज आयोजित पत्रकार सम्मेलनमा परम्परागत खाना, संस्कृति, वेषभूषा तथा स्वच्छ ‘हाईजेनिक’ परिकार प्रबद्र्धन गर्ने उद्देश्यले यही भदौ २२ र २३ गते जिल्लाको मुख्य सहर बनेपामा वृहत ‘काभ्रेपलाञ्चोक फुड फेस्टिबल, नेवारी सुकुल भोज तथा साँस्कृतिक कार्यक्रम’ आयोजना गर्नेसमेत जानकारी दिइयो ।…
पुरा पढौ