आर्थिक 📈

नेप्सेमा पुनः करेक्सन, करिब ८८ करोडको कारोबार

काठमाडौं, १९ भदौ । सोमबार उकालो लागेको भोलिपल्ट मंगलबार सेयर बजार पुनः ओरालो लागेको छ । साताको सेयर कारोबार हुने आज तेश्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार रकम पनि एक अर्बभन्दा तल नै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.९३ अंकले घटेर १९५९.८९ विन्दुमा झरेको छ । नेप्सेमा ०.४० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७६ अंकले घटेर ३७६.९५ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये दुई वटामा मात्रै हरियो लागेको छ ।… पुरा पढौ

रुजु फछ्र्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्छ : सांसदहरु

काठमाडौं, १९ भदौ । बर्सेनि बढिरहेको सरकारको बेरुजु घटाउँदै लैजान र सरकारका आर्थिक गतिविधिलाई मितव्ययी तथा पारदर्शी बनाउन सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन्। सरकारको आर्थिक कारोबार माथिको निगरानी र वित्तीय अनुशासन पालना गराउन भूमिका खेल्नुपर्ने धारणा लेखा समितिको आजको बैठकमा सांसदहरुले राखे। लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारी बेरुजु बढ्नाका कारण र यसलाई घटाउनका लागि चाल्नुपर्ने कदमबारे सरकार तथा सम्बन्धित मन्त्रालयमार्फत जानकारी लिनुपर्ने बताए। अबका दिनमा लेखा समितिले आफ्ना गतिविधि कसरी… पुरा पढौ

वैदेशिक रोजगारीकाे नक्कली विज्ञापनले ३४ लाख डुब्याे

काठमाडौं, १९ भदौ। वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए। त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन् । अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम… पुरा पढौ

अपि पावरकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १९ भदाै । अपि पावर कम्पनी लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले साउन ३१ गतेदेखि हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर खुलाएकाे हाे । कम्पनीले १० कित्ता बराबर नयाँ ४ कित्ता सेयर खुलाएकाे हाे । यसमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता रहेकाे छ। कम्पनीकाे सेयर निष्काशनकाे प्रयोजनका लागि असार २२ गते बुकक्लोज… पुरा पढौ

मंगलबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १९ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेर यसदिन काराेबार भइरहेकाे छ । छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ । अघिल्लो दिन अमेरिकी डलरको भाउ स्थिर रहेको थियो भने यूरोलगायत अन्य देशहरूको मुद्राको भाउ घटेको थियो । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज… पुरा पढौ

पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ), १९ भदौ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन… पुरा पढौ

मिटरब्याजसम्बन्धी ६६ उजुरीमध्ये ३२ फर्छ्योट

बागमती, १९ भदौ । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा गैरकानुनी तथा अनुचित लेनदेन अर्थात् (मिटरब्याज) सम्बन्धी परेको ६६ वटा उजुरीमध्ये हालसम्म ३२ वटा उजुरी मेलमिलापको माध्यमबाट फर्छ्योट गरिएको छ । सो कार्यालयमा हालसम्म आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक सम्बन्धित ६६ वटा उजुरी परेको सो कार्यालयले जनाएको छ । सरकारले अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी जाँचबुझ आयोग गठन गर्नुपूर्व २८ वटा लिखित निवेदनहरु उक्त कार्यालयमा दर्ता भएको थियो भने आयोग गठनपश्चात् हालसम्म थप ३८ वटा उजुरी दर्ता भएको बताइएको छ । सरकारले मिटर… पुरा पढौ

आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधान गर्न सरकार निरन्तर क्रियाशील छ: अर्थमन्त्री महत

गण्डकी, १८ भदौ । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेकोे बताएका छन। पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताए। नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै गर्दै उहाँले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिए। राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै महतले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिए। आर्थिक क्षेत्रमा देखिएका समस्याको… पुरा पढौ

नेप्सेको ओरालोको यात्रामा ब्रेक, १९६७.८३ विन्दुमा उक्लियो

काठमाडौं, १८ भदौ । लगातार ओरालो लागिरहेको नेप्सेको यात्रामा आज भने ब्रेक लागेको छ । साताको सेयर कारोबार हुने आज मंगलबार तेश्रो दिन नेप्से उकालाे लागेकाे हो । यसदिन सेयर बजारको उकालो लागेको दृश्यले लगानीकर्ताको मनोवल बढाएको छ । कुल कारोबारको फिगरमा भने अझैं उल्लेखनीय सुधार हुन सकेको देखिएन । तर सकारात्मक बनेकाे माहाेलले उत्साही बनाएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने… पुरा पढौ