आर्थिक 📈

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

गलकोट, १६ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो । पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी रु १६ लाखले वृद्धि भएको छ । ढुङ्गा निर्यात गर्दै आइरहेको ताराखोला गाउँपालिकाभित्र एक सय युवाहरुले ढुङ्गा उद्योगबाट प्रत्यक्ष रोजगारी पाएको… पुरा पढौ

अरनिको राजमार्ग विस्तार गर्नका लागि बजेट अभाव हुँदैन : अर्थमन्त्री डा महत

काभ्रे, १५ भदौ । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने जानकारी दिएका छन् । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले सो कुरा बताए । “अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन”, मन्त्री डा महतले भने। तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई… पुरा पढौ

अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घट्यो

काठमाडौं, १५ भदौ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले घटेर तोलाको… पुरा पढौ

गुर्जामा स्याउखेतीको परीक्षण सफल

म्याग्दी, १५ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए। “परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो”, उनले भने, “सबै बोटमा फल लागेको छ ।” गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार सात सय मिटर छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले… पुरा पढौ

सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन

फिक्कल (इलाम), १५ भदौ । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौँरीपालन गरिरहेका छन् । यस ठाउँको धुपी क्षेत्रमा परम्पारगतरूपमा चौँरीपालन हुँदै आएको थियो । अहिले राईको गोठमा २५ चौँरी छन् । उनले घरपालुवा उराङ जातिका चौँरीपालन गरेको बताए। सन्दकपुर–४ को बिखेभञ्ज्याङ क्षेत्रमा पनि चौँरीपालन गरिँदै आएको छ । उनीहरुले दूध, घ्यू र… पुरा पढौ

हिमालयन ८०-२० को इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५ भदाै । हिमालयन क्यापिटल लिमिटेडकाे हिमालयन ८०–२० को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले गएकाे साउन ३२ गतेदेखि साे इकाई बिक्रीमा ल्याएकाे थियाे । यो एक बन्दमुखी योजना हो। क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जारी भइकाे हाे । यसमा १ करोड ५० लाख इकाई कोष प्रबर्द्धककाे रुपमा रहेकाे हिमालयन बैंकका लागि सुरक्षित गरीएकाे छ । बाँकी रहन गएकाे ८ करोड ५० लाख इकाई सर्वसाधरणका… पुरा पढौ

शुक्रबार अमेरिकी डलरको भाउ बढ्यो, यूरोको भाउ घट्यो

काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोलगायत केहि देशको मूद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र… पुरा पढौ

आजदेखि सिटिजन लाइफकाे प्रिमियममा आईपीओ खुल्ला

काठमाडौं, १५ भदाै । सिटिजन लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि प्रिमियममा सेयर (आईपीओ) खुल्ला गरेकाे छ। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिशेयर २४४ रुपैयाँमा सेयर जारी गरेकाे हो। इन्स्योरेन्सले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो। त्यसमा ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि जारी भइसकेकाे छ। १ अर्ब ६ करोड ८७… पुरा पढौ

धनकुटा र तेह्रथुमका कृषकले पाए ४ करोड अनुदान

धनकुटा, १४ भदौ । धनकुटा र तेह्रथुमका पशुपंक्षीपालक कृषकले करिब ४ करोड अनुदान रकम पाएका छन् । आव २०७९-८० मा दुई जिल्लाका १ सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई उक्त अनुदान उक्त अनुदान उपलब्ध गराइएको हो । सम्बद्ध कृषकहरूले धनकुटास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन् । कार्यालयका अधिकृत पुष्पराज दाहालका अनुसार एक सय वटा दूधजन्य तथा पशुपक्षीपालक संस्था र ५८ वटा बाख्रा फार्मलाई… पुरा पढौ

सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङले निमा तामाङको नामबाट नागरिकता लिएको पुष्टि

काठमाडौं, १४ भदौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियम पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङकाे नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बताएको छानबिन टोलीले पुष्टी गरेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो… पुरा पढौ