आर्थिक 📈

उत्पादित आलुले बजार नपाउदा किसान मारमा

गलेश्वर, २५ साउन । म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् । जिल्लाका लेकाली क्षेत्रमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले… पुरा पढौ

प्राविधिक शिक्षाका लागि लर्डवुद्ध एजुकेशन र हिमालयन लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं,२४ साउन। मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो । सहमति पत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन। लर्ड बुद्ध एजुकेशन फाउण्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापन विषयमा स्नातक तह र… पुरा पढौ

काठमाडौं महानगरले १० अर्ब २५ करोड राजस्व उठायाे

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि १० अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ । आव २०७८/०७९ मा कामपाले १० अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए… पुरा पढौ

शेयरप्रो सेक्यूरिटीजकाे डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा छुट

काठमाडाैं, २४ साउन। हालैमात्र स्थापित शेयर दलाली सेवा प्रदान गर्ने कम्पनि शेयरप्रो सेक्यूरिटीज प्रालिले आफ्ना नयाँ ग्राहकहरुलाई लक्षित गरेर आकर्षक छुट याेजना ल्याएकाे छ। ग्राहकहरुको सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धता अन्तर्गत ग्राहकहरुलाई लक्षित गरी कम्पनीले पहिलाे ३ सय ६५ जना नयाँ ग्राहकहरुलाई डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा शतप्रतिशत छुटको योजना ल्याएकाे हाे। यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो शेयर सदस्यता लिई कारोबार गर्न सक्नेछन । धितोपत्र बजारमा रुची राख्ने जो कोहि व्यक्तिले यो योजनामा सहभागी… पुरा पढौ

नेप्सेको ओरालो यात्रामा ब्रेक, २०६०.९१ विन्दुमा उक्लियो

काठमाडौं, २४ साउन । केहि दिनदेखि ओरालो लागेको नेप्सेको यात्रामा आज बुधबार भने ब्रेक लागेको छ । यसरी यूटर्न भएर नेप्से उकालोको यात्रामा जाँदा सेयर बजारमा उत्साह छाएको छ भने लगानीकर्ताहरुको मनोवल बढेको छ । एउटा बाहेक सबै सूचकांकहरुमा हरियो लागेको छ । कारोबार रकमले भने २ अर्बको घेरोलाई नाघ्न सकेन । लगातारको नकारात्मक लयमा गएको नेप्से लयमा फर्किदा लगानीकर्ताले राहत महशुस गरेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ को विन्दुमा उक्लिएको छ ।… पुरा पढौ

मालपोत कार्यालय तनहुँबाट ३० करोड ८४ लाख राजस्व सङ्कलन

तनहुँ, २४ साउन । मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७९-८० मा ३० करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ को तुलनामा गत आवमा रु १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८-७९ मा रु ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व सङ्कलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए। आर्थिक वर्ष २०७९-८० मा… पुरा पढौ

लगातार सुनचाँदीको भाउमा गिरावट, यस्तो छ आजको भाउ

कामाठमाडौं, ४ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले… पुरा पढौ

बुधबार अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रिदर १३२ रुपैयाँ ८३… पुरा पढौ

कास्कीमा उत्पादनका आधारमा दुग्ध उत्पादक कृषकलाई अनुदान

पाेखरा, २३ साउन । जिल्लाका दुग्ध उत्पादक कृषकहरुले उत्पादन परिमाणका आधारमा सरकारबाट अनुदान रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेश सरकारले व्यावसायिक कृषकहरुलाई दूध उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको हो । सहकारी संस्था वा सहकारी समूहबाट दूध बिक्री वितरण गर्दै आएका कृषकहरु यसबाट लाभान्वित भएका छन् । सरकारले उत्पादनका आधारमा अनुदान रकम दिने भएपछि जसले धेरै उत्पादन गर्छ उसैले बढी रकम पाएको छ । कृषकले प्रतिलिटिर रु दुई रुपैयाँ ५० पैसा अनुदान पाएका थिए । प्रदेश सरकारको कृषि मन्त्रालयअन्तर्गतको… पुरा पढौ

नेप्से २८.४० अंकले घट्याे, आइएमई लाइफकाे काराेबार आज पनि अब्बल

काठमाडौं, २३ साउन । नेप्सेमा लगातार गिरावट भईरहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार ओरालोकै यात्रामा गएको छ । साउन ७ गते नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ काे मौद्रिक नीति सार्वजनिक गरेकै दिनमा उछाल आएको नेप्सेमा त्यसको भोलिपल्टबाट लागातार ८ दिन र बिचमा सकारात्मक भएर पुनः अधिकांश दिनहरुमा ओरालो लाग्दै आएको छ । नेप्सेमा आईरहेको नकारात्मक लयको कारण सेयर बजारका लगानीकर्ताहरु पर्ख र हेरकै स्थितिमा रहेका छन् । आजको राताम्मै भएको सूचकांककाे… पुरा पढौ