आर्थिक 📈

विदेशी मुद्राको सञ्चिति बढेपछि आयात खुकुलो बनाउदै राष्ट्र बैंक

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति बढेपछि आयातलाई खुकुलो बनाएको जनाएकाे छ । बैंकले परिपत्र जारी गर्दै वस्तुकाे आयात गर्दाका बखत एलसीको सीमालाइ बढाएको उल्लेख छ। भारतबाट गरिने आयातमा भारु ३ करोड सम्मको एलसी खोल्न पाइने भएकाे छ । तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइनेछ । पहिले यसका लागि रु ५० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइने व्यवस्था रहेकाे थियो। एक पटक सटही सुविधा लिएपछी ७… पुरा पढौ

प्रि ओपन सेसन-नेप्सेमा ०.५४ अंककाे गिरावट

काठमाडौं, २३ साउन । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नकारात्मक लयमा गएकाे छ । यसदिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक यसदिनकाे प्रि ओपन सेसनमा ०.५४ अंकले घटेर २०४७.७१ विन्दुमा झरेको छ। सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले घटेको छ। अघिल्लो कारोबार भएकाे दिन सोमबार ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा बजार बन्द भएको थियाे। आजकाे प्रि ओपनमा १७ वटा कम्पनीहरुकाे ९१५ कित्ता सेयर खरिदबिक्री भएकाे ५ । यसबाट ४ लाख ३९ हजार ९१६ रुपैयाँ… पुरा पढौ

सुन र चाँदी दुबैको भाउ घट्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तराष्ट्रिय बजारमा भईरहेकाे व्यापार, व्यवसायमा र विभिन्न घटनाक्रमहरुकाे प्रभावले पहेलो तथा सेतो धातुको मूल्यमा तलमाथि भईरहने जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि साेमबार छापावाल सुन तोलाको १… पुरा पढौ

मंगलबार अमेरिकी डलर र यूरोको भाउ घट्यो

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रिदर १३२ रुपैयाँ ७० पैसा रहेको छ ।… पुरा पढौ

कामना सेवा विकास बैंकले गर्याे डोच एण्ड डोरिस रेस्टुरेन्टसँग मर्चेन्ट सम्झौता

काठमाडौं, २३ साउन। कामना सेवा विकास बैंक र डोच एण्ड डोरिस रेस्टुरेन्टबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । याे सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका ग्राहकले काठमाडौंकाे डोच एण्ड डोरिस रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैकले जनाएकाे छ । यस सम्झौताबाट बैंक ग्राहक ले लाभ लिने बैंकले विश्वास लिएको छ । पुरा पढौ

कागतीको बजारीकरण गर्न कृषि ज्ञान केन्द्र तनहुँकाे पहल

दमौली, २३ साउन । तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालिमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिए। उनले फलफूल समितिको कार्यकारी निर्देशक डिपी… पुरा पढौ

नेप्सेकाे ओरालोको यात्रा यथावत्, आइएमई लाइफ इन्स्योरेन्स कारोबारमा अब्बल

काठमाडौं, २२ साउन । सेयर बजारको ओरालोको यात्रा यथावत रहेको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सेयर बजारले ओरालोको यात्रालाई पछ्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८२६ विन्दुमा झरेको छ । नेप्सेमा ०.१५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५९ अंकले घटेर ३९०.४३ विन्दुमा रहेको छ । १३ उपसमूहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी ९ वटामा हरियो लागेको छ । कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा कम भएको… पुरा पढौ

सोमबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं, २२ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा गिरावट भएको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ १०० ले घटेको जनाएको छ । चाँदीको भाउ आईतबारकै कायम गरिएको छ । छापावाल सुनमा रुपैयाँ १०० ले घटेर तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

अप्पर लोहोरे खोला हाइड्रोकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २२ साउन । अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर आइपीओमा आवेदन दिने आज साेमबार अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि १९ लाख ५३ हजार २७९ कित्ता सेयर निष्काशन गरेकाे थियाे । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुने १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयरबाट १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारमा गएकाहरुकाे लागि जारी भइसकेकाे छ ।  कर्मचारीका लागि ३९ हजार ७६५ कित्ता रहेकाे… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रिदर १३२… पुरा पढौ