आर्थिक 📈

मनकामना इन्जिनियरिङ्ग हाइड्रोकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २८ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आजदेखि आवेदन खुलाइएकाे छ । कम्पनीका अनुसार सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गरिएकाे हाे । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका सेयर निष्काशन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएकाे हाे । स्थानिय जनताका लागि निष्काशन गरिएको सेयरमा ताेकिएकाे सङ्ख्यामा आवेदन नपरेपछि बिक्री नभएकाे ६ लाख १६ हजार ६२० कित्ता समाहित गरेर कुल २२ लाख ७६ हजार ६२० कित्ता सर्वसाधारणका जारी… पुरा पढौ

आईतबार अमेरिकी डलर, यूरोको भाउ स्थिर, अन्यको कति ?

काठमाडौं, २८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ तथा यूरोलगायत अन्य देशशरुकाे मुद्राकाे भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रिदर १३२ रुपैयाँ… पुरा पढौ

भोजपुरका अलैँची कृषक भन्छन् : भाउ बढ्यो, उत्पादन घट्यो

टक्सार (भोजपुर), २८ साउन । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भने, “गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्रास आएको छ ।” उत्पादन घटेका कारण मूल्य बढेर… पुरा पढौ

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ : डा भट्टराई

सुर्खेत, २७ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुगेका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताए। चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्षरुपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए। “घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छायाँ नपर्ने गरी आयोग गठन गर्नुपर्छ”, डा भट्टराईले सुझाव… पुरा पढौ

औषधीय गुणयुक्त ड्रागन फ्रुट : घरकाे छत र करेसाबारीमा फलाउन सकिने

काठमाडौं, २७ साउन । पछिल्लाे समयमा देशका विभन्न भागमा ड्रागन फ्रुटकाे खेती बिस्तार भइरहेकाे छ । यसकाे खेतीमा नेता, जनप्रतिनधि, युवा र परम्परागत कम रकम कमाइ हुने पेशाबाट दिक्क भएका व्यक्तिहरु र किसान यसकाे खेतीमा लागेर लाभ लिइरहेका छन् के हाे ड्रागन फ्रुट ? ड्रागन फ्रुट गर्मि र सुख्खा हावापानीमा हुर्किन्छ । याे एउटा सिउडि प्रजातीको फलफुलकाे बिरुवा नै हो। याे फल Cactaceae परिवारकाे सदस्य हाे । यसको वैज्ञानिक नामकरण Hylocereus Undatus गरिएकाे छ । यसकाे बिरुवा कमजाेर र लत्रिने… पुरा पढौ

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले रुपैयाँ १० अर्ब बराबरकाे "विकास ऋणपत्र २०८८ (ख)" विकास ऋणपत्र बिक्री गर्दैछ । बैंकले ८ वर्ष अवधि रहेकाे साे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । बैंकले ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाेबाट तय हुने जानकारी दिएकाे छ । राष्ट्र बैंकले ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न पाउने जनाएकाे। ऋणपत्र खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र धिताे राखी कर्जामा लिन र… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने यसदिन घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रिदर १३२ रुपैयाँ… पुरा पढौ

नागरिक लगानी कोषकाे नाफामा ३६.७४ प्रतिशतले बृद्धि

काठमाडौं, २७ साउन । नागरिक लगानी कोषकाे नाफामा बृद्धि भएकाे छ । काेषकाे नाफा बढे इपिएस भने घटेकाे छ । काेषकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार काेषकाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा नाफा बढेको हाे । गत आर्थिक वर्षको असारकाे अन्त्यसम्म कोषले ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा ३६.७४ प्रतिशतले बढी देखिन्छ । अघिल्लो आर्थिक वर्षमा काेषकाे नाफा ६६ करोड ३९ लाख रुपैयाँ थियो। कोषको ब्याज आम्दानी… पुरा पढौ

रिलायवल लाइफकाे आईपीओमा १.८२ गुणा बढी आवेदन

काठमाडौं, २७ साउन । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर आईपीओमा आवेदन मा १४ लाख ७७ हजार बढी आवेदकले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ्गले जनाए अनुसार आबेदनको अन्तिम दिन साँझ सम्म १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता सेयर माग गरिएकाे छ । याे माग सर्वसाधारणको लागि जारी गरिएकाे ९६ लाख कित्ताभन्दा १.८२ गुणा बढी हाे । सेयरमा मागभन्दा बढी आवेदन परेकोले… पुरा पढौ

श्रम बजार सुरक्षित बनाउने बिषयमा अध्ययन प्रस्ताव पेश गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीले भोगिरहेका समस्या र समाधान, श्रम बजारको व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो । सो क्रममा वैदेशिक रोजगारीमा रहेका, स्वरोजगार तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेबारे समेत छलफल भएको थियो । यसका निम्ति यही साउन ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ । प्रधानमन्त्री दाहालले… पुरा पढौ