आर्थिक 📈

दमकमा ९ तलाको भाटभटेनी सुपरमार्केट खुल्दै

काठमाडौं, २४ चैत । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले झापाको दमकमा अर्को स्टोर थप्ने भएको छ।दमक ९ स्थित चिया दोकानमा स्टोर सञ्चालन गर्न लागेको हो। भाटभटेनीको कोशी प्रदेशमा बिराटनगर, धरान, इटहरीमा स्टोर छ। अब दमकमा खोल्न लागेको हो। भाटभटेनीले स्टोर खोल्न वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको छ। नयाँ खोल्न लागेको स्टोर दमक चोकबाट करिब २ किलोमिटर पश्चिममा राजमार्गमै छ। स्टोरका लागि कुल ४७ सय ५० वर्गमिटर जग्गा छुट्याइएको छ। कम्पनीले जग्गा खरीद गरिसकेको छ। स्टोर भूमिगतसहित ९ तलाको हुने… पुरा पढौ

बजेट लेखन टिमको नेतृत्वमा भुपाल बराल

काठमाडौं, २४ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट लेखन टिम तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सहसचिव भुपाल बराललाई अर्थमा ल्याएर बजेट लेखनको जिम्मेवारी दिएको हो। बजेट लेख्ने टिमको नेतृत्व बरालले गर्ने भएका छन्। सहसचिव उत्तर खत्री र बाबुराम सुवेदी पनि बजेट लेखन टिममा रहने सम्भावना छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बराल, सुवेदी र खत्रीलाई अर्थमा भित्र्याएर बजेट लेखन प्रक्रियालाई तीव्रता दिएका हुन्। टिमले आजैबाट विभागीय प्रमुखको जिम्मेवारी लिने र बजेट लेखन कार्यमा खटिने… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ… पुरा पढौ

एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, २४ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। चैत २४ गते (शुक्रबार) दिउँसोː  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको  पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː  कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम… पुरा पढौ

पुँजीगत खर्च बढाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । ‘पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकासनिर्माणको कार्य पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्दछ । तसर्थ संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई… पुरा पढौ

नेप्सेमा ८.२८ अंकको गिरावट, कारोबारमा शिवम सिमेन्ट अब्बल

काठमाडौं, २३ चैत । नेप्सेमा देखिएको सुधार दोश्रो दिनमा टिक्न सकेन । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन तीनवटा उपसमूहहरुमा मात्र रातो र १० वटामा हरियो लागेकोमा यसदिन तीनवटामा हरियो र बाँकी १० वटामा रातो लागेको छ । नेप्सेमा देखिएको सकारात्मक लय दोश्रो दिन पनि टिक्न नसकेकोमा लगानीकर्ताहरुको लामो समयदेखिको बढ्न नसकेको मनोवल झन् घटाएको छ । पुनः उनीहरुलाई पर्ख र हेरको अवश्थामा पुर्याएको छ । यसदिन राष्ट्र बैंकले बजारको… पुरा पढौ

आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री

काठमाडौं, २३ चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने बताएका छन् । उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।” सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा. महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए । समाजका पदाधिकारीले महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष… पुरा पढौ

तरलता प्रवाहका लागि रु २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले तरलता प्रवाहका लागि २० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकले १४ दिनकाे लागि साे रिपो जारी गर्ने बताएकाे हो । बिहीबार जारी हुन लागेकाे रिपोका लागि बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बोलकबोल गरिने भएकाे छ । बोलकबोलका लागि बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन पाउनेछन् । राष्ट्र बैंकले जारि हुने रिपो आगामी वैशाख ७ गते परिपक्व हुने जनाएको छ । नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्नका लागि ‘रिपो’ जारि… पुरा पढौ

दाङमा चालु आर्थिक वर्ष २०७९-८० २७३ उद्योग तथा फार्म बन्द

घोराही, २३ चैत । दाङमा चालु आर्थिक वर्ष २०७९÷८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका हुन् । कार्यालय प्रमुख लालबहादुर गुरुङका अनुसार बन्द भएका फार्म एक सय ३० उद्योगतर्फ र एक सय ४३ वाणिज्यतर्फका रहेका छन् । अधिकांशले व्यापारमा घाटा लागेको, परिवारका सदस्य विदेश गएकाले चलाउन नसक्ने, विदेश जाने तयारीमा रहेकालगायत कारण उल्लेख गरेको गुरुङले बताए। कार्यालयले बन्द गराउनुको… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

काठमाडौं, २३ चैत । काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ २२ पैसा… पुरा पढौ