स्वास्थ्य

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

काठमाडौं, २० फागुन । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए। ग्रीनसिटी अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताए। शेर्पाको शल्यक्रिया गर्ने डा रुपा झाले… पुरा पढौ

कोरोनाका नयाँ सङ्क्रमित भेटिएनन्, १ जना डिस्चार्ज

काठमाडौं, १९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ८९२ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये कसैमा पनि सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । ११४ जनाको पीसीआर परीक्षण गरिएकामा शून्य जनामा तथा ७७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पनि शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान… पुरा पढौ

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजना बनाइनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १९ फागुन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा गरेका छन् । उनले नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाए । अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलनलाई आज यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले नेपालको आयुर्वेद चिकित्सालाई थप विस्तार गरिने जानकारी दिए। उनले अतिआवश्यक जडीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने… पुरा पढौ

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

ढोरपाटन, १८ फागुन। कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए। विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन् । आयुर्वेद औषधिमा विश्वास कम… पुरा पढौ

३ नयाँ कोरोना सङ्क्रमित थपिए

काठमाडौं, १७ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ९६६ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ३८६ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ५८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट कुनै कोरोना सङ्क्रमित निको भएर घर फर्केका छैनन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित ८ मा स्थिर

काठमाडौं, १६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार १५ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ४१३ जनाको पीसीआर परीक्षण गरिएकामा २ जनामा तथा ६०२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन । कोरोना भाइरसको… पुरा पढौ

डा. आचार्यले सफल पारे एक महिने शिशुको मुटुको जटिल शल्यक्रिया

चितवन, १६ फागुन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल का सर्जन डा अनिल आचार्यले हालै एक महिने शिशुको मुटुको जटिल शल्यक्रिया गर्न सफल भएका छन् । अस्पतालका मुटु, छाती र रक्तनली (सिटिभिएस) सर्जन डा. आचार्यले नेपालमा निकै जटिल मानिने ‘आर्टेरियल स्वीच अप्रेशन’ गरेर भरतपुर महानगरपालिका–१ ठिमुराका मिलन प्रजा (चेपाङ) र सविता प्रजा (चेपाङ) की ३५ दिनकी छोरी महिमाको मुटुको शल्यक्रिया गरेका हुन् । डा. आचार्यका अनुसार ती शिशुको डेक्ट्रो ट्रान्सपोजिसन्स अफ ग्रेट आर्टरिज (डिटिजिए) अर्थात मुटुबाट निस्कने मुख्य नलीहरु उल्टो… पुरा पढौ

सिएमसीमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

चितवन, १६ फागुन । नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज)को शल्यक्रिया सफल भएको हो । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो । डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताए। उनले भने, “मलाई थाहा… पुरा पढौ

अब सातै प्रदेशबाट निजामती अस्पतालको सेवा प्रबाह हुनेछ: सामान्य प्रशासनमन्त्री मोदी

काठमाडाैं, १६ फागुन । सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पतालको सेवा सातवटै प्रदेशबाट दिइने बताएका छन। उक्त अस्पतालको अनुगमनका क्रममा मन्त्री मोदीले निजामती सहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी)को उपचारको व्यवस्था गर्ने गरी अस्पतालको विकास गर्नुपर्नेमा जोड दिए । “सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गर्ने योजना छ”, उनले भने । अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए । लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृतिविकासतर्फ आफूले ध्यान… पुरा पढौ

कोरोनाका ३ सङ्क्रमित थपिए, २ जना डिस्चार्ज

काठमाडौं, १५ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ४३ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २८५ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ७५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन । कोरोना भाइरसको… पुरा पढौ