स्वास्थ्य

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनेबारे छलफल

काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका छन् । गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरुसँग आज उनले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । प्रधानमन्त्री दाहालले आगामी फागुन १ देखि विकास आयोजनाको अनुगमन गर्ने घोषणा गरेका छन् । सोही सिलसिलामा उनी… पुरा पढौ

चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह

काठमाडौं, २९ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरे। विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मी थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सङ्घले माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता… पुरा पढौ

चिकित्सक कुटपिटको विरोधमा आज देशभरी स्वास्थ्य सेवा बन्द

काठमाडौं, २९ माघ । नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारेकाे छ । सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति… पुरा पढौ

३ कोरोना सङ्क्रमित थपिए, १ जना डिस्चार्ज

काठमाडौं, २७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट १ हजार ८५ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ३७२ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ७१३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान… पुरा पढौ

बीमा रकम भुक्तानी नहुँदा ल्याब सेवा प्रभावित

फुङ्लिङ, २७ माघ । जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल भएको छ । स्वास्थ्य बीमाबापतको रु ५६ लाखभन्दा बढी पाउन बाँकी हुँदा जिल्ला अस्पतालको ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पताल सञ्चालन समितिका सदस्य सुवास आचार्यले जानकारी दिए। स्वास्थ्य बीमा बोर्डबाट अस्पताल सञ्चालन समितिले पाउनुपर्ने रकम समयमै नपाए अस्पतालले सञ्चालन गरिरहेको फार्मेसी र… पुरा पढौ

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

खोटाङ, २७ माघ । छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्यचौकीलाई रु एक करोड १२ लाखमा खरिद गरिएका ती एम्बुलेन्स उपलब्ध गराएको हो । जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको डाँडागाउँ स्वास्थ्यचौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा स्वास्थ्यचौकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै… पुरा पढौ

४ मा झरे कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, २६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट २ हजार ३१३ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ६५१ जनाको पीसीआर परीक्षण गरिएकामा १ जनामा तथा १ हजार ६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट… पुरा पढौ

प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीले मणिपाल अस्पतालमा छुट पाउने

पोखरा, २५ माघ । पोखराको प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिनेछ । प्रतिभाका प्रिन्सिपल किरण सापकोटाका अनुसार दर्तामा शतप्रशित, जनरल बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत, न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्य चिकित्सामा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । चिकित्सकको परामर्शमा भने कुनै शुल्क नलाग्ने पनि… पुरा पढौ

रुपन्देहीको स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा सुरु

रुपन्देही, २५ माघ । रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको हो । अल्ट्रासाउण्ड सञ्चालनका लागि प्रदेश तालिम केन्द्रले सियारी गाउँपालिकालाई छनोट गरी तालिम दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए । उक्त मेसिन गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले आज एक कार्यक्रमका बीच  सियारी–४ का वडाध्यक्ष श्रीराम यादवलाई प्रदान गरेका हुन् । छपियामा… पुरा पढौ

बाजुराले ३ वर्षपछि पायो एमडीजीपी डाक्टर

बाजुरा, २५ माघ । जिल्ला अस्पताल बाजुराले ३ वर्षपछि एमडीजीपी डाक्टर पाएको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीका अनुसार ३ वर्षअघि डा. दुर्गा महर्जन सरुवा भएपछि खाली रहेको ठाउँमा अहिले डा. प्रेरित देवकोटा तेह्रथुमबाट सरुवा भएर आएका हुन् । एमडीजीपी चिकित्सक ल्याउन लामो प्रयास गरेपछि स्वास्थ्य मन्त्रालयले देवकोटालाई बाजुरा सरुवा गरेको अस्पतालका अध्यक्ष कार्कीले बताए । देवकोटाले कम्तीमा १ वर्ष बाजुरामा सेवा दिने बताइएको छ । उनी बाजुरा बस्दा केही सुविधा निक साइमन्स इन्स्टिच्युटले दिनेगरी व्यवस्था गरिएको छ… पुरा पढौ