स्वास्थ्य

युएनएफपिएद्वारा बाढी पहिरो प्रभावितलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, १२ असोज । सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्रदेशका विशेष गरी महिला तथा किशोरी वढी प्रभावित भएका जनाइएको छ । दार्चुला जिल्ला अस्पताललाई पाँच र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्यचौकीलाई दुई स्थान प्रजनन स्वास्थ्य सामग्री (आरएच किट्स) प्रदान गरेको युएनएफपिएद्वारा आज… पुरा पढौ

५४ कोरोना सङ्क्रमित थपिए, ७६ डि‍स्चार्ज

काठमाडौं, ११ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ८२९ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ७२९ जनाको पीसीआर गर्दा ४२ जनामा तथा २ हजार १ सय जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ७६ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट… पुरा पढौ

दक्षिण कोरियामा ३९ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए

सोल, ११ असोज । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३९ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार चार सय २५  जना सङ्क्रमित भएका हुन् । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ४६ लाख  ७३ हजार छ सय ६३ पुगेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ । दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक दिनअघिको तुलनामा बढेको देखिएको छ । अघिल्लो दिन १४ हजार एक सय ६८ जना सङ्क्रमित भएका थिए ।… पुरा पढौ

बिरामीको चाप र शय्याको अभावले उपचारमा कठिनाई

कैलाली, ११ असोज । कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव भएपछि उपचारमा कठिनाई भएको छ । दैनिक बिरामीको चाप बढ्न थालेपछि अस्पतालमा शय्याको अभाव हुन थालेको र यसले गर्दा उपचारमा समस्या आएको अस्पतालको भनाइ छ । ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मौसम परिवर्तन भएसँगै अस्पतालमा सेवा विस्तार भएपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । 'हामीसँग अस्पतालमा ५१ शय्या मात्रै छन् । बिरामीको चापलाई अहिलेको शय्या सङ्ख्याले थेग्न सक्ने अवस्था छैन',… पुरा पढौ

घट्दै कोरोनाका सक्रिय सङ्क्रमित, ५३ नयाँ थपिए

काठमाडौं, १० असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी २ हजार ६२४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । ८२५ जनाको पीसीआर गर्दा ३९ जनामा तथा १ हजार ७९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ८४ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैले ज्यान गुमाएका… पुरा पढौ

५१ जनामा कोरोना सङ्क्रमण

काठमाडौं, ९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार २४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार २०६ सय जनाको पीसीआर गर्दा ४० जनामा तथा १ हजार ८१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट… पुरा पढौ

तनहुँमा डेङ्गु नियन्त्रण उच्च प्राथमिकतामा, ‘खोज र नष्ट गर’ अभियान सुरु

दमौली, ९ असोज । डेङ्गु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् । सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड–१९ को सङ्क्रमणपछि अहिले पुनः डेङ्गुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । “कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ,… पुरा पढौ

अपाङ्गता र अशक्तता भएका व्यक्तिलाई घरमै कोभिड खोप

तनहुँ ८ असोज । म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ बर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता रहनुभएका सारुले शुक्रबार आफ्नै घरमा कोभिड बिरुद्वको खोप लगाउन पाउँदा खुशीले गद्गद हुँदै बल्ल हामी जस्ता अपाङ्गता र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पायौँ भने। गाँउपालिकाद्धारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा पुगेर कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देबासी खुशी भएका हुन् ।… पुरा पढौ

७६ नयाँ कोरोना सङ्क्रमित थपिए, ८७ डिस्चार्ज

काठमाडौं,७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ४ हजार ६९ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ८३० सय जनाको पीसीआर गर्दा ५३ जनामा तथा २ हजार २३९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ८७ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैले ज्यान… पुरा पढौ

‘डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन’

काठमाडौं, ६ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु रोग नियन्त्रण गर्न देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताएका छन् । डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत महाशाखा प्रमुखको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा वडासम्म नै उक्त अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारे । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खापुङले भने, “सबैभन्दा धेरै जनतासँग जोडिने स्थानीय तहको पनि वडामा जनप्रतिनिधिको नेतृत्वमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सकेमा अझ बढी प्रभावकारी हुने हाम्रो बुझाइ छ । सोहीअनुसार… पुरा पढौ