मुख्य समाचार

एनसेलले परिमार्जन गर्यो १९ देशको अन्तर्राष्ट्रिय कल शुल्क

काठमाडौं, २५ जेठ । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको जनाएको छ । नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दूरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन् । गत जेठ ९ गते नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तर्राष्ट्रिय… पुरा पढौ

निरन्तर नेप्सेमा नयाँ कीर्तिमान, विकास बैंक र फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं, २५ जेठ । साताको तेश्रो दिन मंगलबार शेयर बजारमा फेरि नयाँ कीर्तिमान थपिएको छ । अघिल्लो आईतबार नेप्से २९०६.९१ विन्दुमा पुगेर रेकर्ड कायम गरेकोमा आज सोहि रेकर्ड तोडिएर नयाँ रेकर्ड कायम भएको छ । नेप्से २९६०.१४ विन्दुमा पुगेको छ । जो अहिलेसम्मकै उच्च विन्दु बनेकाे हो । आज विकास बैंक तथा फाइनान्स उपसमूहमा उछाल आएको छ । विकास बैंक उपसमूहतर्फ परिसूचक ९.०४ प्रतिशतले बृद्धि भएको छ । यस्तै फाइनान्स उपसमूहतर्फ परिसूचक ८.७१ प्रतिशतले बढेको छ । म्युचुअल फण्ड २.२५,… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

पोखरा, २५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । आफूले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलबार संसद सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्रीमा नियुक्तिको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । दलहरुले सरकार बनाउन नसकेपछि संविधानको धारा १६८ (३) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले गत वैशाख २९ मा पृथ्वीसुव्वा गुरुङलाई दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । गुरुङको पार्टी नेकपा एमाले संसदमा सबैभन्दा ठूलो दल हो… पुरा पढौ

साल्ट ट्रेडिङले २० प्रतिशत छुट बिहान मात्र दिने

काठमाडाैं, २५ जेठ । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो । छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला गरेर सहुलियतको खाद्य पदार्थ बिक्री गर्ने निर्णय गरेको हो । ‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञासम्बन्धी आदेशअनुसार आज जेठ २५ गतेदेखि बिहान… पुरा पढौ

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध

काठमाडौं, २५ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न अनुरोध गरिएको बताए । उनले उजुरीको… पुरा पढौ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। मंगलबार बिहान भएको मतदानमा मुख्यमन्त्री भट्टले बहुमत सांसद्को समर्थन पाएका हुन्। मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० र विपक्षमा ९ मत परेको छ। सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत परेको घोषणा गरे । १२ जना भने मतदानमा सहभागी भएनन्। मुख्यमन्त्री भट्टराईलाई माओवादी केन्द्र र माधव नेपाल पक्षले सघाएका थिए। पुरा पढौ

स्याङजामा २० लाखमा बन्यो मिनि अक्सिजन प्लान्ट

स्याङजा, २५ जेठ। स्याङजामा झण्डै २० लाख लागतमा मिनि अक्सिजन प्लान्ट निर्माण गरिएको छ। महावीर पुन नेतृत्वको राष्टिय आविष्कार केन्द्रले २० लाख लागतमा नेपालमै पहिलोपटक मिनि अक्सिजन प्लान्ट निर्माण गरि अक्सिजन उत्पादन थालेको छ। भिरकोट नगरपालिका र आविष्कार केन्द्रले संयुक्त लगानीमा प्लान्ट निर्माण गरेको केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले बताए। निर्माण गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएपछि भीरकोट नगर अस्पताललाई हस्तान्तरण गरिएको छ। केन्द्रले वैकल्पिक प्रविधिबाट मिनि अक्सिजन प्लान्ट निर्माण गरेको जनाएको छ। अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि… पुरा पढौ

६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा आजदेखि

काठमाडौं, २५ जेठ । सरकारले मंगलबारदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्ध चीनले बनाएको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा दिन लागिएको हो । खोप लगाउन जाने नागरिकले आफ्नो उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर सम्बन्धित खोप केन्द्रमा जानुपर्नेछ। पुरा पढौ

महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा आज, प्राप्तिसम्बन्धी प्रस्ताव पारित हुने

काठमाडौं, २५ जेठ । आज एकैदिन दुई लघुवित्त वित्तीय संस्थाहरुको साधारण सभा डाकिएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको साधारण सभा डाकिएको हो । साधारण सभामा नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तको प्राप्तिको प्रस्ताव पारित गरिने भएको छ । सभाबाट महिला सहयात्राको १०० कित्ता बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम हुने गरी प्राप्तिको प्रक्रियालाई अन्तिम स्वीकृति दिने भएको छ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा मकवानपुरस्थित केन्द्रीय कार्यालयमा पूर्वान्ह ११… पुरा पढौ

नेप्सेलाई साउनबाट राफसाफ कोष ल्याउनैपर्ने बाध्यता

काठमाडौं, २५ जेठ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई साउनबाट राफसाफ कोष ल्याउनैपर्ने बाध्यता परेको छ। नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि नेप्सेलाई आउँदो साउनबाट राफसाफ कोष ल्याउनैपर्ने बाध्यता परेको हो। राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई सञ्चालनमा ल्याउन बोर्डले नेप्सेलाई कडा निर्देशन दिएको छ। अब सेयर खरिदकर्ताले समयमै भुक्तानी गर्न नसकेमा कारोबार राफसाफका लागि ब्रोकरले राफसाफ कोषबाट नगद सापटी लिन पाउँछन्। बजारलाई व्यवस्थित र अनुशासित राख्नका लागि राससाफ कोष नगण्य भएको भन्दै नेप्सेलाई बोर्डले पटक–पटक ध्यानाकर्षण गराउँदै आएको थियो। नेप्सेले बेवास्ता गरेपछि निर्देशन… पुरा पढौ