काठमाडौं, २४ जेठ । केहिदिनयता देशभर गर्मी बढेको छ। कम पानी परेपछि देशभर गर्मी बढेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि पहाडी भू भागको थोरै ठाउँमा मात्र पानी पर्ने भएकाले तापक्रम अझै बढ्नेछ। सोमबार भैरहवाको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ। यस्तै जनकपुरमा ३६ देखि ३८ डिग्री, धनगढीमा ३५ देखि ३७ डिग्री, बिराटनगरको अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियस, दिपयल, विरेन्द्रनगर र दाङको घोरहीमा ३३ देखि ३५ डिग्री सेल्सियसम्म पुग्ने संभावना छ। यस्तै…
पुरा पढौ