मुख्य समाचार

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं, २४ जेठ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमले सूचना निकालेर आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य घटाएको जानकारी दिएको हो । अब हवाई इन्धन प्रति किलो लिटर ७१५ अमेरिकी डलर कायम गरिएको निगमका प्रवक्ता इन्जिनियर विनित मणि उपाध्यायले निकालेको विज्ञप्तिमा उल्लेख छ । यसअघि हवाई इन्धन प्रति किलो लिटर ८९३ अमेरिकी डलर रहेकोमा १८७ डलर घटाइएको हो । निगम संचालक समितिले कोरोनाको कारण सिर्जना भएको वर्तमान अवस्था रहन्जेल अन्तर्राष्ट्रिय… पुरा पढौ

प्रदेश २ का ४ मन्त्री बर्खास्त

धनुषा, २४ जेठ । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन् । प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको… पुरा पढौ

जागिरेबाट उद्योगी बनेका उमेशलाल

काठमाडौं । उमेशलाल श्रेष्ठ, निजी क्षेत्रको चर्चित नाम । उद्योग व्यवसायमा रमाइरहेका उनको पारिवारिक पृष्ठभूमी भने राजनीति हो । कम्युनिष्ट आन्दोलन भन्ने वित्तिकै पुष्पलाल र सहानाको नाम जोडिहाल्छ । हो, उनै पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा भने अहिले उद्योग व्यवसाय संचालनमा ब्यस्त छन् । नेपालका चर्चित उद्योगी, व्यवसायी मध्येका एक उमेशलाल अहिले क्वेष्ट फर्मास्युटकल्स नामक औषधी उत्पादन गर्ने उद्योग लगायतका व्यवसायहरू सञ्चालन गरिरहेका छन् । बिभिन्न देशका राजनितिज्ञहरुको इतिहास हेर्दा प्राय नेताका छोरा नेता बन्न र राजनीतिमै होमिन खोज्छन ।… पुरा पढौ

समयमै अस्पताल आए मात्र उपचार सम्भव : डा. बास्तोला

काठमाडौं, २३ जेठ। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा अनुप बाँस्तोलाले बिरामीलाई समयमै अस्पताल पुर्‍याउन अनुरोध गरेका छन्। उनले कोरोना संक्रमितलाई सिकिस्त हुनुअघि नै अस्पताल पुर्‍याउन अनुरोध गरेका हुन्। ‘बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ’, उनले भने, ‘तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुनसक्छ। श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं।’ अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको भएपनि काठमाडौबाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम चलिरहेकाे भन्दै उनले गाउँ-गाउँमा सिकिस्त बिरामी… पुरा पढौ

मन्त्रिपरिषद बिस्तार विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २३ जेठ। मन्त्रिपरिषद बिस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले काम चलाउ सरकारले मन्त्रिपरिषद बिस्तार गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्। उनले मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्य बिभाजन गैरसंवैधानिक, कपटपूर्ण एवं संबिधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेको बताए। त्रिपाठीको रिट निवेदन जस्ताको त्यस्तै : मंत्रिपरिषद बिस्तार बिरुद्द सर्वोच्च अदालतमा रिट पेश मंत्रिपरिषदमा गरिएको नया नियुक्ति, हेरफेर तथा कार्य बिभाजन प्रथम दृष्टिमा नै गैरसंवैधानिक, कपटपूर्ण एवं संबिधान विपरीत भएको एवं… पुरा पढौ

बाँदरमुढे घटनाकाे १६ वर्ष पछि पनि पीडितको पीडा उस्तै

चितवन, २३ जेठ । सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए । घटना स्थलमा ३९ जनाको मृत्यु भएको थियो । उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो । मृतकमध्ये तीन जना नेपाली सेना रहेका थिए । विसं २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुरका लागि आउँदै गरेको यात्रुवाहक बसलाई बाँदरमुढे खोला… पुरा पढौ

पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान

काठमाडौं, २३ जेठ । सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् । उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उनले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई परास्त गर्न आग्रह गरे । यही जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । “मुलुकलाई अराजकता र… पुरा पढौ

आइतबार सुन तोलामा ७ सय रुपैयाँ बढ्यो

काठमाडौं, २३ जेठ। हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन तोलामा ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि शुक्रबार एकैदिन सुन तोलामा १५ सय रुपैयाँ घटेर तोलाको ९३ हजार ४ सय रुपैयाँमा झरेको थियो। अन्तराष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ। यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको… पुरा पढौ

कोरोनाविरुद्ध लड्न अष्ट्रेलियाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री

काठमाडौं, २३ जेठ । अष्ट्रेलियाले नेपाली सेनालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ। अष्ट्रेलियाका राजदूत फेलिसिटी जेनभल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्। अष्ट्रेलियन एय फोर्सले नेपाल ल्याएको सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण भएको हो। सामग्री बुझ्दै नेपाली सेनाका रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोगका लागि धन्यवाद दिए। पुरा पढौ

तीव्र विरोधपछि उपप्रधानमन्त्री महतोले संविधान विरोधी आफ्नो अभिव्यक्ति सच्याए

काठमाडौं, २३ जेठ । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले विवादास्पद आफ्नो अभिव्यक्ति सच्याएका छन् । संविधान अनुसार पद तथा गोपनियताको शपथ लिएलगत्तै संविधानको धारा ३ विपरित बहुल राष्ट्रिय पक्षमा आफुहरु रहेको बताएका महतोले यसको चर्को आलोचना भएपछि विज्ञप्ति निकालेर अभिव्यक्ति सच्याएका हुन् । ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकता प्रति पूर्ण प्रतिबद्ध रहेको छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यस बारेमा कसैलाई अन्यथा भ्रम नपरोस भन्ने प्रष्ट पार्न चाहन्छु ।’ उनले संविधानको धारा ३ मा उल्लेख भएअनुसार आफ्नो… पुरा पढौ