मुख्य समाचार

चाडबाड मध्यनजर गर्दै भदौ १६ देखि आन्तरिक उडान

पोखरा, भदौ १० , नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ । बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि सोही मितिदेखि शुरु गर्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दशैं, तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै छिट्टै आन्तरिक उडान पनि शुरु गरिने बताए। पर्यटनमन्त्री भट्टराईले केही पहाडी तथा हिमाली… पुरा पढौ

गण्डकीमा संक्रमित पुगे १९४५, बुधबार ३२ फेला

पोखरा, १० भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४५ पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीरक्षणमा गण्डकी प्रदेशमा बुधबार थप ३२ जना संक्रमितहरु फेला परेका हुन् । तीमध्ये २० जना पुरुषहरु लमजुङमा कार्यरत् नेपाल आर्मीमा कार्यरत हुन् । लमजुङको बेसीसहर वडा ८ का ३२ वर्षीय पुरुष ग्लोबल आईएमई बैंकका कर्मचारी हुन् । वेशीसहरका ८ मा २५ वर्षीय पुरुष र वडा ७ का ५१ वर्षीय पुरुष पनि संक्रमित छन् । कास्कीको मादीमा ३९ वर्षीया महिला,… पुरा पढौ

उज्याली गौरा, दुर्वाष्टमी पर्व आज मनाइँदै

काठमाडौँ, १० भदौ । उमा महेश्वर सहित दुवोको पूजा गरेर सुदूर पश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । यस वर्ष भदौ १९ गते शुक्रबार अगस्त्य उदय हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । भाद्र… पुरा पढौ

गोली प्रहार गरी दुई लागुऔषध कारोवारी पक्राउ

रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक जना पक्राउ परेका छन् । एक जना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका… पुरा पढौ

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्न सिफारिस

काठमाडौं, भदौं ९ । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम कायमै रहेको भन्दै एक साताका लागि निषेधाज्ञा थप्न सिफारिस गरिएको छ । उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बुधबारको बैठकले हाल भदौ १० गते राति १२ बजेसम्म कायम निषेधाज्ञा अवधि १७ गतेसम्म थप्न सिफारिस गरेको हो । काठमाडौंका प्रजिअ जनकराज दाहालको अध्यक्षतामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त डिसीसीएमसी बैठक बसेको थियो । यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् । सिफारिस बमोजिम… पुरा पढौ

नेपालमा थपिए ८५५ कोरोना संक्रमित, ७ को मृत्यु

काठमाडौं, ९ भदौ । नेपालमा गएको २४ घण्टामा ८ सय ५५ जना कोरोना भाइरस संक्रमित थप भएका छन् । यो सहित कुल संक्रमित संख्या ३३ हजार ५३३ पुगेको छ। मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ रहेका… पुरा पढौ

मंगलबारको सेयर बजार: अधिकांश समूह हरियो, परिसूचक ९ अंकले उकालो

काठमाडौं, भदौं ९ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ३१ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १ हजार ४ सय ३८ दशमलव ७० अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि राम्रै भएको छ । दिनभर भएका १८९ कम्पनीका २४ हजार १०१ कारोबारबाट ३९ लाख ४० हजार ६ सय ९१ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार सेयर कारोबार रकम १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५ सय १० रुपैयाँ पुगेको छ ।… पुरा पढौ

विवाद समाधान पछि शनिबार बस्ने भयो नेकपा सचिवालय बैठक

काठमाडौं, भदौं ९। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवाद समाधान भएपछि सचिवालय बैठक बस्ने मिति तय भएको छ । नेकपाले आगामी शनिबार सचिवालय बैठक बोलाएको हो । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली नै प्रधानमन्त्री रहने… पुरा पढौ

बूढानीलकण्ठले ५० शय्याको आइसोलेशन बनाउने, प्रहरीलाई पनि भत्ता दिने

काठमाडाै, भदाै ९ । काठमाडाैकाे बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ ।नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी आइसोलेशन तयार गर्ने निर्णय गरेको हो । उक्त बैठकले बूढानीलकण्ड– १०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टिनलाई आइशोलेसन बनाउने निर्णय गरेको छ । त्यस्तै वडा नं २ स्थित बिएमसीएमा पनि आइशोलेसन बनाइने भएको १० नं का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । आइसोलेशन निर्माण तथा व्यवस्थापनका लागि नगर उपप्रमुख… पुरा पढौ

ग्रीन डेभलपमेण्ट वैंक आठौं वर्षमा प्रवेश

पाेखरा, भदाै‌ ९ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंक स्थापनाको सातौं वर्ष पार गरि आठौं वर्षमा प्रवेश गरेको छ । वैंकले वार्षिकोत्सवको उपलक्ष्यमा केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त आकस्मिक रक्तदान कार्यक्रममा १३ युनिट रगत स‌कलन भएकाे थियाे । रक्तदान कार्यक्रममा वोल्दै वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम र यसले निम्त्याएको विषम परिस्थितीमा भइरहेको रगतको अभावलाई कम गर्न वैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम… पुरा पढौ