मुख्य समाचार

ग्रीन डेभलपमेण्ट वैंक आठौं वर्षमा प्रवेश

पाेखरा, भदाै‌ ९ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंक स्थापनाको सातौं वर्ष पार गरि आठौं वर्षमा प्रवेश गरेको छ । वैंकले वार्षिकोत्सवको उपलक्ष्यमा केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त आकस्मिक रक्तदान कार्यक्रममा १३ युनिट रगत स‌कलन भएकाे थियाे । रक्तदान कार्यक्रममा वोल्दै वैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम र यसले निम्त्याएको विषम परिस्थितीमा भइरहेको रगतको अभावलाई कम गर्न वैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम… पुरा पढौ

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिएला ?

काठमाडौं, ९ भदौ । दिनहुँ २ सय बढी संक्रमित भेटिन थालेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि थप गर्ने वा नगर्ने भन्ने विषयको टुंगो दिउँसोमात्र हुने भएको छ । निषेधाज्ञा अवधि लम्ब्याउने वा टुंगाउने भन्ने विषयमा छलफल गर्न आज मंगलबार उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न दिउँसो ४ बजे बैठक बस्ने तयारी भएको जानकारी दिए । उनले छलफलपछि मात्र यो विषय टुंगाइने बताए । प्रजिअको बैठकअघि उपत्यकाका… पुरा पढौ

कोभिड–१९ का कारण शेर्पा संघ युके अध्यक्षको निधन

कोरोना भाइरस संक्रमणको कारण शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको निधन भएको छ ।नेपालमा भोजपुरको षडानन्द नगरपालिका स्थायी घर भएका शेर्पा ५१ वर्षका थिए । उनको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको हो । गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो । तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएकोमा सोमबार निधन भएको हो। एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त भएको भनिए… पुरा पढौ

पोखरामा थप ४ जनामा कोरोना पुष्टि

पोखरा, ९ भदौ । पोखरामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २ जना भारतबाट आएका र २ जना कन्ट्याक्ट टे«सिङ आधारमा कोभिड–१९ पुष्टि भएका व्यक्तिहरु हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति जारी गरी भारतबाट आएका पोखरा १३ का वर्ष ३० का जना पुरुष तथा कन्ट्याक्ट टे«सिङ आधारमा पोखरा २८ का ३४ वर्षीय पुरुष र वडा २९ की ३६ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ आएको जनाएको हो । योसहित प्रदेशमा कुल संक्रमित संख्या १ हजार… पुरा पढौ

प्रदेश प्रहरी प्रमुख डीआईजी अर्यालद्वारा एक वर्षे कार्ययोजना सम्झौता

पोखरा, ८ भदौ । गण्डकी प्रदेशअन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसँग गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको ‘एकवर्षे कार्ययोजना–२०७७/०७८’ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अर्यालले प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, दंगा नियन्त्रण प्रहरी गण तनहुँका प्रमुख प्रहरी उपरीक्षक डा.… पुरा पढौ

अत्यावश्यक बाहेकका सेवा १५ गतेसम्म नदिने उपत्यकाका स्थानीय तहको निर्णय

काठमाडौं, भदौं ८ । काठमाडौं उपत्यकाका स्थानीय तहहरुले आगामी १५ गतेसम्म अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । उपत्यकाका स्थानीय तहहरुको संगठन उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । सोमबार राष्ट्रिय सभामा बसेको फोरमको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि ९ गतेसम्म अत्यावश्यकबाहेकका सेवा नदिने निर्णय गरिएको थियो । निषेधाज्ञा जारी रहेको र उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने… पुरा पढौ

शेयर बजार उचालियोः नेप्से २१ अंकले बढ्दा २ अर्ब माथिको कारोबार

काठमाडौं, भदौं ८ । शेयर बजार हरियाली छाएको छ । सोमबार हाइड्रोपावर बाहेक सबै उपसमूह बढेर हरियाली देखिएको हो । सोमबार नेप्से परिसूचक १.५१ प्रतिशत अर्थात २१.२६ अंक बढेर १४३१.६० विन्दुमा पुगेको छ। नेप्से बढ्दा यस दिन कारोबार रकम भने २ अर्ब नाघेको छ। यस दिन १८२ कम्पनीहरुको २७ हजार ५६६ पटकको कारोबारमा २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको ४९ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। २ अर्बभन्दा बढीको कारोबार भएको बजारमा यस दिन नेपाल… पुरा पढौ

कोरोनाबाट थप ८ को मृत्यु

कोरोना भाइरस संक्रमणका कारण नेपालमा सोमबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष छन् । तीमध्ये ३ जना रुपन्देहीकै छन् । सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला तथा ५३ र ५४ वर्षी पुरुष छन् । यो सहित नेपालमा मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । गएको २४ घण्टामा थप ७ सय ४३ संक्रमित भेटिएका छन्… पुरा पढौ

कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुग्यो, एकैदिन थपिए ७४३ जना

काठमाडौं, भदौ ८ । देशभर कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ३२ हजार ६७८ संक्रमित पुगेको जानकारी दिएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको हो । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ । पुरा पढौ

स्वास्थ्यकर्मीमाथि बढ्दो दुव्यर्वहार विरुद्ध प्रदर्शन

कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्यर्वहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ । मानव अधिकार तथा शान्ति समाजले बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौ, सुरक्षाकर्मीलाई सहयोग गरौ, सञ्चारकर्मीको संरक्षण गरौ, सर्वत्र सद्भाव प्रदर्शन गरौ भन्ने आग्रह गरिएको थियो । प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौँलागाई, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले सङ्कटको घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा… पुरा पढौ