मुख्य समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १ हजार ४ सय

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ । मङ्गलबार प्रतितोला ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज  एक हजार ६०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चारसय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य  एक लाख ९०० निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य ६५ ले बढेको छ । एकतोला… पुरा पढौ

पोखरामा भेटिए ९ कोरोना संक्रमित

पोखरा, २१ साउन । पोखरामा थप ९ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु सबैजना पुरुष हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार उनीहरु वर्ष १७ देखि ५७ सम्मका छन् । तीमध्ये वर्ष १७ का २ जना हुन् भने अरु वर्ष २०, २१, २३, २७, ३०, ४५ र ५७ का छन् । उनीहरु कुन वडाका हुन् भन्नेबारेमा खुलाइएको छैन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा उनीहरुको नतिजा पोजेटिभ आएको स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम… पुरा पढौ

प्रदेश नं २ मा एकपछि अर्को जिल्लामा निषेधाज्ञा घोषणा

महोत्तरी, २१ साउन । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ । लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको हो । साउन ७ गतेयता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू)… पुरा पढौ

उपत्यका प्रवेश गर्ने नाका साँगामा सवारी चाप कम गर्न छलफल

काठमाडौं, २१ साउन । उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ । कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा सरकारी अधिकारीबीच छलफल भएको हाे । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य र दुवै जिल्लाका प्रहरी प्रमुखलगायतको काभ्रेपलाञ्चोकको साँगामा… पुरा पढौ

सुनसरीको सदरमुकाम २६ गतेसम्म लकडाउन

इनरुवा, २० साउन । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएका कारणले २६ गते सोमबारसम्म बजार क्षेत्रमा पूर्णरुपले लकडाउने गर्ने निर्णय गरेको हो । इनरुवा–१ का एक जनामा कोरोना भाइरस पोजेटिभ भेटिएपछि त्यसलाई नियन्त्रण गर्न र अन्य व्यक्तिमा सङ्क्रमण फैलिन नदिनका लागि बजार क्षेत्रका अतिआवश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिए ।… पुरा पढौ

कोरोनाका कारण थप एकको मृत्यु

विराटनगर, १९ साउन । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि १९ गते अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै निधन भएको हो । मधुमेह तथा उच्च रक्तचापका विरामी उनको उपचारका क्रममा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको… पुरा पढौ

कोरोना संक्रमित २१ हजार नाघे, २५९ थपिए नयाँ संक्रमित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोनाका संक्रमितको संख्या २१ हजार ९ पुगेको हो । तीमध्ये ५ हजार ९ सय २५ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको थियो।… पुरा पढौ

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो । कार्यालयमा अत्यधिक भीडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गारो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताए… पुरा पढौ

गुणस्तरीय शिक्षामा जोड दिँदै सुदूरपश्चिमकाे युनाइटेड एकेडेमी

युनाइटेड एकेडेमी सुदूरपश्चिम प्रदेशकै गौरव गर्न लायक स्कुल हो । यो स्कुल यस क्षेत्रकै एउटा उत्कृष्ट नमुना संस्थागत विद्यालयको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएको छ। ‘पूर्ण जीवनयापनको लागि शिक्षा’ भन्ने नाराका साथ कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा–१ मा विसं २०६० सालमा यो स्कुलको स्थापना भएको हो । स्थापनाको डेढ दशकको इतिहास बनाएको युनाइटेड टीकापुर क्षेत्रका प्रवुद्ध समाजसेवी तथा शिक्षाप्रेमीद्वारा संचालित छ । प्ले ग्रुपदेखि प्लस टूसम्म पढाइ हुने यस विद्यालयमाले देशका लागि थुप्रै आदर्शवान् नागरिक तयार पारिसकेको छ।… पुरा पढौ

अख्तियारका १५ कर्मचारीलाई कोरोना

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अख्तियारका प्रमुख आयुक्त सहित १८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । ‘संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको संख्या धेरै छ ।’ अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । पुरा पढौ