मुख्य समाचार

कोशी प्रदेशमा १३ भाषालाई सरकारी कामकाजको मान्यता, नेफिनद्वारा स्वागत

काठमाडौं, २४ असाेज। कोशी प्रदेशसभाबाट ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ। प्रदेशभित्र बोलिने विभिन्न राष्ट्रभाषाहरूलाई सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता दिने यो निर्णयलाई भाषिक अधिकारको सम्मान, पहिचानको संरक्षण र समावेशी शासनतर्फको ऐतिहासिक कदमका रूपमा लिइएको छ। यस ऐतिहासिक विधेयक पारित भएकोमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले स्वागत व्यक्त गर्दै मातृभाषा र भाषिक पहिचानका पक्षधरहरूमा नयाँ आशा जागेको जनाएको छ। नेपालीबाहेक थप १३ भाषाले पाए मान्यता नयाँ कानुनी व्यवस्थाअनुसार कोशी… पुरा पढौ

दसैं अघिको अन्तिम साता सुनको मूल्य स्थिरप्रायः, हप्तामा रू ९०० वृद्धि

काठमाडौं, २४ असाेज । नेपालीहरूको महान् पर्व दसैं नजिकिँदै गर्दा पनि अघिल्लो हप्ता सुनको मूल्यमा खासै ठूलो उतारचढाव देखिएको छैन। पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा सामान्य अङ्कको मात्रै परिवर्तन देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत असोज १७ गते शनिबार प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन असोज २३ गते शुक्रबारसम्म आइपुग्दा जम्मा ९०० रुपैयाँले बढेर २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको छ। हप्ताभरि कसरी भयो मूल्यमा उतारचढाव ? साताको सुरुआती दिनहरूमा सुनको मूल्य… पुरा पढौ

चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

भद्रपुर (झापा), २४ असोज। चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजनामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार आयोजित चिया उद्योगी तथा सरोकारवालाबीचको अन्तरक्रियामा प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो । चिया उत्पादनको लामो इतिहास बोकेको झापामा परीक्षण प्रयोगशाला स्थापना हुँदा चियाको… पुरा पढौ

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं, २४ असोज। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने आइतबार गरिन्छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान… पुरा पढौ

विश्व अण्डा दिवस: नेपालमा अण्डाको उत्पादन र खपत बढाउन सरोकारवालाको जोड

चितवन, २४ असोज। मानव स्वास्थ्यका लागि अत्यावश्यक मानिने ‘अण्डा’को उत्पादन र खपत बढाउन सरोकारवालाहरूले जोड दिएका छन्। विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघद्वारा शुक्रबार चितवनमा आयोजित बहस कार्यक्रममा बोल्दै सहभागीहरूले अण्डाको महत्त्व बुझाएर यसको उपभोग बढाउन निजी र सरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन्। उत्पादन पुनः बढाउने लक्ष्य र किसानका माग कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारको साथ र सहयोग पाएमा किसानहरू उत्पादन बढाउन तयार रहेको बताउनुभयो। उहाँका अनुसार हाल नेपालमा दैनिक करिब… पुरा पढौ

यस्तो छ आजको मौसम, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २४ असोज। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । त्यसैगरी, आज दिउँसो कोशी प्रदेशका सबै तथा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल… पुरा पढौ

व्यवसायमैत्री कानुन निर्माणमा निजी क्षेत्रकाे सहभागिता हुनुपर्छ : महासङ्घ अध्यक्ष श्रेष्ठ

ललितपुर, २३ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले देशमा लगानीको वातावरण बनाउन व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारमा निजी क्षेत्रको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ। ललितपुर उद्योग वाणिज्य सङ्घको ४७औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले कानुन निर्माणका छलफलमा निजी क्षेत्रलाई साक्षीका रूपमा मात्र नभई मुख्य सरोकारवालाका रूपमा सहभागी गराउनुपर्ने बताउनुभयो। महासङ्घले व्यवसायसँग सम्बन्धित कानुन तथा अध्यादेश सुधारका लागि हालै सरकारसमक्ष ३६ बुँदे सुझावपत्र पेस गरेको जानकारी दिँदै उहाँले प्रधानमन्त्री कार्यालयसँग लगानी प्रवर्द्धनसम्बन्धी अवधारणामा काम… पुरा पढौ

कात्तिक १३ देखि १५ गतेसम्म ‘काठमाडौं फिल्म फेस्टिभल’ हुने

काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३, १४ र १५ गते ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फिल्म महोत्सवमार्फत नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय कलाकारको सम्मान तथा काठमाडौंसहित देशभरका कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उद्देश्य राखिएको बताएकी छन् । काठमाडौं फिल्म फेस्टिभलबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै डंगोलले तीन दिनसम्म काठमाडौंका विभिन्न स्थानमा फरक–फरक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । महोत्सवको पहिलो दिन खुला स्थानमा चलचित्र प्रदर्शन (ओपन एयर… पुरा पढौ

लागत बढ्ने भन्दै विद्युतको ह्विलिङ चार्जलाई पुनरावलोकन गर्न इप्पानको माग

काठमाडौं, २३ असाेज । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विद्युत् नियमन आयोगले निर्धारण गरेको राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको ह्विलिङ चार्ज (प्रसारण शुल्क) महँगो भएको भन्दै त्यसलाई पुनरावलोकन गर्न माग गरेको छ। नियामक आयोगले प्रसारण शुल्क तोक्नु निजी क्षेत्रका लागि स्वागतयोग्य र महत्त्वपूर्ण उपलब्धि भए तापनि हाल निर्धारण गरिएको दरले स्वदेशी तथा अन्तरदेशीय विद्युत् व्यापारमा लागत उल्लेख्य बढाउने इप्पानको ठहर छ। आयोगले २०८३ असोज १५ गते ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क (ह्विलिङ चार्ज) गणनासम्बन्धी मापदण्ड, २०८३’ जारी गरेको… पुरा पढौ

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ: वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा

काठमाडौं, २३ असोज । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । उनले नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि प्रभावकारी ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको बताए । ‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मल्होत्राले नेपालमा नेपाली वस्तुको ब्रान्डिङ कमजोर रहेको र कतिपय अवस्थामा नक्कली ब्रान्डसमेत बजारमा बिक्री भइरहेको बताए । “नेपालमा धेरै सम्भावना भएका वस्तु… पुरा पढौ