मुख्य समाचार

अन्तिम दिन नेप्से १७ अंकले बढ्याे, करिब ५ अर्बकाे काराेबार

काठमाडौं, २३ असाेज। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सामान्य अंकले बढेको नेप्सेले शुक्रबार पनि सोही वृद्धिलाई निरन्तरता दिएको हो। शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.८० अंक, फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले सकारात्मक रहे। नेप्सेमा सुधार आएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा शुक्रबार कुल ३५३… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकको २२औं साधारण सभाबाट १०.५२ प्रतिशत लाभांश पारित

काठमाडाैं, २३ असाेज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । जसमा डेभलपमेन्ट बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी रु.३,७३,४०,६८,५०५.५३ को ६.५२६३ प्रतिशत बराबरको नगद लाभांश (कर सहित) र हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात रु. १४,९३,६२,७४०.२२ बराबरको बोनस शेयर रहेको छ । यो प्रस्ताव पारित भए सँगै अब यस सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,८८,३४,३१,२४५.७५ (तीन अर्ब अठासी… पुरा पढौ

राष्ट्र बैंकले रु. ७० अर्बको २ महिने निक्षेप संकलन गर्दै

काठमाडौं, २३ असाेज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि ७० अर्ब रुपैयाँ बराबरको २ महिने (६१ दिने) निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले २०८३ असोज २३ गते प्रकाशित सूचनाअनुसार सोही दिन दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत उक्त निक्षेप संकलनको बोलकबोल हुने जनाएको छ। निक्षेप संकलनका मुख्य विशेषताहरू: आह्वान रकम: रु. ७० अर्ब (सत्तरी अर्ब रुपैयाँ) अवधि: ६१ दिन (भुक्तानी मिति: २०८३ मंसिर २३ गते)… पुरा पढौ

सरकारले उखु किसानलाई साढे एक अर्ब अनुदान दिने

काठमाडौं, २३ असोज। सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ । सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल रु ७० प्रदान गर्दै आएको छ । पुरा पढौ

पाेखरामा स्कुल बस दुर्घटना-५ को मृत्यु, १४ घाइते

पोखरा, २३ असाेज। पोखरामा विद्यार्थी लिएर स्कुलतर्फ जाँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा ३ जना छात्रा, १ जना छात्र र लिफ्ट मागेर बसमा चढेका १ जना अभिभावक रहेका छन्। गण्डकी प्रदेशका डीआईजी दीपेन्द्र जीसीले ४ जना विद्यार्थी र १ जना अभिभावकको मृत्यु भएको पुष्टि गरे। पोखरा–२८ स्थित विजयपुर सैनिक ब्यारेकबाट उत्तरतर्फ पर्ने माझथानानजिक विद्यार्थी बोकेर जाँदै गरेको ग २ ख… पुरा पढौ

दसैँका लागि टिकट बुकिङ आजदेखि खुला: टिकट लिन रातिदेखि नै यात्रुको बाक्लो लाइन

काठमाडौं, २३ असाेज। आगामी बडादसैँमा घर जानका लागि काठमाडौँको नयाँ बसपार्कमा यात्रुहरूको बाक्लो उपस्थिति र घुइँचो बढेको छ। सरकारले शुक्रबार (असोज २३ गते) देखि दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला गरेसँगै टिकट लिनका लागि काठमाडौँको नयाँ बसपार्कमा यात्रुहरूको लामो लाइन लागेको हो। विभाग, प्रहरी र यातायात व्यवसायीबीचको सहमति यसअघि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी तथा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूबीच गत असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँ लक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने… पुरा पढौ

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, १५.८० प्रतिशत लाभांश पारित

काठमाडाैं, २३ असाेज । नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको छ । बिहिबार सम्पन्न सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश समेत पारित गरेको छ । साधारणसभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्कृतिको प्रवर्धन गर्दै प्रस्तुति प्रस्तुत गरिएको थियो । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र… पुरा पढौ

पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ, २३ असोज। चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन् । मुख्य सडक सम्पर्कविच्छेद हुँदा पर्यटन र व्यापार व्यवसाय प्रभावित भएको छ । दसैँको समयमा कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकले बागलुङका होटल भरिभराउ हुने गरे पनि यस वर्ष बजार तथा होटलमा अपेक्षित चहलपहल देखिएको छैन । बागलुङ प्रवेश गर्ने मुख्य नाका… पुरा पढौ

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती, २३ असोज। मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट २०५२÷५३ सालतिर जिल्लामा सुरु भएको यो व्यवसाय तीन दशकको अन्तरालमा विस्तारित भएको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोविन्द सापकोटाले जानकारी दिनुभयो । मकवानपुरको गढी गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाका वडा नं १६, १७ लगायतका स्थानमा यसको विस्तार भएको उहाँले जानकारी दिनुभयो । “जिल्लामा लेयर्स र ब्रोइलर गरी १० लाखभन्दा बढी कुखुरापालन भइरहेको छ”, उहाँले भन्नुभयो, “उत्पादित कुखुराको बजारको समस्या छैन । राजधानी काठमाडौँसँगै वीरगन्ज र मधेसका विभिन्न स्थानमा यहाँको उत्पादन… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २३ असोज नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २८ पैसा र बिक्रीदर १८६ रुपैयाँ कायम गरिएको छ… पुरा पढौ