मुख्य समाचार

डोको बुन्दै, सीप सिकाउँदै

भोजपुर, २३ असोज। भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुट्नुभएको छ । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उहाँले पुस्तौँदेखि चलिआएको बाँसको चोयाबाट डोको बुन्ने सीपलाई निरन्तरता दिँदै आउनुभएको छ । गाउँघरमा कृषि तथा घरायसी काममा प्रयोग हुने डोको पछिल्लो समय बजारमा पाइने आधुनिक सामग्रीका कारण निकै कम मात्रामा प्रयोग हुन थालेको छ । ग्रामीण क्षेत्रमा यसको आवश्यकता भने अझै रहेको स्थानीयवासीको भनाइ छ । ग्रामीण आवश्यकतालाई ध्यानमा राख्दै विष्टले स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरेर… पुरा पढौ

बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

म्याग्दी, २२ असोज। राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले ४० मेगावाट क्षमताको सो आयोजनामा क्षति पुर्‍याएपछि बन्द भएको थियो । आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो ।… पुरा पढौ

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई विशेष सुविधा

काठमाडौं, २२ असोज। नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ । विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार ‘डिजिटल’ माध्यमबाट विद्युत् महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय भएको हो । विद्युत् प्राधिकरणले घरेलु उपभोक्ताहरूका लागि ‘स्मार्ट पे रिवार्ड’ कार्यक्रम ल्याएको छ । यसअन्तर्गत अब अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्दा विद्यमान दुई प्रतिशत छुट सुविधासँगै थप शून्य दशमलव पाँच प्रतिशत स्मार्ट पे रिवार्ड प्राप्त गर्न सकिने सञ्चालक समिति सदस्य… पुरा पढौ

पर्यटन बोर्डद्वारा १ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं, २२ असाेज । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तार, सन् २०२७ लाई ‘आरोग्य वर्ष (वेलनेस इयर)’ का रूपमा मनाउने राष्ट्रिय अभियान, डिजिटल प्रवर्द्धन र प्रादेशिक संरचना विस्तारलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ बजेट ल्याएको हो। गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको बोर्डले संशोधित अनुमानमा १ अर्ब… पुरा पढौ

नेप्सेमा सामान्य सुधार, कारोबार रकम पौने ४ अर्ब नाघ्यो

काठमाडौं, २२ असाेज । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकको सुधारसहित बन्द भएको छ। अघिल्लो दिन (बुधबार) सामान्य गिरावट आएको सेयर बजारमा बिहीबार भने दोहोरो अंक नभई सामान्य वृद्धि देखिएको हो। यस दिन नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.८१ अंक, फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले उकालो लागेका छन्। नेप्सेमा सुधार आएसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा… पुरा पढौ

समृद्ध नेपाल निर्माणमा राज्य, निजी क्षेत्र र समाजको साझा सङ्कल्प आवश्यक छः राष्ट्रपति पौडेल

काठमाडाैं, २२ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय सङ्कल्पबाट मात्र सम्भव हुने बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँग आज राष्ट्रपति भवनमा भएको भेटघाटका क्रममा राष्ट्रपति पौडेलले समृद्धिको सङ्कल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो। नेपालको आर्थिक विकासमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै राष्ट्रपति पौडेलले अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी… पुरा पढौ

एक अर्बको ‘सिटिजन्स सुपर ५०’ सामूहिक लगानी योजना सञ्चालन गर्न सेबोनको अनुमति

काठमाडौं, २२ असोज। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन्स क्यापिटल लिमिटेडलाई नयाँ सामूहिक लगानी योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनका लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले असोज ७ गते उक्त योजना सञ्चालन गर्न अनुमति दिएको हो। स्वीकृत योजनाको कुल आकार रु १ अर्ब रहेको छ। योजनाअन्तर्गत सिटिजन्स क्यापिटलले प्रतिइकाइ रु १० अङ्कित मूल्यका १० करोड इकाइ निष्कासन गर्ने तयारी गरेको छ। यो १० वर्ष अवधिको बन्दमुखी (Close-ended) सामूहिक लगानी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ भने… पुरा पढौ

माछापुच्छ्रे बैंकले पायाे प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

काठमाडौं,२२ असाेज । माछापुच्छ्रे बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ । बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’ विधामा Platinum Award प्राप्त गरेको हाे । बैकले ग्राहकको खाता खोल्ने प्रकृया लगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको  Reinventing Customer Onboarding मा गरेको पहलकदमीको लागि उक्त सम्मान प्राप्त गरेको जनाएकाे छ । Infosys Finacle Innovation Awards, बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाका क्षेत्रमा गरेका… पुरा पढौ

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २२ असोज। कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि बैंकले बिक्री प्रक्रियाअघि बढाएको हो। बैंकका अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार उनीहरूका लागि सेयर खरिदको अवसर दिइएपनि तोकिएको अवधिभित्र कुनै आवेदन नपरेपछि अब संस्थापक समूह बाहेकका इच्छुक लगानीकर्ताले समेत आवेदन दिन सक्नेछन्। पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं, २२ असोज। नेपाली बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ भने चाँदीको मूल्यले रु ३५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ । बुधबार छापावाल एक तोला सुनको मूल्य रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको थियो । पुरा पढौ