मुख्य समाचार

एनएमबि बैंकद्वारा ७ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं, २२ असोज। एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। यसैगरी, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि वार्षिक ८.२५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणासमेत गरेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि… पुरा पढौ

विद्युत् चुहावट घट्दै, २ महिनामा २० करोड बक्यौता असुली

जनकपुरधाम, २२ असोज। पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ। विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा विद्युत् रिडिङमा कडाइ गरिएपछि चुहावटमा उल्लेख्य कमी आएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ। प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा विद्युत् चुहावट २०.९५ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा २२.५६ प्रतिशत चुहावट भएकोमा चालु… पुरा पढौ

सामसुङको ग्यालेक्सी ए०८ एलटीई सार्वजनिक, सुरुवाती मूल्य ३४,४९९ रुपैयाँ

काठमाडौं, २२ असाेज। सामसुङ नेपालले ग्यालेक्सी 'ए' सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए०८ एलटीई (Galaxy A08 LTE) नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक एआई सुविधा, ६,००० एमएएचको शक्तिशाली ब्याट्री र ६ वर्षसम्मको सफ्टवेयर सपोर्टसहित आएको यस फोनको सुरुवाती मूल्य ३४,४९९ रुपैयाँ तोकिएको छ। आकर्षक डिजाइन र डिस्प्ले नयाँ ग्यालेक्सी ए०८ एलटीईमा ६.७ इन्चको डिस्प्ले र ८ मिलिमिटरको पातलो बडी दिइएको छ। धुलो तथा पानीका छिटाबाट सुरक्षा प्रदान गर्न यसमा आईपी६४ (IP64) रेटिङ दिइएको छ। यो फोन डार्क ब्लु, सिल्भर र ग्रिन… पुरा पढौ

रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २२ असाेज । रिज लाइन इनर्जी लिमिटेड (RLEL) को लाभांश सुरक्षित गर्ने आज (असोज २२ गते, बिहीबार) अन्तिम दिन रहेको छ। कम्पनीले आगामी साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (असोज २३ गते) एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले मात्र कम्पनीको आगामी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आगामी कात्तिक १७ गते, मंगलबार बोलाएको छ। ललितपुर… पुरा पढौ

चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा

धनकुटा, २२ असोज। आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ । विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ । यसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको छ । महालक्ष्मी नगरपालिका वडा नं ४ का दीर्घबहादुर पौडेल एक वर्षेमा करिब १०० ठेकी बनाउँदै आउनुभएको छ । उहाँले फुर्सदका समयमा मात्रै ठेकी बनाउने काम गर्दै आएको बताउनुभयो । खेतीपातीको याममा लगाउने… पुरा पढौ

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

काठमाडौं, २२ असोज। सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ । सङ्घले गत सोमबारदेखि सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ रहेको जनाएको छ । मध्यपूर्वको तनावपछि चुलिएको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिका कारण इलेक्टोनिक चिपसेटको मूल्य बढेको र यसबाट सेवा प्रदायकको सञ्चालन खर्चसमेत उठ्न नसकेको भन्दै सङ्घले सुपथ मूल्यका प्याकेज बन्द गर्ने निर्णय… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २२ असोज. नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा कायम… पुरा पढौ

नेपाली कांग्रेस १५औँ महाधिवेशन: सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी भिड्ने, विश्वप्रकाश र पुष्पा निर्विरोध

काठमाडौं, २२ असाेज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ। निर्वाचन समितिका अनुसार उम्मेदवारी फिर्ता लिने समय सकिएसँगै अन्तिम नामावली सार्वजनिक गरिएको हो। सार्वजनिक नामावलीअनुसार पार्टीको सर्वोच्च पद सभापतिमा दुई जनाबीच सीधा प्रतिस्पर्धा हुने भएको छ। सभापति पदका लागि युवा नेता गगन थापा र श्यामकृष्ण खड्गी मैदानमा उत्रिएका छन्। दुई नेताबीचको यो प्रतिस्पर्धालाई महाधिवेशन प्रतिनिधिहरूले निकै चासोका साथ हेरेका छन्। यसैबीच, केही प्रमुख पदहरूमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ। पार्टीको… पुरा पढौ

ब्रिलियन्ट सेक्युरिटिजले ल्यायो ८ प्रतिशत ब्याजदरमा ‘मार्जिन ट्रेडिङ सुविधा’

काठमाडौं, २१ असाेज। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सदस्य दलाल कम्पनी ब्रिलियन्ट सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ०८) ले शेयर लगानीकर्ताहरूका लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याएको छ। लगानीकर्ताहरूको लगानी क्षमता अभिवृद्धि गर्ने, प्रविधिमैत्री सेवा उपलब्ध गराउने र सहज वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले यो सुविधा सुरु गरिएको कम्पनीले जनाएको छ। यस सुविधामार्फत लगानीकर्ताले आफूसँग रहेको पूँजीको अधिकतम उपयोग गर्दै धितोपत्र बजारमा थप लगानीका अवसरहरूको लाभ लिन सक्नेछन्। मार्जिन ट्रेडिङ सुविधाका मुख्य सर्त तथा विशेषताहरू: आकर्षक ब्याजदर: वार्षिक… पुरा पढौ

नेप्से सामान्य अङ्कले घट्यो: कारोबार साढे ३ अर्ब नाघ्यो

काठमाडौ, २१ असाेज। अघिल्लो कारोबार दिन (मङ्गलबार) वृद्धि भएको शेयर बजारमा बुधबार भने नेप्से परिसूचक सामान्य अङ्कले घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ६.३८ अङ्कले घट्दै २५७२.३४ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६३ अङ्क, फ्लोट इण्डेक्स ०.२६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अङ्कले घटेका छन्। नेप्सेमा गिरावट आए पनि कारोबार रकममा भने सुधार देखिएको छ। मङ्गलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर ३ अर्ब ७४ करोड ८० लाख… पुरा पढौ