समाचार

मन्त्रिपरिषद्ले पायो पूर्णता, को को बने मन्त्री ? (सूचीसहित)

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री, १ राज्यमन्त्री नियुक्त गरेका छन्भने जसपाको महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाएका छन् । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । जसमा प्रधानमन्त्रीसहित ३ उपप्रधानमन्त्री, १८ मन्त्री र ३ राज्यमन्त्री भए । ओलीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारी माओवादीसँग पार्टी एकता गर्नुअघि केही समय एमाले संसदीय दलको प्रमुख सचेतक थिए ।… पुरा पढौ

मुख्यमन्त्री गुरुङको राजीनामाको समाचार भ्रामक : प्रदेश प्रमुख कार्यालय

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भनी प्रदेश प्रमुखको कार्यालयले खण्डन गरेको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गरी असत्य र भ्रामक सूचना सम्प्रेषण गराउनु खेदजनक भएको जनाएका छन् । यस प्रकारको गलत, भ्रामक सूचना आआफ्नो सामाजिक सञ्जालमा पोष्ट, रिपोष्ट नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरिएको छ । जारी विज्ञप्तिमा भनिएकोे छ, “मिति २०७८ वैशाख २६ गतेको प्रेस विज्ञप्तिलाई अन्य सूचना यथावत् राखी मिति २०७८-०२ -२६ गते… पुरा पढौ

मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत लिँदै (लाइभ)

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा आज विश्वासको मत लिँदैछन् । कार्यसूची अनुरुप उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् । सोसम्बन्धी प्रस्तावमाथि छलफल भइरहेको छ। विश्वासको मतसम्बन्धी प्रस्ताव आजै निर्णयार्थ प्रस्तुत हुनेछ। हेर्नोस् लाइभ । https://www.youtube.com/watch?v=ElQW-Jq7sls पुरा पढौ

कास्कीका खगराज अधिकारी गृहमन्त्री बन्दै

पोखरा, २७ जेठ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । गृह मन्त्रालयको नेतृत्वका लागि एमालेमा भइरहेको तीब्र होडबाजीबीच अन्ततः कास्की –१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारीले गृह मन्त्रालयको जिम्मा पाउन लागेका हुन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारी माओवादीसँग पार्टी एकता गर्नुअघि केही समय एमाले संसदीय दलको प्रमुख सचेतक थिए । नेकपा एमाले केन्द्रीय सदस्य रहेका अधिकारी प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् । पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै

काठमाडौं, २७ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदैछन् । वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार बिहीबार विश्वासको मत लिन लागेका हुन् । चैत २५ मा सरकारबाट माओवादी बाहिरिएपछि मुख्यमन्त्री गुरुङले वैशाख २६ मा राजीनामा दिएका थिए । त्यसपछि २ वा दुई भन्दा बढी दलको सरकार गठनका लागि भएको आह्वानमा कसैले बहुमत पुर्याउन नसकेपछि संविधानको धारा १६७ को ३ अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा सबैभन्दा ठूलो दलको… पुरा पढौ

पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन

पोखरा, २७ जेठ । पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा गएराति करिब ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो। कोरोना संक्रमणबाट पीडित बास्तोलामा निमोनिया र मधुमेह समस्या देखा परेको थियो। माइक्रो न्यूज, आदर्श समाज दैनिक, स्वतन्त्र सन्देशमा लामो समय सम्पादक भई काम गरेका पत्रकार बास्तोला माछापुच्छे एफएममा कार्यरत थिए । पाेखरामा ४ दशक पत्रकारिता गरेका उनी पोखरा ५, मालेपाटन बस्दै आएका थिए। पुरा पढौ

सुन तोलामा तीन सय घट्यो, चाँदी ५ रुपैयाँ बढ्यो

काठमाडौं, २७ जेठ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेको छ । बिहीबार सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा एक सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ५ रुपैयाँ बढेर चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

आज यो वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दै

काठमाडौं, २७ जेठ। आज यो वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दैछ। नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि बेलुकी ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार झण्डै ५ घण्टा लाग्ने यो सूर्य ग्रहण नेपालमा भने देखिँदैन । तर सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट भने सूर्य ग्रहण देखिनेछ। पुरा पढौ

सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, २७ जेठ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत रु एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रु दुई करोडमा रु एक करोड अपुग भएकाले रु एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण… पुरा पढौ

निषेधाज्ञाका समयमा २०० लैङ्गिक हिंसा

काठमाडौं, २७ जेठ । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेका हुन् । केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना… पुरा पढौ