समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार

काठमाडौं, २५ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका… पुरा पढौ

६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २५ जेठ । मंगलवार ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सांग्रिला डेभलपमेन्ट र ग्रिन डेभलपमेन्ट बैंकसहित ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । सांग्रिला, ग्रिन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, गोखार्ज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जानकी फाइनान्सको शेयरमूल्यमा सर्किट लागेको हो । सांग्रिला डेभलपमेन्टको शेयरमूल्य ४५१ र ग्रिन डेभलपमेन्टको ३७४, बैंकगोखार्ज फाइनान्सको शेयरमूल्य १२७६ रुपैयाँ, समृद्धि फाइनान्सको ४४०, श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४७३ रुपैयाँ र जानकी फाइनान्सको शेयरमूल्य ४६२ रुपैयाँ पुगेको छ । पुरा पढौ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। मंगलबार बिहान भएको मतदानमा मुख्यमन्त्री भट्टले बहुमत सांसद्को समर्थन पाएका हुन्। मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० र विपक्षमा ९ मत परेको छ। सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत परेको घोषणा गरे । १२ जना भने मतदानमा सहभागी भएनन्। मुख्यमन्त्री भट्टराईलाई माओवादी केन्द्र र माधव नेपाल पक्षले सघाएका थिए। पुरा पढौ

साल्ट ट्रेडिङको बिक्री कक्ष दुई घण्टामात्र खुल्ने

काठमाडौं, २५ जेठ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले मंगलबारदेखि बिहान दुई घण्टामात्र बिक्री कक्ष खोल्न थालेको छ । साल्ट ट्रेडिङले अघिल्लो मंगलबार निषेधाज्ञाभर खाना पकाउने एसटीसी ग्यास, भटमासको तेल, नुन, चिनी र पिठोमा २० प्रतिशत छुट दिने घोषण गर्दै बिक्री कक्ष खुला गरेको थियो । यो घोषणासँगै बिक्री कक्षमा पुग्नेको भिड बढेपछि कोरोनाको जोखिम बढेको भन्दै साल्ट ट्रेडिङले आजदेखि बिहान दुई घण्टामात्रै कक्ष खोल्ने निर्णय गरेको हो । अब बिहान ७ देखि ९ बजेसम्म मात्र साल्ट ट्रेडिङको बिक्री कक्ष खुला… पुरा पढौ

मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिए। मुख्यमन्त्री भट्टले आज विश्वासको मत सदनबाट लिने भएपछि एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्णयले असहयोग गर्न भनि दलका सदस्यलाई ह्वीप जारी गरी पत्र पठाएको तर दलको बैठकले पार्टीको निर्णय विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । प्रदेशमा एमालेका… पुरा पढौ

बौद्धमा बोराभित्र शव फेला

प्रतिनिधि तस्बिर
काठमाडौं, २५ जेठ । काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ । दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ। कार्कीका अनुसार शव युवा अवस्थाको मान्छेको हुन सक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले बताएको… पुरा पढौ

घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान

काठमाडौं, २५ जेठ । किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् । मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् । पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने किशोरकिशोरी तथा बालबालिकामा अत्यधिक मोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा… पुरा पढौ

सामाजिक संजालबाट चरित्र हत्या बढ्दै : प्रहरी

काठमाडौं, २५ जेठ। सामाजिक संजालको दुरुपयोग गरी अरुको चरित्र हत्या गर्नेलाई कारवार्ही गर्ने प्रहरीले चेतावनी दिएको छ। पछिल्लो समय सामाजिक संजालको दुरुपयोग गरी अरुको चरित्र हत्या गर्ने क्रम बढेको भन्दै प्रहरीले कारवार्ही गर्ने चेतावनी दिएको हो। फेसबुक, टिकटक, युट्यूव लगायतका सामाजिक सञ्जालमा व्यक्तिको तस्बिर, भिडियोको दुरुपयोग गरेर कसैप्रति घृणा वा द्धेष फैलाउने काम भएको भन्दै प्रहरीले कारवार्ही गर्ने चेतावनी दिएको हो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले निकालेको सूचनामा संक्रमणकालिन समयमा पनि सामाजिक… पुरा पढौ

मंगलबारको विनिमय दर : कुनको कति ?

काठमाडौं, २५ जेठ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी विनिमय दर तोकेको छ। राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ १९ पैसा र बिक्री दर ११६ रुपैयाँ ७९ पैसा तोकेको छ। यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ २७ पैसा र बिक्री दर १४२ रुपैयाँ, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ३७ पैसा र बिक्री दर १६५ रुपैयाँ २२ पैसा तोकेको छ। यसैगरी बहराइन दिनार १ को खरिद दर ३०८ रुपैयाँ… पुरा पढौ

मनसुन भित्रन लागेकाले अब पानी पर्ने क्रम बढ्ने : आज केही ठाउँमा वर्षा

काठमाडौं, २५ जेठ। मनसुन भित्रन लागेकाले अब पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन्। नेपालमा मनसुन भित्रन आवश्यक प्रणालीको विकास भइरहेकाले अब पानी पर्ने क्रम बढ्दै जाने मौसमविद्ले बताएका छन्। अहिलेको अवस्था हेर्दा एकदुई दिनमै नेपालमा मनसुन भित्रने देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए। सामान्यतया नेपालमा जुन १० मा भित्रने मनसुन सेप्टेम्बर २३ मा बाहिरिन्छ। यसपाली निर्धारित समयमै मनसुन नेपाल प्रवेश पर्ने संभावना रहेको उनको भनाई छ। मंगलबार देशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन्। पश्चिमी, पूर्वी र… पुरा पढौ