समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भाेलि विश्वासको मत लिने

धनगढी, २४ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले साेमबार विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बताए। सुदूरपश्चिममा नेकपा (एमाले) को समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार रहेकामा स्थायी कमिटी बैठकले समर्थन जेठ १० गते फिर्ता लिएको थियो । पुरा पढौ

ओलीको घोषणापछि नेपाल र प्रचण्डको भेटवार्ता

काठमाडौं, २४ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् । कोटेश्वरस्थित एक व्यवसायीको घरमा दुई नेताबीच अबको रणनीतिका बारेमा छलफल चलिरहेको छ । आफ्नै समूहमा दबाबमा परेका नेपालले ओलीको प्रस्ताव लगत्तै आइतवार राति पनि प्रचण्डसँग छलफल गरेका थिए । उनले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताइसकेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आइतवार राति पार्टी… पुरा पढौ

कर्णालीको बजेट अधिवेशन आजदेखि

कर्णाली, २४ जेठ । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन साेमबारदेखि शुरु हुँदैछ । अपराह्न २ बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका विषयमा केन्द्रित हुनेछ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएका अधिवेशन आह्वान, मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । बैठकमा दलका नेताले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची पनि रहेको सचिव बुढाथोकीले बताए। यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)… पुरा पढौ

प्रधानन्यायाधीशलाई सन्चो नभएपछि विवादित संवैधानिक इजलास स्थगित

काठमाडौं, २४ जेठ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सन्चो नभएपछि सोमबारका लागि तोकिएको संवैधानिक इजलास स्थगित भएको छ। संवैधानिक इजलासमा सहभागी न्यायाधीसको विषयमा पक्ष र विपक्षका कानुन व्यवसायीबीच विवाद हुँदा रोकिएको इजलास सोमबार प्रधानन्यायाधिसलाई बिसन्चो भएपछि स्थगित गरिएको सर्वोच्च स्रोतले बताएको छ। संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए। संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन्। पुरा पढौ

सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घट्यो

काठमाडौं, २४ जेठ। सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँमा घटेको छ। सोमबार सुन तोलाको ९३ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तोलामा ७ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

ललितपुर महानगरपालिकाले मंगलबार र बुधबार नगरवासीलाई कोरोना खोप लगाउने

काठमाडौं, २४ जेठ । ललितपुर महानगरपालिकाले मंगलबार र बुधबार नगरवासीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई मंगलबार र बुधबार खोप लगाउने तयारी गरिएको जानकारी दिए । उनीहरुलाई चीनबाट ल्याइएको भरोसिल खोपको पहिलो डोज दिइने उनले बताए । यसले भेरोसिलको दोस्रो डोज लगाउन छुटेकाले पनि मंगलबार र बुधबार सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउने सक्नेछन् । पुरा पढौ

सोमबारको विनिमय दर, कुनको कति ?

काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी विनिमय दर तोकेको छ । सोमबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ५० पैसा र बिक्री दर ११७ रुपैयाँ १० पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ७५ पैसा र बिक्री दर १४२ रुपैयाँ ४८ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ७६ पैसा तोकेको छ। यसैगरी बहराइन… पुरा पढौ

गोकर्णेश्वर नगरपालिकाले भाेलिदेखि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं, २४ जेठ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। नगरपालिकाले भोलि (जेठ २५) देखि नगरपालिका भित्र बसोबास गर्ने ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने भएको हो। उनीहरुलाई भेरोसिल खोपको पहिलो डोज दिइने नगरपालिकाले जनाएको छ। खोपको लागि आफ्नो उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर जानुपर्नेछ। नगरपालिकाले श्री सहयोगी मा.वि. ४ गोकर्ण र श्री चामुण्डा मा.वि. ६ नाराणटारमा खोप लगाउने जनाएको छ। पुरा पढौ

पार्टी एकताका लागि ओलीले प्रस्ताव गरेपछि नेपाल-खनाल समूहले बैठक बोलायो

काठमाडौं, २४ जेठ। एमालेको नेपाल-खनाल समूहको बैठक आज बोलाइएको छ। पार्टी अध्यक्ष केपी ओलीले आइतबार साँझ एकताका लागि ६ बुँदे शर्तसहितको प्रस्ताव गरेपछि नेपाल-खनाल समूहको बैठक आज बोलाइएको हो। बैठकले ओलीको प्रस्तावमा साझा धारणा बनाउने नेताहरुले बताएका छन्। ओलीले गरेको प्रस्तावलाई केही नेताले सकारात्मक रुपमा लिएका छन् भने केहीले शंका व्यक्त गरेका छन्। आइतबार बेलुकी ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै ६ बुँदे शर्तसहितको प्रस्ताव गरेका हुन्। उनले नेकपा (माओवादी केन्द्र)सँगको एकतापछि… पुरा पढौ

पानी कम पर्दा देशभर गर्मी बढ्यो, केहीदिनमै मनसुन भित्रिएपछि राहत मिल्ने

काठमाडौं, २४ जेठ । केहिदिनयता देशभर गर्मी बढेको छ। कम पानी परेपछि देशभर गर्मी बढेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि पहाडी भू भागको थोरै ठाउँमा मात्र पानी पर्ने भएकाले तापक्रम अझै बढ्नेछ। सोमबार भैरहवाको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ। यस्तै जनकपुरमा ३६ देखि ३८ डिग्री, धनगढीमा ३५ देखि ३७ डिग्री, बिराटनगरको अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियस, दिपयल, विरेन्द्रनगर र दाङको घोरहीमा ३३ देखि ३५ डिग्री सेल्सियसम्म पुग्ने संभावना छ। यस्तै… पुरा पढौ