समाचार

नवलपरासी दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु ४९ घाइते

नवलपरासी, ५ जेठ । नवलपरासीकाे दाउन्नेमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो । बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि जादै गरेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिएका छन । ज्यान गुमाउने मध्ये रुकुम… पुरा पढौ

गण्डकीमा सम्भवतः आज मन्त्रिमण्डल बिस्तार हुने

पोखरा, ५ जेठ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार प्रदेश सरकारको मन्त्रिमण्डल बिस्तारको तयारी थालेका छन् । स्रोतका अनुसार उनले दिउँसोसम्म केही पुरानै मन्त्रीहरु दोहोर्‍याएर सानो आकारको भए पनि मन्त्रिमण्डल बिस्तार गर्दैछन् । गुरुङ सरकारको दोस्रो कार्यकालमा मन्त्री दोहोरिनेहरुमा सम्भवतः आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) छन् । पुरानै दोहोर्‍याउने वा केहीलाई मात्र ल्याउने भन्नेबारे यकिन अझै भैसकेको छैन । असार १ मा बजेट… पुरा पढौ

सप्तरीका सबै स्थानीय तह आज बन्द

सप्तरी, ५ जेठ । सप्तरीको सबै स्थानीय तह बुधबार बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो । जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको मङ्गलबार बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्ति जारी गरेर जानकारी दिए । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका… पुरा पढौ

लम्जुङको भुलभुले केन्द्रविन्दु भएर फेरि भूकम्प

काठमाडौं ५ जेठ: लम्जुङको भुलभुले केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । बुधबार बिहान ८ बजेर २६ मिनेटमा भुलभुले केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान ५ बजेर ४२ मिनेटमा भुलभुले नै केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट डा. लोकविजय अधिकारीका अनुसार यो २०७२ साल वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलकै भूकम्पको परकम्प हो । ठूलो भूकम्प गएको… पुरा पढौ

भूकम्पले दर्जन बढी घर भत्किए, चार घाइते, उद्धार जारि

लमजुङ, ५ जेठ । आज बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का लमजुङसहित तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङजा, धादिङ, काठमाडौं लगायतका जिल्लाहरुमा महशुस गरिएको समाचार छ । लमजुङबाट पत्रकार नवीन कुईकेलले दिएको जानकारी अनुसार मस्याङदी गाउँपालिकामा घर भत्किदा चारजना घाईते भएका । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया… पुरा पढौ

लम्जुङ केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प

काठमाडौं, ५ जेठ । लम्जुङ केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान ५ बजेर ४२ मिनेटमा लम्जुङको भुलभुले केन्द्र भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट डा. लोकविजय अधिकारीका अनुसार यो २०७२ साल बैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलकै परकम्प हो । ठूलो भूकम्प गएको लामो समयसम्म परकम्प आइरहने अधिकारीको भनाइ छ । भूकम्पको… पुरा पढौ

६८९१ निकाे, ८२०३ मा संक्रमण, १९६ को मृत्यु

काठमाडाै, ४ जेठ । पछिल्लो २४ घन्टामा ८ हजार २ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २ सय ८६ पिसिआर परीक्षण गर्दा ८ हजार १ सय ३६ र ६ सय ९३ एन्टिजिन परीक्षण गर्दा ६७ मा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा सङ्क्रमणबाट १ सय ९६ को ज्यान गएको छ भने ६ हजार ८ सय ९१ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित सङ्ख्या १ लाख १४ हजार ५… पुरा पढौ

पोखराका विद्यालयको वार्षिक परीक्षा नहुने, पूर्व परीक्षाद्वारा नतिजा निकाल्न निर्देशन

पोखरा, ४ जेठ । कोरोना महामारीका कारण पोखराका विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ। विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न असम्भव हुने देखिएपछि पोखरा महानगरपालिका शिक्षा महाशाखाले मंगलबार सूचना जारी गर्दै महानगरका विद्यालयलाई यसअघि संचालित त्रैमासिक, अर्धवार्षिक र आन्तरिक मूल्यांकनका आधारमा नतिजा निकाल्न भनेको छ । महाशाखाका प्रमुख हेमप्रसाद आचार्यद्वारा जारी सूचनामा शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना असार १ देखि सुरु गर्न पनि भनिएको छ । कक्षा ८को वार्षिक परीक्षा भने नगरस्तरीय परीक्षा संचालन तथा समन्वय समितिको निर्णयअनुसार हुने… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी

देउखुरी, ४ जेठ । राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी–५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका हुन । नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी काङ्ग्रेस पार्टीमा आवद्ध थिए ।… पुरा पढौ

प्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः शपथग्रहण गर्न नपर्ने भएको हो । आदेशमा महान्यायाधिवक्ता कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालकाे गरी छुट्टाछुट्टै चार रिट निवेदन सोमबार… पुरा पढौ