समाचार

मनसुनको दुई महिनाः विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

काठमाडौँ । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए । नेपालमा जेठ ३१ गतेदेखि मनसुन शुरु भएको थियो । साउन ३१ सम्मको दुई महिनामा मात्रै ठूलो मानवीय क्षति हुन पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका… पुरा पढौ

पत्रकार भण्डारी र पाण्डे प्रेस काउन्सिल सदस्य नियुक्त

पत्रकार दुर्गा भण्डारी प्रेस काउन्सिल नेपाल सदस्य पदमा नियुक्त भएकी छन् । पोखरामा लामो समयदेखि पत्रकारितामा क्रियाशील भण्डारी कानून व्यवसायी समेत हुन् । उनी नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य एवं प्रेस चौतारी नेपालको केन्द्रिय कमिटीको पूर्व सचिव समेत हुन् । मन्त्रीस्तरीय निर्णय अनुसार भण्डारीसहित अर्का पत्रकार दीपक पाण्डे पनि सदस्य नियुक्त भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । पाण्डे पत्रकार महासंघ लेखा समितिका पूर्व संयोजक हुन् । पुरा पढौ

पोखरामा एकपछि अर्को संक्रमित, एकै दिन २२ संक्रमित फेला

पोखरा, ३२ साउन । पोखरामा एकपछि अर्को कोरोना संक्रमित थपिएका छन् । पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना संक्रमण देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्ल्लो समय १२ जनामा कोरोना देखा परेको हो । यसअघि बिहान १० जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो विज्ञप्तिअनुसार पोखरा वडा १५ का वर्ष ५० का पुरुष, वर्ष ५० की महिलामा कोरोना देखा परेको छ । यस्तै पोखरा वडा ५ का वर्ष ४१, ६४ र ७५ का महिला तथा वर्ष ३७, ३८,… पुरा पढौ

काँग्रेसद्वारा गण्डकी प्रदेशसभा बैठक अबरुद्ध

पोखरा, ३२ साउन । सरकार कोरोना नियन्त्रणमा संवेदनशील नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी प्रदेश सभाको बैठक आइतबार अबरुद्ध गरेको छ । आफ्नो मागबारे पटक–पटक सदन स्मरण गराउँदा पनि जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै काँग्रेसले सदन अवरुद्ध गरेको हो । कोराना नियन्त्रणसम्बन्धी समेटेर प्रस्तुत गरेको चारबुँदे संकल्पमा उल्लेखित विषय तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम बाँडफाँटमा साँसदबीच समान व्यवहार गर्नुपर्ने काँग्रेसको माग छ । काँग्रेसको संकल्प प्रस्तावमा ‘एक घर एक पिसिआर’ व्यवस्था हुनुपर्ने, जिल्लामा स्थापित क्वारेन्टाइन विश्व… पुरा पढौ

चितवन मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमति

चितवन, ३२ साउन । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ । न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु… पुरा पढौ

गण्डकीमा थपिए २ काेराेना संक्रमित

पाेखरा, ३२ साउन। गण्डकी प्रदेशमा थप २ जना काेेराेना संक्रमित भेटिएका छन्। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) काे विनयी त्रिवेनी गाउँपालिका वडा १ का वर्ष ३७ र वर्ष ४२ का पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले अाइतबार दिउँसो विज्ञप्ति जारी गरी जनाएको छ। याे सहित गण्डकीमा संक्रमित संख्या १ हजार ७ सय २१ पुगेकाे छ। गण्डकीमा अाइतबारमात्रै पाेखरामा १० सहित १८ जनामा संक्रमण देखिएको हाे । गण्डकी प्रदेशमा संक्रमित मध्ये १ हजार ५ सय २७ निकाे भएकाे स्वास्थ्य… पुरा पढौ

प्रहरी अस्पतालमा कार्यरत डीआईजीलाई कोरोना संक्रमण

काठमाडौँ, ३२ साउन । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा शनिबार बिहान आएको रिपोर्टमा डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिए । पछिल्लो समय  नेपाल प्रहरीका कर्मचारीमा संक्रमण बढिरहेको छ । हालसम्म ६२० जनामा संक्रमण पुष्टि भएको र संक्रमितमध्ये २४० जना निको भएका  कडायतले बताए । पुरा पढौ

१३२० नमुना परीक्षणमा १६ मा कोरोना

पोखरा, ३२ साउन । पोखरामा गएको २४ घण्टामा कोरोनाको १३२० नमुना परीक्षण भएको छ । तीमध्ये मात्र १६ मा कोरोना देखियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशकका अनुसार गएको २४ घण्टामा क्षयरोग उपचार केन्द्रमा १ हजार २ सय ६८ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५२ गरी कुल १ हजार ३ सय २० नमुना परीक्षण भएको हो । ती मध्ये १६ जनामा मात्र कोरोना देखिएको हो । क्षयरोग उपचार केन्द्रमा भएको परीक्षण गएको २४ घण्टामा अहिलेसम्मकै धेरै नमुना परीक्षण भएको दाबी… पुरा पढौ

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

दाङ, ३२ साउन । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए । घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय… पुरा पढौ

पोखरामा आइतबार १० संक्रमित थपिए

पोखरा, ३२ साउन । पोखरामा आइतबार १० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कास्कीमा कुल संक्रमितको संख्या २ सय १८ पुगेको छ । प्रदेशमा कुल १ हजार ७ सय १८ पुगेका छन् । एकपछि अर्को संक्रमित देखिदै गएपछि पोखरा लगायत संक्रमण देखिएका स्थानमा उच्च स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखरामा गएको २४ घण्टामा भएको नमुना परीक्षणमा १६ जना संक्रमित फेला परेका हुन् । तीमध्ये पोखराका मात्रै १० जना छन्… पुरा पढौ