तस्बिर बोल्छ

जनैपूर्णिमा अर्थात् रक्षाबन्धन

जनैपूर्णिमा अर्थात् रक्षाबन्धन अवसरमा एक युवा पूरोहित सोमबार रक्षाबन्धन लगाइदिँदै । यस पर्व अवसरमा नयाँ जनै फेर्नुका साथै हातमा पवित्र रक्षाबन्धन गर्ने प्रचलन छ । जसले गर्दा मनोकामना पूरा हुने किंवदन्ती विश्वास गरिन्छ । यसै दिन घरघरमा क्वाँटी खाने प्रचलन छ । पुरा पढौ

माछालाई जाल

कञ्चनपुरको शुक्लाफाँटा नगरपलिका ९ नौखरीका बालबालीका स्थानिय बाढी आएको खोलामा माछा मार्दै । पुरा पढौ

कृषिमा प्रविधि

नुवाकोटको विदुर नगरपालिका–४ का किसान हालै खेतमा उत्पादित मकै उपकरणको सहायताले छोडाउदै । उपकरण तथा कृषि औजारको सहायताले किसानको दैनिक सहज र लागत कम गराउन सहयोग पुगेको छ । पुरा पढौ

साउने सोमबार

साउन सोमबार अवसरमा एक भक्तजन शिवलिङ्गमा जल चढाउँदै । यस दिन शिवको पूजाआराधना गरे मनोकांक्षा पूरा हुने विश्वास छ । पुरा पढौ

नागपञ्चमी मनाइयो

श्रावण शुक्लपञ्चमीका दिन आज शनिबार नागपञ्चमी परम्पराअनुसार नागको पूजाअर्चना गरी देशभर मनाइएको छ । घरका मूलढोकामा नागको तस्वीर टाँस्दा तथा नागपूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । पुरा पढौ

डुबानमा धानखेत

केही दिनदेखि परेको अविरल वर्षाले बाढी आउँदा कास्कीको खास्टेताल छेउमा डुबानमा परेको धानखेत । पुरा पढौ

बौद्धनाथ स्तुपा

काठमाडौंस्थित बौद्धनाथ स्तुपा । यो नेपालमा रहेका स्तूपहरूमा सबैभन्दा ठूलो स्तुपा मानिन्छ । पुरा पढौ

कन्याम

नेपालको प्रसिद्ध पुर्व इलामको कन्याम चिया बगान
इलाम जिल्लामा पर्ने कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। कुहिरोसँग लुकामारी गरिरहने, शीतल मौसम यहाँको प्रमुख विशेषता मानिन्छ । पुरा पढौ

पहिरोको कहर

निरन्तर वर्षापछि खसेको पहिरोले मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा क्षति पुगेको घर । पहिरोले स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको घर पूर्णरुपमा क्षति भएको छ । तस्वीर : रासस पुरा पढौ

भेलले कमजोर सडकमा क्षति

अविरल वर्षाका कारण पोखराको गगनगौँडा–बाघमारा जोड्ने क्षतिग्रस्त सडक । पोखरा–१७, मगरचोकमा सडक भत्किँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । निर्माणक्रममा ठेकेदारको लापबारहीले निर्माणको केही समयमै यसरी ग्रामीण सडक भत्किन गएको स्थानीय बताउँछन् । पुरा पढौ