खेलकुद

नेजेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडाैं, १२ जेठ । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ । नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको कतार फुटबल सङ्घले जनाएको छ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन… पुरा पढौ

ईपीएल फ्रेन्चाइज टिमले दिए क्यान वहिष्कारकाे चेतावनी

काठमाडौं, ९ जेठ । ईपीएल फ्रेन्चाइज टिमले क्यानलाइ वहिष्कार गर्ने चेतावनी दिएका छन । नेपाल क्रिकेट संघले ईपीएलको पाँचौं संस्करण आयोजनाकाे स्वीकृति नदिएको भन्दै ईपीएलका फ्रेन्चाइज टिमका लगानीकर्ताहरुले यस्ताे चेतावनी दिएका हुन । सोमबार ईपीएलले गरेको पत्रकार सम्मेलनमा ६ मध्ये ५ फ्रेन्चाइज टिमका लगानीकर्ताहरु सहभागी थिए । उनीहरुले अहिलेकाे विषम परिस्थितिमा खेलाडीहरूको उत्थानका लागि ४ संस्करणसम्म गरेको योगदानको क्यानले अवमूल्यन गरेकोमा चिन्ता व्यक्त गरेका थिए । ईपीएलका सन्चालक अमिर अख्तरले पत्रकार सम्मेलनमा भने, ‘क्यान आफैंले आयोजना गर्ने प्रतियोगिताको हामी विरोध… पुरा पढौ

नेपाल टी ट्वान्टी लिगको आधिकारिक घोषणा, असोज दोस्रो सातादेखि हुने

काठमाडौं, ४ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गरे । प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । क्यानले यसअघि नै प्रेस विज्ञप्तिमार्फत उक्त प्रतियोगिताको घोषणा गरेपनि मिति भने सार्वजनिक गर्न सकेको थिएन… पुरा पढौ

महिला क्रिकेट : पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित

काठमाडौं, २ जेठ । महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ । कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । युगान्डाले जीतका लागि दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटियो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् भने डोली भट्टले १३ रन बनाइन् । विन्दु रावल १२ रनमा आउट हँुदा कविता कुँवरले ११ रन जोडिन् ।… पुरा पढौ

हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड

काठमाडौं, २५ फागुन । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड कायम गरेका छन् । लगातार १४ औं पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व रेकर्ड बनाउन सफल भएका हुन् । जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न सो प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढालेका थिए । उनीहरु दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका… पुरा पढौ

राष्ट्रिय भलिबल : पुलिसको जित

काठमाडौं, २१ वैशाख । नेपाल पुलिस क्लब छैटौँ संस्करणको जारी राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको आजको खेलमा महिलातर्फ विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै विजयी भएको हो । पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकालेको थियो । जितसँगै पुलिसले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै–मन्त्री गहतराज

पोखरा, १५ बैशाख । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै आयोजना हुने बताएका छन् । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गहतराजले जेठ २२ देखि २८ गते सम्म गण्डकी प्रदेशमा प्रतियोगिता आयोजना हुने बताए । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटन समेत खेल पदाधिकारीहरुलाई आग्रह गरे । उनले उपाधि जित्ने लक्ष्यसहित तयारी थाल्न पनि सवै प्रदेशका खेलाडीहरुलाई आग्रह गरे । नवौं राष्ट्रिय खेलकुदबाट नै एसिएन गेमकालागि खेलाडीहरु छनोट गर्नुपर्ने भएकाले पनि निर्धारित… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सञ्चालित तिन महिने सहायक प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण

पोखरा, ७ वैशाख । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा सञ्चालित तिन महिने सहायक प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रदेश खेलकुदले एक कार्यक्रमको आयोजना गरी सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेश गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको उल्लेख गरे । उनले भने–“अहिलेको आधुनिक युगमा खेलकुदको महत्व बढ्दै गएको छ त्यसैलाई मध्यनजर गर्दै गण्डकी विश्वविद्यालयको स्थापना संगै हामीले नेपालमा नै पहिलो पटक स्नातक तहमा खेलकुदको पाठ्यक्रमलाई अघि बढाएका हौं ।” सो अवसरमा… पुरा पढौ

नयाँबस्ती युवा क्लबलाई तीन लाख जरिवाना

काठमाडौं, ६ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई रु तीन लाख जरिवाना गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहिन कार्य गरेको भन्दै नयाँबस्तीलाई जरिवाना गरिएको हो । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत गत चैत २६ गते भएको खेलमा नयाँबस्ती युवा क्लब मध्यपुर युथ एशोसिएशनसँग ३–१ गोलअन्तरले पराजित भएपछि नयाँबस्तीले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही गरेको हो । त्यतिबेला मध्यपुरसँग पराजित भएपछि क्लबका… पुरा पढौ

जेठ २२ देखि २८ गतेसम्म पाेखरामा हुने नवाैं राष्ट्रिय खेलकुदको प्रारम्भिक तयारी सुरू

काठमाडाैं, ४ वैशाख । सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । सरकारले प्रतियोगिताको मिति तोकेसँगै यहाँका सरोकार भएका निकायले आवश्यक प्रारम्भिक तयारी सुरु गरेका छन् । प्रतियोगिताका लागि मुख्यगरी खेल पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति आवश्यक रहेको उनीहरूले औँल्याएका छन् । पोखरामा ३९ वर्षपछि… पुरा पढौ