खेलकुद

छैटौं पोखरा स्पोर्ट्स अवार्ड–२०७८ आगामी शनिबार, ४ विधाको मनोनयन सार्वजनिक

पोखरा ११ असार। छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड–२०७८ आगामी शनिबार आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुन लागेको अवार्डमा विभिन्न ७ वटा विधामा अवार्ड प्रदान गरिने छ । लाइफ टाइम अचिभमेन्ट, बर्ष खेलाडी पुरुष, बर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकार गरी ७ वटा विधामा अवार्ड वितरण गरिने भएको हो । मञ्चले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ४ वटा विधामा उत्कृष्ट ३ मनोनयको सूची सार्वजनिक गरेको छ ।… पुरा पढौ

७१औँ मदन जयन्तीको अवसरमा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने

काठमाडौं, ५ असार । मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। उनका अनुसार भैरहवा, दमक, वीरगन्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यू–१६ र यु–१८ क्रिकेट प्रतियोगिता हुनेछ । क्रिकेट यही असार २० गतेसम्म सञ्चालन हुनेछ । क्रिकेटको विजेताले… पुरा पढौ

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमान सहजै पराजित

काठमाडाैं, १ असार । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो । ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ओमानले ४६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो । एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन… पुरा पढौ

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

काठमाडौ, २६ जेठ । आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको हो । यस खेलसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको छ । नेपालले छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो… पुरा पढौ

एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित

काठमाडौं, २६ जेठ । एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफमा नेपाल र जोर्डनले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने जोर्डनले दुई गोल ग¥यो । पहिलो हाफको ४३औँ मिनेटमा नेपालका गोलकिपर दीप कार्कीले जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाउन सफल भएका थिए । उनले जोर्डनसँगको खेलमा डेब्यु गरेका हुन । गौतम श्रेष्ठले… पुरा पढौ

तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता असोज ५ देखि ९ गतेसम्म पोखरामा

पोखरा २२ जेठ । तेस्रो संस्करणको माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आगामी असोजमा पोखरामा आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ५ देखि ९ गते सम्म प्रतियोगिता आयोजना हुने भएको आइतबार पोखरामा आायोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय महासचिव दिपराज गुरुङले विश्वका ५० भन्दा बढी देशका १ हजार ५ सय बढी खेलाडीहरुले सहभागिता जनाउने बताए । जी–२ स्तरको प्रतियोगितामा नेपालका कुल ५ सय जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।… पुरा पढौ

वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा, नेपाल सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम अपरिहार्य भएको बताए । उनले भने, “मौसम परिवर्तन र तापमानमा देखिएको वृद्धिको समस्या सारा संसारले भोग्दै आएको छ । हामीले पनि मौसम परिवर्तनका… पुरा पढौ

१५ दिनभित्र लिखित जवाफ पेस गर्न क्यानलाई दियाे सर्वोच्चले आदेश

काठमाडौं, १८ जेठ। एभरेस्ट प्रिमियर लिगलाइ क्रिकेट गेम संचालन गर्नका लागि स्वीकृति नदिएको भन्दै नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्लाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । क्यानको निर्णयविरुद्ध ईपीएलले यही जेठ १२ गते सर्वोच्चमा रिट दायर गरेको थियो । क्यान आफैँले नेपाल ट्वान्टी–२० लिग आयोजना गर्ने भएपछि अरू लिगलाई मान्यता नदिने घोषणा गरेकोमा एभरेस्ट प्रिमियर लिगले असहमती जनाउदै अदालत गुहारेकाे थियाे । सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने कारणका विषयमा जवाफ पेस गर्न… पुरा पढौ

केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबल

काठमाडौं, १८ जेठ । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयो । आयोजकका अध्यक्ष खुश्बु ओलीले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए। कारागारका कैदीबन्दीले सजाय भुक्तान गरिसकेपछि पुन गलत बाटोमा नजाउन र उनीहरुमा सामाजिककार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्यले यस किसिमको कार्यक्रमको… पुरा पढौ

पाठशाला नेपाल फाउण्डेशनको बास्केटबल प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं, १२ जेठ । पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबर्ड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन् । प्रतियोगिताको विजेताले रु १५ हजार तथा उपविजेताले रु आठ हजार पुरस्कार पाउने… पुरा पढौ