खेलकुद

नवौं राष्ट्रिय खेलकुदकाे तयारीका लागि सुझाव संकलन

काठमाडौं, ३ चैत । नेपाल सरकारले आगामी जेठ २२ देखि २८ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा संगै प्रदेश खेलकुद परिषदले तयारी स्वरुप सुझाव संकलन गर्न सुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि आइतबार राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा सातै प्रदेशका सदस्य सचिव सम्मिलित बैठकको आह्वान गरे संगै प्रदेश खेलकुदले सुझाव संकलन गरेको हो । पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशको रुपमा… पुरा पढौ

बैशाख ११ र १२ गते प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरा, ३ बैशाख । गोर्खा कम्युनिटी पोखराले प्रथम गोर्खा खुल्ला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता २०७९ गर्ने भएको छ। बीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा बैशाख ११ र १२ गते पोखरा ८ बगालेटोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिवार सोपाल समाज भवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो। ३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तर पल्टन टिम प्रतियोगिता(डबल्स र सिंगल)इभेन्टका खेलहरु हुने प्रतियोगिता संयोजक तथा गोर्खा कम्युनिटि पोखरामा संस्थापक अध्यक्ष मेजर… पुरा पढौ

एसियन कप छनोट प्रशिक्षण आजदेखि सुरु

काठमाडौं, २ वैशाख । एएफसी एसियन कप छनोट तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षण सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीलाई बोलाए। ती खेलाडीमा किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् । यसैगरी मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन… पुरा पढौ

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक प्राप्त

काठमाडौं, २७ चैत । थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त गर्न सफल भएकी हुन् । सेमिफाइनलमा उनी फिलिपिन्सकी खेलाडीसँग ३–२ अङ्कले पराजित भइन् । रावल आठ वर्षदेखि नेपाली सेनामा आवद्ध छिन् । उनलाई हराएकी फिलिपिन्सकी खेलाडीले नै फाइनलमा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । सन् २०१० पछि नेपालले बक्सिङमा पदक प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट रावलसँगै चन्द्रकला थापा,… पुरा पढौ

नेपाललाई त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको उपाधि

काठमाडौं, २१ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो । ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए । केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई पवेलियन फर्काए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले निर्धारित २०… पुरा पढौ

दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई

दमक,१८ चैत । मनाङ मस्र्याङ्दी क्लब काठमाडौँले यहाँ सञ्चालित दमक गोल्डकपको उपाधि हात पारेको छ । आज भएको उपाधि खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङले उपाधि प्राप्त गरेको हो । जितका लागि मनाङका विदेशी खेलाडी अफिज ओलावलले र शिशिर लेखीले गोल गरेका थिए । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलको ५९औँ मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गरे भने ६७औँ मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गरे । जितसँगै मनाङले रु… पुरा पढौ

टी–२० क्रिकेट सिरिज : पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ । पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो । मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो । मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार… पुरा पढौ

शहीद स्मारक बी डिभिजन लिग : खुमलटारको जित

काठमाडौं, १७ चैत । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थिन एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा खुमलटारले श्री भगवती यथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको २१औँ मिनेटमा दिवस छन्त्यालले गोल गर्दै खुमलटारलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ३१औँ मिनेटमा भगवती युथ क्लबका खेलाडी सन्तोष केसीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५५औँ मिनेटमा दिवसले व्यक्तिगत दोस्रो गोल… पुरा पढौ

नेपाल पुलिस दमक गोल्डकपको फाइनलमा, शुक्रबार उपाधिका लागि मनाङ मस्र्याङ्दीसँग प्रतिस्पर्धा गर्ने

दमक, १७ चैत । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनलको यात्रा सुरक्षित गरेको हो । खेलको ५९ औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै पुलिस क्लबले शुक्रबार उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार खेलको म्यान अफ… पुरा पढौ

डढुवामा २२ गतेदेखि ‘चैते दशैं मेला’ आयोजना हुने, फुटबल उपाधिकाे राशी डेढ लाख

पोखरा, १६ चैत । लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आगामी २२ देखि २७ गतेसम्म ‘ऐतिहासिक चैत्र दशैं मेला–२०७८’ आयोजना हुने भएको छ । स्थानीय क्लब क्रियटिभ युथ कलबको आयोजनामा मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रब्यापी खुल्ला सेभेन ए साइड पुरुष तथा महिला फुटबल प्रतियोगितालाई समावेश गरिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । क्लबका अध्यक्ष तथा मुल आयोजक सकिति संयोजक चन्द्र प्रसाद गुरुङका अनुुसार पुरुष फुटबल तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ५०… पुरा पढौ