खेलकुद

नेपालद्वारा मलेसिया ६ विकेटले पराजित

काठमाडौ, १६ चैत  । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले दिएको ११५ रनको समान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जीतमा आसिफ शेखले सर्वाधिक ५७… पुरा पढौ

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी

काठमाडौं, १६ चैत । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ । सातदोबाटोस्थित (अखिल नेपाल फुटबल सङ्घ) एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च ब्वाइजले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । चर्च ब्वाइजको जीतमा कुवेर न्यौपाने र आशिष चापागाइले गोल गरे । खेलको ५२औँ मिनेटमा कुवेरले गोल गर्दै चर्च ब्वाइजलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औँ मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–० को जित दिलाए… पुरा पढौ

पाेखरा म्याराथनः अजित र सरस्वतीलाई उपाधि

पोखरा, १२ चैत । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको दोस्रो चरणको प्रतियोगिता अन्तर्गत १० किलोमिटर दौडको उपाधि पुरुषतर्फ अजितकुमार यादव र महिलातर्फ सरस्वती बोहोराले जितेका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा भएको पुरुषतर्फको दौडमा निर्धारित दूरी ३० मिनेट ४५ सेकेन्डमा पूरा गर्दै यादवले २० हजार नगद तथा मेडल र साथमा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै ३२ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पार गर्दै युवराज थापा दोस्रो र ३३ मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै टंकबहादुर कार्की तेस्रो… पुरा पढौ

दोस्रो चरणको पोखरा म्याराथनको तयारी पूरा, ४ हजार धावक सहभागि हुने

काठमाडाैं, ११ चैत। नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पाेखरामाआयोजना हुने दोस्रो चरणको पोखरा म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताका लागि ४ हजार धावकहरुले नाम दर्ता गराएका छन् । १० किलोमिटर दौड अन्तर्गत पुरुषतर्फ १ हजार १ सय ३० तथा महिलातर्फ ५१ जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । त्यस्तै विद्यालय स्तरीय ५ किलोमिटर दौड अन्तर्गत छात्रतर्फ ५ सय ५६ र छात्रातर्फ ४ सय २१ जना खेलाडीहरुले नाम दर्ता गराएको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए । त्यस्तै… पुरा पढौ

पपुवा न्युगिनीद्वारा नेपालसामु २९३ रनको लक्ष्य

काठमाडौं, ११ चैत । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपालसामु जितका लागि २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल बनायो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १०३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान असाद भालाले ५५ बलमा ११ चौकासहित ६०, नोरमान भानुले २८ बलमा चार चौका र… पुरा पढौ

राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम, ११ चैत । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ एपिएफका टेकराज अवस्थी भए । अर्को क्वाटरफाइनल प्रतिस्पर्धामा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । गण्डकीले बागमतीलाई २५–१५, २५–१४… पुरा पढौ

जुनियर टेनिसमा प्रणव र सौगात डबल्स च्याम्यिन

पोखरा, १० चैत्र । प्रणव मानन्धर र सौगात विक पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा ब्वाइज ओपन डबल्सतर्फ विजयी भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत बिहिबारको फाइनल खेलमा सो जोडीले निशा जोशी र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्पियन भएका हुन् । प्रतियोगितामा विजेता जोडीले नगद १५ हजारसहित मेडल तथा उपविजेता जोडीले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । त्यस्तै अशव हाडा र स्पन्दन उदास तथा शास्वत… पुरा पढौ

सहिद स्मारक ‘बी’ डिभिजन लिग : आरसिटी विजयी

काकाठमाडौं, १० चैत । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा आरसिटीले सामाजिक युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसिटीको जितमा प्रज्ज्वल गुरुङले दुई तथा विश्वास थापा मगरले एक गोल गरे । विश्वासले खेलको पाँचौँ मिनेटमा गोल गर्दै आरसिटीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको २०औँ र २४औँ मिनेटमा प्रज्ज्वलले व्यक्तिगत दुई गोल गरे ।… पुरा पढौ

पोखरा म्याराथनबारे भूतपूर्व खेलाडीमञ्च र महानगरपालिकाबिच छलफल

पोखरा ९ चैत । नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथनका बिषयमा पोखरा महानगरपालिकाका पदाधिकारीहरुसँग छलफल गरेको छ । मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत बलराम रिज्यालले भू.पू. खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुर्याएको बताए । उनले आगामी प्रतियोगितामा महानगरका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । मञ्चका पूर्व अध्यक्ष एवं खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले म्याराथन प्रतियोगितामा गण्डकी प्रदेशका धावकहरुले उपाधि जितेमा छुट्टै पुरस्कारको व्यवस्था गर्ने बताए… पुरा पढौ

क्रिकेट टोली आज स्वदेश फर्कने

काठमाडौं, ९ चैत । आइसीसी विश्वकप क्रिकेट लिग टू खेलेर नेपाली राष्ट्रिय टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली साँझ ७ः१० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । लिगमा ४ खेल खेलेको नेपाल २ खेलमा जित र २ खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्युजिनी (पीएनजी) २ विकेटको जित निकालेको थियो । नेपालले दोस्रो खेलमा युएईसँग ४८ रन र तेस्रो खेलमा ९९ रनले पराजित भएको थियो । नेपालले मंगलबार… पुरा पढौ