पोखरा, २४ फागुन । शनिबारदेखि सुरु भएको पोखरा लिंकन ईन्टरनेशनल कलेजको खेलकुद कार्यक्रम सम्पन्न भएको छ । बीबीए र बीएचएम संकायका विद्यार्थीहरुबीच भएको खेलकुद कार्यक्रम सोमबार सम्पन्न भएको हो । कलेजको प्राङ्गणमा भएको कार्यक्रममा कलेजका कार्यकारी निर्देशक राजकुमार गुरुङ, संस्थाका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङ र संस्थापक प्राचार्य पम्फा गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरेका थिए । ३ दिनसम्म सञ्चालित कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, टेवल टेनिस र सर्टपुटका खेलहरु खेलाइएको थियो । भलिबलमा ६ टिम, बास्केटबलमा (छात्र छात्रा गरी)…
पुरा पढौ