पोखरा, २९ फागुन । इन्फोम्याटिक्स कलेजको १२औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ कास्की विजयी भएको छ । उक्त कलेजका प्राध्यापक तथा प्रतिनिधि र कास्कीमा कार्यरत पत्रकारहरु बिच दोविल्लास्थित सहारा एकेडेमीको मैदानमा भएको खेलमा पत्रकारको टिमले इन्फोम्याटिक्स कलेजलाई ८–३ गोलअन्तरले पराजित गरेको हो । पत्रकार महासंघको जितमा पूर्ण न्यौपाने एक्लैले ह्याट्रिकसहित ४ गोल गरे । अर्जुन गाहामगर, अनुप पौडेल, विष्णु गौतम र बशन्त शेर्पाले १/१ गोलको योगदान दिए । इन्फोम्याटिक्सको तर्फबाट टिम कप्तान विवेक श्रेष्ठ, दिपेन्द्र…
पुरा पढौ