खेलकुद

ए डिभिजन लिगः जाउलाखेल र सङ्कटाको खेल बराबरीमा टुङ्गियो

काठमाडाैं, १३ फागुन । शहीद स्माकरक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जाउलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आफ्नो अन्तिम खेलमा जाउखेल र सङ्कटाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा सङ्कटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए । खेलको १४औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन् । त्यस्तै खेलको ६१औँ मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई १–१… पुरा पढौ

खप्तड गोल्ड कप फागुन १९ देखि

कैलाली, ११ फागुन । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फागुन १९ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोटर्स क्लबले बुधबार धनगढीमा सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा मनाङ मस्याङ्दी क्लब र दिल्ली फुटबल क्लब भिड्नेछन् । फागुन २० गते बागमती युथ क्लब सर्लाही र न्यूरोड टिम काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम-११ स्पोटर्स क्लबले जनाएको छ । फागुन २१ गते हिमालयन शेर्पा क्लब काठमाडौं र नव जनजागृति फुटबल क्लब सिमराबीच खेल हुनेछ । फागुन २२ गते एभीनियर फुटबल क्लब… पुरा पढौ

आइसीसी टी-२० विश्वकप छनोट : यूएईविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं, १० फागुन । आइसीसी टी-२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ । आज नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् । विश्वकप छनोट ग्लोबल क्वालिफायर 'ए' अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले २०२२ को अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ । पुरा पढौ

विश्वकप छनोट : क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं, ९ फागुन । आइसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह ‘बी’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ‘ए’ बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । क्यानडा समूह ‘बी’ बाट बाहिरिँदा फिलिपिन्समाथि १० विकेटको जितसँगै ओमान ४ अंकसहित उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल पुगेको अर्को टिम आयरल्याण्ड समूह ‘ए’ को विजेता हो ।… पुरा पढौ

‘मिल्स कप क्रिकेट प्रतियोगिता’ विराटनगरमा हुने

काठमाडौं, ९ फागुन । प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मिलित ‘मिल्स कप क्रिकेट प्रतियोगिता' यही फागुन २० गतेदेखि सुरु हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित उक्त प्रतियोगिता विराटनगर जुट मिल क्रिकेट खेल मैदानमा हुने छ । एकेडेमीका अध्यक्ष मुरारी चौधरीले नक आउट आधारमा टि–२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लब, भारत, जोगबनी क्रिकेट क्लब भारत, भैरहवा क्रिकेट क्लब,… पुरा पढौ

ए डिभिजन लिग फुटबलमा जाउलाखेलको जीत

काठमाडौं, ८ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । जावलाखेलको जीतमा रुपबहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे । यता हिमालयन शेर्पाका तर्फबाट अमृत श्रेष्ठले एक गोल फर्काए । खेलको १५औँ मिनेटमा रुपबाहनुरले पहिलो गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएकामा ७१औँ मिनेटमा हिमालयनका खेलाडी अमृतले गोल गर्दै… पुरा पढौ

१६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनकाे उपाधि केन्याका धावक स्टेफेन कोस्गीले जिते

पाेखरा, ७ फागुन । १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका धावक स्टेफेन कोस्गीले उपाधि जितेका छन् । नेपाल भुतपूर्व खेलाडी मञ्च द्वारा ७२ औं प्रजातन्त्र दिवशका अवसरमा शनिबार आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका धावक स्टेफेनले निर्धारित दुरी ४२.१९५ किमि २ घन्टा १९ मिनेट ४३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उपाधि संगै उनले पोखरा म्याराथनमा नयाँ रेकर्ड बनाएका छन् । स्टेफेनले उपाधि संगै नगद ४ लाख नगद हात पारे । केन्याकै अर्का धावक सिमिअन किप्लागाट टुले निर्धारित दुरी २… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार, १४ विदेशीसहित २०१ धावकले सहभागिता जनाउँदै

पोखरा, ६ फागुन . १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार आयोजना हुँदै छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने खुल्ला म्याराथन अन्तर्गत ४२.१९५ किलोमिटर म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने धावकले ३० हजार प्राप्त गर्ने छन् । त्यस्तै २१.१९५ किलोमिटरको महिला हाफ म्याराथन विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुने धावकले १५ हजार प्राप्त गर्ने… पुरा पढौ

विश्वकप छनोट : नेपालको सानदार जित

काठमाडौं, ६ फागुन । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ । ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रनमात्र जोड्न सक्यो । ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए । नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह… पुरा पढौ

नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

काठमाडौं, ६ फागुन । ओमानमा जारी टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले ओमानलाई जितका लागि ११८ रनको लक्ष्य दिएको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन जोड्न सक्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे । सन्दीप लामिछाने १६ रनमा आउट भए । लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १… पुरा पढौ