खेलकुद

रू ४ लाख पुरस्कार राशि भएकाे पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार हुने

पोखरा ५ फागुन । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार आयोजना हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि फागुन ७ गते १६ औं संस्करणको खुल्ला म्याराथन प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो। ४२.१९५ किलोमिटर म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने धावकले ३० हजार प्राप्त गर्ने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । मञ्चले यसबर्षदेखि पुरस्कार राशिमा वृद्धि गरी ४… पुरा पढौ

फागुन ११ देखि हुँदै मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता

काठमाडौं, ५ फागुन । क्रिकेट खेलको विकास एवं सामाजिक सद्भाव कायम गर्न यही फागुन ११ गतेदेखि १४ गतेसम्म विराटनगरमा ९औं मारवाडी प्रिमियर लिग (एमपिएर–९) प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल अग्रवाल युवा मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मारवाडी समुदायका अग्रवाल, महेश्वरी, ओस्वाल, मारवाडी ब्राह्मण, मेंढ स्वर्णकारका युवा टोलीको सहभागिता हुनेछ । मञ्चका अध्यक्ष प्रदीप अग्रवालले विराटनगर –२ स्थित शंकरपुरमा हुने प्रतियोगितामा मेजिक स्ट्राकर, प्रिमियर ११, हुलास ११, परशुराम वारियर, सीएसवी ११ गरी पाँच टोलीबीच १० वटा लिग… पुरा पढौ

विश्वकप ग्लोबल छनोट : शुक्रबार नेपालले ओमानसँग खेल्ने

काठमाडौं, ५ फागुन । आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ । ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ शुक्रबार ओमानको सामना गर्नेछ । विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप नेपालले यसअघि चार देश सम्मिलित टि ट्वान्टी सिरिज खेलेको थियो । यसमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । सोही सिरिजको अन्य खेलमा संयुक्त अरब इरिमेटसँग (युएई) २५ रन र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।… पुरा पढौ

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मोरङ, ५ फागुन । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ । फाउण्डेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ । मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगामी दुई वर्षका लागि नेपालका विद्यालयस्तरमा छात्रछात्रालाई विशेष प्रशिक्षण दिन वार्षिकरुपमा रु… पुरा पढौ

दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मछिन्द्रलाई

काठमाडौं, ४ फागुन । मछिन्द्र फुटबल क्लबले दुई खेल अगावै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जितेको हो । मछिन्द्रले अब १२औँ चरणको खेलमा थ्रीस्टार क्लब र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग खेल्न बाँकी छ । यी दुवै खेलमा हार बेहोरे पनि दोस्रो स्थानको टोलीले मछिन्द्रलाई भेट्ने छैन अङ्क तालिकाको शीर्ष स्थानमा रहेको मछिन्द्रले ११… पुरा पढौ

सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै

काठमाडौं, ४ फागुन । नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसकाे उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो । दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भोटेकोसी किनारस्थित सुक्खा बन्दरगाहबाट सुरु हुने… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय छेलोको उपाधि किरण विक र ऋषिसरा थापालाई

पोखरा ३ फागुन । गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष खुला ठेलो(छेलो) प्रतियोगिताको उपाधि पुरुष तर्फ किरण विक र महिलातर्फ ऋषिसरा थापाले जितेका छन् । प्रदेश सरकार स्थापनाको अवसरमा गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा मंगलबार पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा भएको खुला ठेलो (छेलो) प्रतियोगितामा किरणले २२ पाउण्डको छेलो १४.०७ मिटर टाढा दूरीमा फाल्दै पुरुषतर्फको उपाधि जिते । त्यस्तै महिलातर्फ ऋषिमायाले १२ पाउन्डको छेलो १०.७३ मिटर टाढा दूरीमा फाल्दै महिला तर्फको उपाधि जितिन् । उनिहरुले २०÷२० हजार रुपैयाँ प्राप्त गरे… पुरा पढौ

खेलकुदको विकास तथा विस्तारका लागि विनियोजित बजेट अत्यन्त न्यून : मन्त्री गहतराज

काठमाडौं, ३ फागुन । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रालयको कार्य जिम्मेवारी, खेलकुदको विकास र विस्तार तथा जनसंख्याका तुलनामा मन्त्रालयका लागि विनियोजित बजेट अत्यन्त न्यून रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले खेलकुदलाई अनुत्पादक क्षेत्र भन्ने राज्यको बुझाई रहेको विषय बजेट विनियोजनबाटै छर्लङ्ग रहेको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय बजेटको १.१६ प्रतिशत मन्त्रालय र मातहतका निकायका लागि विनियोजन भएको छ, यो बजेट आवश्यकताले नभई दया गरेर विनियोजन भएजस्तो भान हुन्छ, मुलुकको जनसंख्याको ४० प्रतिशत… पुरा पढौ

ए डिभिजन लिग फुटबल : जावलाखेल र फ्रेन्ड्सबीचको खेल बराबरी

काठमाडौं, ३ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल र फ्रेन्ड्सबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । जावलाखेलका लागि लोइक एन्जीमी कोउहिमले २ गोल तथा रुपबहादुर लामाले १ गोल गरे । यस्तै फ्रेन्ड्सका लागि जमोल एन्थोनी फ्रान्कोइसले २ तथा नाथानिल जुड ग्रासियाले १ गोल गरे । रोमाञ्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३–० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबरी खेलेको… पुरा पढौ

महासंघ र प्रिमियर इन्टरनेशनलबीच शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य

काठमाडौं, ३ फागुन । शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागिनेपाल विद्यालय खेलकुद महासङ्घसँग प्रिमियर इन्टरनेशनल आइबी वल्र्ड विद्यालयले शैक्षिक गतिविधि र खेलकुद प्रतियोगिताका लागि सहकार्य गर्ने भएको छ । इन्टरनेशनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएसएफ)को समन्वयमा विभिन्न उमेर समूहबीच च्याम्पिसनसीप प्रतियोगिता तथा शैक्षिक गतिविधि सञ्चालन गर्न ती दुई संस्थाबीच सहकार्य हुन लागेको हो । ‘एक राष्ट्र एक सदस्य’ नीतिअनुरूप महासङ्घले आफ्नो नीति र निर्देशानुसार योग्यता पुगेका विद्यालयलाई सदस्यता प्रदान गर्दै आएको महासचिव राजकुमार कार्कीले जानकारी दिए । विश्वका १३१ देश सदस्य… पुरा पढौ