खेलकुद

आयरल्यान्डद्वारा नेपालसामु जितका लागि १२८ रनको चुनौति

काठमाडौं, २ फागुन । ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो । आयरल्यान्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी माइकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ तथा सिमी सिंहले १… पुरा पढौ

रुसी स्केटर भालिभालाई ओलम्पिक खेल्न अनुमति

बेइजिङ, २ फागुन । चर्चित रुसी किशोर फिगर स्केटिङ कमिला भलिभालाई सोमबार खेलकुदको मध्यस्थता अदालतले डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ। सीएएसले अन्तर्राष्ट्रिय ओलम्पिक समिति, विश्व एन्टी डोपिङ एजेन्सी र अन्तर्राष्ट्रिय स्केटिङ युनियनले उनको निलम्बन पुनर्स्थापित गर्न गरेको अपील अस्वीकार गरेको बताएको छ। पुरा पढौ

मंगलबार पोखरामा छेलो प्रतियोगिता हुने

पोखरा १ फागुन । पोखरामा मंगलबार ठेलो (छेलो) प्रतियोगिता हुने भएको छ । प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा फागुन ३ गते पोखरामा खुला ठेलो (छेलो) प्रतियोगिता आयोजना हुन लागेको हो । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले परम्परागत खेललाई जर्गेना गर्ने उद्देश्य अनुरुप प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले आगामी दिनमा अन्य परम्परागत खेलहरुलाई पनि प्रवद्र्धन गर्दै लैजाने बताए । खेलमा पुरुषतर्फ सानो र ठूलो तथा… पुरा पढौ

नेपालद्वारा ओमान ६ विकेटले पराजित

काठमाडौं, २८ माघ । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ । ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दीपेन्द्रले ५३ बल खेल्दा ८ चौका र एक छक्का प्रहार ग¥यो । आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ रन तथा शरद भेषावकरले पनि समान ४… पुरा पढौ

४ देशीय टी–२० सिरिजको पहिलो खेलमा आज नेपाल र ओमान भिड्ने

काठमाडाैं, २८ माघ । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ । नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो । उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग… पुरा पढौ

राखेपको आर्थिक तथा प्रशासनिक अधिकार सहसचिव डा. पोखरेललाई

काठमाडौं, २७ माघ । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सर्वोच्च अदालतले सदस्य सचिवको मुद्दा टुङ्गाउन नसक्दा लामो समयदेखि नेतृत्वविहिन हुन पुगेको राखेपको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. कमल प्रसाद पोखरेललाई प्रत्यायोजन गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय खेलकुद परिषदको अध्यक्षको हैसियतमा पोखरेललाई आर्थिक तथा प्रशासनिकसहित सदस्य सचिवका सम्पूर्ण अधिकारको जिम्मेवारी दिएका हुन् । राखेप सदस्य सचिवसम्बन्धि सर्वोच्च अदालतमा परेको मुद्दा… पुरा पढौ

मच्छिन्द्र र ब्लुस्टार बीचको खेल नेपालमा हुने

काठमाडौँ, २७ माघ । एएफसी कप छनोटअन्तर्गत नेपालको मच्छिन्द्र फुटबल क्लब र ब्लुस्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ । पहिलोपटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्रले श्रीलङ्काको ब्लुस्टारसँग आगामी चैत २२ गते खेल्ने अखिल नेपाल फुटबल सङघ (एन्फा)ले जनाएको छ । एन्फाको अनुसार उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । एन्फाको नियमानुसार सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्म अङ्कतालिकाको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोटमा सहभागिता जनाउन पाउनेछ । यसअनुसार मच्छिन्द्र एएफसी कप छनोटमा छनोट भएको… पुरा पढौ

सहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिसको जित

काठमाडौं, २६ माघ । विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । पुलिसको जितमा रविशङ्कर पासवान नायक बने । दुवै गोल उनैले गरे । च्यासलका लागि भने मौसा अबागानाले एक गोल फर्काए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ३७औँ मिनेटमा पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता… पुरा पढौ

ओमान जाने नेपाली क्रिकेट टोलीलाई भर्चुअल माध्यमद्वारा बिदाई

काठमाडौं, २५ माघ । ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । आइसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाई गरिएको हो । मंगलबार भर्चुअल माध्यमद्वारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरुलाई बिदाई गरेका हुन् । कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्वारा मंगलबार बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ८ः३० बजे… पुरा पढौ

अर्मला पर्वतीय दौडमा कुलुङ र राई प्रथम

पोखरा, २३ माघ । छैठौं अर्मला पर्वतीय पुरुष तथा महिला खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ सुमन कुलुङ र महिलातर्फ खेन्वीमाया राई प्रथम भएका छन् । श्रीपञ्चमीको अवसरमा अर्मलाकोट युवा क्लबले आइतबार पोखरामा आयोजना गरेको छैठौं संस्करणको १२ किलोमिटर पर्वतीय दौड अन्र्तगत कुलुङले निर्धारित दूरी ५० मिनेट ४८ सेकेण्डमा पार गर्दै प्रथम भए भने राइले १ घण्टा ७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । कुलुङले २० हजार प्राप्त गरे भने राईले १० हजार रुपैयाँ प्राप्त गरिन् । त्यस्तै मोहनदेव जोशी… पुरा पढौ