खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ क्लब फाइनलमा

काठमाडौं, ४ माघ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि २३१ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै १८३ रन मात्र बनाउन सक्यो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २१ बल खेल्दै एक छक्का र… पुरा पढौ

सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको २ लाख ४३ हजार सहयोग

पोखरा, ४ माघ । लुम्बिनी विकास बैंकले पोखरा १७ दोविल्लामा सहारा क्लबले सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्यूरोड शाखाका प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीलाई चेक हस्तान्तरण गरेका थिए । बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले… पुरा पढौ

आहा ! रारा गोल्डकपको खेल तालिका सार्वजनिक,उद्घाटन खेलमा सहारा र एपिएफ भिड्ने

पोखरा ४ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक सहारा क्लब पोखराले मंगलबार पत्रकार सम्मेलन गरी माघ ६ देखि १५ गते सम्म पोखरा रंगशालामा आयोजना हुने २० औं संस्करणको बहुप्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । बिहीबार हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङमस्र्याङदी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि १५६ रनको लक्ष्य पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १०५ रन मात्र बनाउन सक्यो । बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । उनले ३३ बल खेल्दै तीन चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन… पुरा पढौ

खेलकुदमन्त्रीद्वारा बक्सिङ टिमलाई बिदाई

काठमाडौं, ३ माघ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका छन् । जनवरी २० देखि ३० सम्म उजेकिस्तानको तास्कन्दमा आयोजना हुन गइरहेको ASBC U22 Man and Women's Boxing championship प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुदमन्त्रीले बिदाई गरेका हुन् । प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकिस्तान जान लागेकी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री गहतराजले जितको अग्रिम शुभकामना दिए । बक्सिङको विश्व वरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा प्रदेश १ पराजित

काठमाडौं, ३ माघ । प्रधानमन्त्री कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३.१ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए । भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का… पुरा पढौ

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज मच्छिन्द्र विजयी

काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक÷एक गोल गरे । गेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन् । खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रको नौ खेलबाट… पुरा पढौ

च्यासलका खेलाडीलाई कोरोना देखिएपछि पुलिससँगको खेल स्थगित

काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ । च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । च्यासलले आफ्नो १९ खेलाडीलाई कोरोना संक्रमण देखिएपछि पुलिसविरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र त्यसपछि एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो । पुरा पढौ

कर्णाली बाहिरियो, पुलिस क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौं, ३० पुस । प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । ३ खेलबाट पुलिसको ६ अंक भएको छ । सुदूरपश्चिम र आर्मीलाई पराजित गरेको पुलिसले अब प्रदेश १ संग खेल्न बाँकी छ । ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कर्णालीलाई हराउँदै सुदूरपश्चिम विजयी

काठमाडौं, २९ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ््याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान दिए ।… पुरा पढौ