खेलकुद

सेन्ट्रल जोन उपाधि विजेता खेलाडीलाई गण्डकी सरकारको सम्मान

पोखरा १९ पुस । एसिएन सिनियर सेन्ट्रल जोन महिला भलिबल विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । प्रदेश यूवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा टिम क्याप्टेन अरुणा शाही, उषा भण्डारी, शान्तिकुमारी थारु र सोफिया पुनलाई प्रतिव्यक्ति रु ५० हजार र सम्मानपत्रले सम्मान गरिएको हो । चारैजना खेलाडीले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका थिए । उनिहरुलाई यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले सम्मान… पुरा पढौ

क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु, १४ खेलाडीमात्र उपस्थित

काठमाडौं, १९ पुस । नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ । सोमबारदेखि सुरु भएको प्रशिक्षणमा १४ खेलाडी मात्रै उपस्थित भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । २० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन् । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् । बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न बाँकी रहेको क्यानले जनाएको छ । पुरा पढौ

भलिबलमा जनउत्थान र बास्केटबलमा माछापुच्छ्रेलाई उपाधि

पोखरा, १८ पुस । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ छोम्रोङमा सेञ्चुरी युवा क्लबको आयोजनामा सम्पन्न २०औं संकरणको ल्होसार सेञ्चुरी मेलामा भलिबल तर्फको उपाधि जनउत्थान दिगो विकास संस्थाले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सेञ्चुरी युवा क्लब घुर्जुङलाई २५-२०, २५-१५ र २५-२२ को सोझो सेटले पराजित गर्दै जनउत्थानले उपाधि रक्षा गरेको हो । उपाधिसँगै सो संस्थाले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी उपविजेता बनेको सेञ्चुरी क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित १५ हजार रुपैयाँ पुरस्कार… पुरा पढौ

झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि

झापा, १८ पुस । कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ । मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ । आज आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको जानकारी दिए । विजेता टिमले नगद रु १२ लाख ५५ हजार र उपविजेताले नगद रु छ लाख पाँच हजार पाउने पत्रकार सम्मलेनमा जानकारी गराइयो । त्यस्तै… पुरा पढौ

पोखराका प्रदीपलाई ‘ओपन टेनिस’को उपाधि

कास्की, १७ पुस । पोखरामा सम्पन्न १८ औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस’ प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि पोखराका प्रदीप खड्काले जित्न सफल भएका छन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आयोजना गरिएको प्रतियोगिताको सम्पन्न फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडा माथि ६–३ र ६–४ को सोझो सेटमा जित निकाल्दै खड्का नेपालको शीर्ष वरियतामा उक्लिन सफल भए । उपाधि विजेता खड्काले रु ८० हजार नगद पुरस्कार प्राप्त गरे। गत महिना… पुरा पढौ

राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि हुने

काठमाडौं, १६ पुस । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा हेभी वेट, हार्डकोर, मिडल वेट, ट्याग टिम र लाइट वेट खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । हेभी वेट च्याम्पियनले रु ८० हजार, हार्डकोर च्याम्पियनले रु ६० हजार, मिडल वेट च्याम्पियनले रु ५० हजार, ट्याग टिम च्याम्पियनले रु ४५ हजार र लाइट वेट च्याम्पियनले… पुरा पढौ

ए डिभिजन लिग : आजबाट सातौं चरणका खेल हुँदै

काठमाडौं, १६ पुस । सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुने भएका छन् । आज दिउँसो १ बजे सुरु सुरु हुने पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । अहिले ६ खेलसम्म अपराजित रहे पनि २ जित र ४ बराबरीबाट १० अंक जोडेको आर्मी अंक तालिकामा तेस्रो स्थानमा छ । एपीएफ ६ खेलबाट ५ अंकसहित ११औं स्थानमा छ । यो रेलिगेसन जोनभन्दा १ अंकले मात्र माथि छ । आजै ४ः४५ बजे सुरु… पुरा पढौ

छोम्रोङमा ल्होसार मेला : भलिबल र बास्केटबलका फाइनल खेलहरु आज हुँदै

पोखरा, १६ पुस । अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी ल्होसार मेलामा भलिबल तर्फको उपाधिका लागि सीवाईसी घुर्जुङ र जनउत्थान क्लब भिड्ने भएको छ । आज भएको सेमिफाइनल खेलमा सीवाइसीले एमवाइसी तल्लोगाउँलाई २३–२५, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै सीवाइसी फाइनलमा प्रवेश गरेको हो । यसैगरी अर्काे सेमीफाइनल खेलमा जनउत्थान क्लबले योङ स्टार क्लबलाई २५–२३ र २५–२२ को सोझो सेटमा हराउँदै जनउत्थान फाइनलमा पुगेको मेला संयोजक राम गुरुङले जानकारी दिए । उनका अनुसार जनउत्थान र सीवाइसी बीचको फाइनल खेल शुक्रबारबाट… पुरा पढौ

स्वर्ण विजेता महिला भलिबल टोली स्वदेश फिर्ता

काठमाडौं, १५ पुस । बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गरे। विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । गत मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक हात पारेको थियो । बङ्गलादेशको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै… पुरा पढौ

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

काठमाडौं, १५ पुस । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मानपत्रसहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, दुई जना प्रशिक्षकलाई जनही तीन लाख र एक जना अफिसियललाई दुई लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो… पुरा पढौ