खेलकुद

कारबाओ कप : लिभरपुल र चेल्सी सेमिफाइनलमा प्रवेश

काठमाडौं, ८ पुस । लिभरपुल र चेल्सी कारबाओ कपको सेमिफाइनलमा पुगेका छन् । बुधबार राति भएको क्वार्टर फाइनलको खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । बुधबार राति भएको खेलमा चेल्सीले ब्रेनफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै लिभरपुलले भने लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । लिभरपुल र लेस्टर सिटीबीच भएको खेलमा ३–३ गोलको बराबरी खेलेका थिए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । पुरा पढौ

पाँचौ राष्ट्रिय तथा तेश्रो इन्डो नेपाल केन्पोकाई च्याम्पियनसिप पोखरामा हुने

पोखरा, ८ पुस । नेपाल केन्पोकाई मार्शल आर्टको आयोजनामा पाँचौ राष्ट्रिय तथा तेश्रो इन्डो नेपाल केन्पोकाई च्याम्पियनसिप पोखरामा हुने भएको छ । जापानिज सामुराइ मार्शल आर्टको रुपमा परिचित उक्त प्रतियोगितामा यहि पुष १२ र १३ गते पोखरा रंगशालास्थित कभर्डहलमा आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपाली १८० र भारतिय ७० गरी कुल २५० खेलाडीको सहभागिता हुने संघका अध्यक्ष प्रगत कायस्थले जानकारी दिएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ पछि पोखरामा आयोजना हुने उक्त प्रतियोगिता मार्शल आर्ट खेलको वृहत्… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला विद्युतबिहिन

चितवन, ८ पुस । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि लाइन काटेको हो । लाइन काटिएपछि रङ्गशाला आजबाट विद्युतबिहिन भएकाे छ। प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल रु आठ लाख ८७ हजार पुगेको छ । यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक… पुरा पढौ

एसिया कप खेल्न जाने टोलीको बिदाइ

काठमाडौं, ५ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान)ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द एवं क्यानका पदाधिकारीले टोलीलाई सफलताको शुभमामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे। नेपाली टोली आज राति १० बजे युएईतर्फ प्रस्थान गर्नेछ । यही पुस ८ देखि १६ गतेसम्म सञ्चालन हुने यु–१९ एसिया कप क्रिकेटमा आयोजक युएइसँगै नेपाल,… पुरा पढौ

शहीद स्मारक ‘ए’ डिभिजन लिग : एपिएफको पहिलो जित

काठमाडौं, ५ पुस । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यो जितसँगै एपिएफ पाँच खेलमा चार अङ्क जोड्दै लिगको ११औँ स्थानमा उक्लेको छ । एपिएफको जितमा आशिष लामाले दुई गोल गरे भने बिक्की तामाङले एक गोल गरे । पराजित फ्रेन्ड्सका लागि भने प्रिजेन… पुरा पढौ

साफ यू-१९ महिला च्याम्पियनसिप : आज लिग खेलमा भारतविरुद्ध प्रतिष्पर्धा गर्दै नेपाल

काठमाडौं, ४ पुस । बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतविरुद्ध प्रतिष्पर्धा गर्दैछ । ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । नेपाल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । पुरा पढौ

साफ महिला फुटबल च्याम्पियनसिप : भूटानलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं, ३ पुस । यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ । नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १, १ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ । नेपाल… पुरा पढौ

ए डिभिजन लिग : आर्मी र सातदोबाटोबीचको खेल बराबरी

काठमाडौं, २ पुस । सहिद स्मारक ‘ए डिभिजन’ लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा पहिलो अग्रता भने आर्मीले लियो । खेलको १०औं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए । आर्मीको त्यो अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको १६औं मिनेटमा सातदोबाटोका मार्टिन्स अजायीले गोल गर्दै खेललाई एक एक… पुरा पढौ

खेलाडीलाई गरिएको कारबाहीमा पुनर्विचार गर्न खेलकुदमन्त्रीको आग्रह

काठमाडौं, २ पुस । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री गहतराजले खेलाडीलाई संरक्षण्न गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने भन्दै उनले खेल क्षेत्रमै आफ्नो उर्जावान् समय… पुरा पढौ

साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले आज भूटानको सामना गर्ने

काठमाडौं, २ पुस । उन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ । भूटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जीतको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउनका लागि पनि नेपाललाई भूटानविरुद्धको खेल जित्नैपर्ने छ । जारी प्रतियोगितामा नेपाल दुई खेलमा ४ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।… पुरा पढौ