आर्थिक 📈

४ महिनामा भित्रियो २ अर्बभन्दा बढीको ल्यापटप र नोटबुक

काठमाडौं, १४ मंसिर । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ४ महिनामा नेपालमा २ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ । भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको कात्तिक महिनासम्मको समग्र तथ्याङ्क अनुसार नेपालमा विश्वका २५ देश तथा नाम नखुलेको एक स्थानबाट २ अर्ब २२ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरका ३१ हजार ४१० थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ । यी डिभाइस आयात बापत सरकारलाई २७ करोड ४१ लाख ८८ हजार… पुरा पढौ

बढ्यो सुन र चाँदीको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, १४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोकार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन रुपैयाँ २ सयले बढेर तोलाको ९७ हजार १ सय… पुरा पढौ

कालिञ्चोक दर्शनकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १४ मंसिर । कालिञ्चोक दर्शन लिमिटेडले आजबाट सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि सेयर निष्काशन गरेकाे हो। जारी पूँजी ६० करोड रुपैयाँ रहेकाे छ । यसकाे १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि रहेकाे छ। जारी पूँजीको १८ प्रतिशतले हुने १० करोड ६० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि रहेकाे छ । १० प्रतिशतले हुने १ लाख ८ हजार… पुरा पढौ

स्याङ्जामा यो बर्ष १ अर्ब बढीको सुन्तला उत्पादन

वालिङ, १४ मङ्सिर । स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष १ अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट ५७ करोड भित्रिएको उनले बताए। “यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक… पुरा पढौ

४ महिनादेखि किन लगातार घट्याे वीरगञ्ज भन्सारको राजस्व ?

पर्सा, १४ मङ्सिर । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार ४ महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनमा १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकाेमा कार्यालयले रु एक अर्ब २१ करोड सात लाख कम अर्थात् रु १२ अर्ब ९८ करोड ९९ लाख सङ्कलन गरेको छ । भदौमा रु १९ अर्ब २९ करोड… पुरा पढौ

दाङमा तोरी उत्पादन घट्याे, मिलहरु विस्थापित हुँदै

घोराही, १४ मङ्सिर । दाङमा पछिल्लो समय तोरी उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरे पनि उत्पादन भने घट्दै गएको पाइएको छ । कुनै समय दाङको तोरी अन्य जिल्लामा बिक्री हुन्थ्यो । तर पछिल्लो समय दाङ तोरी उत्पादनमा परनिर्भर हुन थालेको छ । स्थानीयले तरकारीमा प्रयोग गर्ने तोरीको तेलको साटो सूर्यमुखी र स्वयाबिनको तेल प्रयोग गर्न थालेको स्थानीय गीता विष्ट बताउछिन्। केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभरि खान पुग्ने गरे पनि पछिल्लो समय घरको उत्पादनले नपुग्ने… पुरा पढौ

नेपाली अर्थतन्त्र अत्यन्त जटिल माेडमा पुगेकाे छ, बेलैमा सचेत बनाैं : अध्यक्ष गोल्छा

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ओरालाे लागेकाे अर्थतन्त्र जोगाउन राज्यले उचित कदम चाल्नुपर्ने बताएका छन्। महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्छाले अहिले नेपालकाे अर्थतन्त्र अत्यन्त जटिल माेडमा पुगेकाे बताएका हुन् । अहिले संकलन भएकाे राजश्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको गाेल्छाकाे भनाइ थियो ।अहिले मूल्यवृद्धि समेत ६ वर्ष यताकै उच्च रहेको भन्दै यसले पनि अर्थतन्त्रलाई तहसनहस गरेको उनले बताए । चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले पनि… पुरा पढौ

लक्ष्मी क्यापिटल र सनफार्मरले गरे लगानी सम्बन्धी सम्झौता

काठमाडौं, १३ मंसिर । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य ऊर्जा सेवा प्रदायक कम्पनी सनफार्मर बिच लगानी सम्भाव्यता सम्बन्धी सम्झौता भएको छ । गत मंसिर ११ गते सम्पन्न कार्यक्रममा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख सञ्चालन अधिकृत हरि श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९५ कराेड बढीकाे कारोबार

काठमाडौं, १३ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेप्सेमा दोहाेरो अंकको बृद्धि भएको छ । १३ उपसमूहमध्येमा ७ वटामा हरियो लागेको छ । ६ वटा उपसमूहहरुमा भने रातो लागेको छ । कारोबार रकम भने तीन दिनको बीचमा घट्दै करोडमा सिमित रहेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक झिनो २.९९ अंकले बढेर १९५३.३५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०८ अंकले बढेर ३८२.६९ विन्दुमा पुगेको छ । यसदिन कुल २३४… पुरा पढौ

नियम विपरीत काम गर्ने यी बैंकहरू परे राष्ट्र बैंककाे कारबाहीमा

काठमाडौं, १३ मंसिर । राष्ट्र बैंकले नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंकहरुलाई राष्ट्र बैंककाे सुपरीवेक्षण विभागले कारवाही गरेको जनाइएकाे छ । राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका ती बैंकका खाताहरुबाट कारोबार शुरु गरेपछि कारवाही गरेको हाे । कारबाहीमा परेका बैंकहरुमा प्रभु बैंक, बैंक अफ काठमान्डू, कुमारी बैंक र प्राइम बैंक रहेका छन् । ती बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले सचेत… पुरा पढौ