काठमाडौं, १७ कात्तिक । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको बढेको मूल्यसूची पठाएको छ । इन्डियन आयल कर्पोरेसनबाट निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ०.६१ रुपैयाँ प्रतिलिटर, डिजेलमा ५.७६ रुपैयाँ प्रतिलिटर मट्टीतेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । यसबाहेक हवाई इन्धनमा पनि प्रति लिटर ४.७७ रुपैयाँले मूल्य बढेर आएको छ । यो सूचीमा खाना पकाउने एलपी ग्याँसको मूल्य मात्र थोरै घटेर आएको छ । निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार हाल निगमलाई डिजेलमा…
पुरा पढौ