आर्थिक 📈

नेपालमा लगानी विस्तारका लागि महासङ्घको आग्रह

काठमाडौं, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालमा लगानी विस्तारका लागि दक्षिण कोरियाका उद्योगी तथा व्यवसायीसँग मिलेर काम गर्न आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको कोरियाको माथिल्लो सदन नेसनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलसँग महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल कोरियाबीच रहेको आपसी आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, ऊर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविधिका बारेमा छलफल गर्दै उक्त आग्रह गरे। उहाँले कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण… पुरा पढौ

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने

काठमाडौं, २१ कात्तिक । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब रु सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब रु एक अर्ब ३० करोड अनुदान व्यहोर्ने छ । परियोजनाका लागि… पुरा पढौ

नेप्से परिसूचक घटे पनि काराेबार रकम २ अर्ब माथि

काठमाडौं, २१ कार्तिक । आईतबार साताको सेयर कारोबार भएको पहिलो दिन नेप्सेमा ४३.२० अंकको बृद्धिले अब सेयर बजार उकालो लाग्न लागेको हो कि भन्ने अपेक्षा गरिएकोमा त्यसको भोलिपल्टै आज ओरालो लागेको छ । तर कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ । दुई महिनापछि काराेबार रकम दुई अर्ब माथिकाे भएकाे हाे । बजारमा क्रेताहरुका साथसाथै नाफाकाे बुक गर्नेहरु पनि सक्रिय भएका छन् । उनीहरुकाे सक्रियता भएपछि नेप्से परिसूचक अस्थिर भएकाे लगानीकर्ताकाे आकलन रहेकाे छ । आज बजार बन्द हुँदाकाे बेलामा… पुरा पढौ

पाेखराका व्यवसायी आन्दाेलित, राष्ट्र बैंकलाई बुझाए ज्ञापनपत्र

पोखरा, २१ कार्तिक । बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अगुवाईमा आज नेपाल राष्ट्र बैंक गण्डकीमा ज्ञापन पत्र बुझाईएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिव बहादुर कोईराला, पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष गोकर्ण कार्किसहित प्रदेशका ११ जिल्लाका उद्याेग वाणिज्य संघका प्रतिनिधिसहितको टोलीले पोखरास्थित बैंकका निर्देशक रामशरण खरेललाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै निर्देशक खरेलले व्यवसायीका मागहरु, परेका समस्याहरुको बारेमा… पुरा पढौ

साेमबार घट्यो सुनचाँदीको भाउ

काठमाडौं, २१ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट देखिएको छ । अघिल्लो दिन आईतबारको कारोबारमा रुपैयाँ १४०० ले बढेर कारोबार भएको सुनको भाउ यसदिन रुपैयाँ २०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २०० ले घटेर तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको… पुरा पढौ

समीट लघुवित्तको नाफा ५२.८१ प्रतिशतले घट्यो, ईपीएस कति ?

काठमाडौं, २१ कार्तिक । समीट लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा घटेकाे छ । संस्थाकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे वर्षकोभन्दा लघुवित्तको खुद नाफा ५२.८१ प्रतिशतले घटेको हाे । लघुवित्तको खुद नाफा ५२.८१ प्रतिशतले घटेर १ करोड ८५ लाख रुपैयाँ कायम भएकाे छ। गएकाे आर्थिक वर्ष संस्थाकाे खुद नाफा ३ करोड ९२ लाख रुपैयाँ रहेकाे थियो। लघुवित्तकाे खुद ब्याज आम्दानी, खुद फि र कमिशन आम्दानीमा भएकाे कमिकाे कारण नाफा घटेकाे जनाइएकाे छ । लघुवित्तकाे ईपिएस… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको नाफा र ईपिएस दुjवै घट्यो

काठमाडौं, २१ कार्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाकाे नाफामा गिरावट भएकाे छ । संस्थाकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार गएकाे आर्थिक वर्षकोभन्दा लघुवित्तको खुद नाफा ५८.१५ प्रतिशतले घटेको हाे । संस्थाकाे खुद नाफा ५८.१५ प्रतिशत घटेर २ करोड ६७ लाख रुपैयाँमा आएकाे छ। गएकाे वर्ष याे नाफा ६ करोड ३९ लाख रहेकाे थियो। लघुवित्तकाे खुद ब्याज आम्दानी घटेकाे छ । खुद फि र कमिशन आम्दानी घटेकाेले लघुवित्तको नाफा घटेकाे हाे । खुद ब्याज आम्दानी… पुरा पढौ

माछापुच्छ्रेको अलैंची जोनमा किन पुग्याे जिससकाे टोली ?

कास्की, २० कार्तिक । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलसहितको टोलीले कास्कीको माछापुच्छ्रे गाँउपालिका-८ स्थित अलैँचीको सुपरजोन मानिने कोलेली र धितालको स्थलगत अनुगमन गरेको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको अनुदानमा गरिएको अलैँची खेतीको अनुगमनको क्रममा प्रमुख पौडेल नगदे बालीको रुपमा चिनिने अलैँची खेती प्रति कृषकहरु निकै उत्साहित सँगै खेती विस्तारका लागि कृषकबाट माग भएको बताए । 'माछापुच्छ्रेबासीलाई अलैँची खेतीबाटै आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त रहेछ । सेपिलो जग्गामा हुने अलैची खेतीमा कृषकको उत्साह र मेहनत पनि राम्रो… पुरा पढौ

नेप्से ४३.२० अंकले बढ्यो, कारोबारमा नेष्डो लघुवित्त अब्बल

काठमाडौं, २० कार्तिक । साताको सेयर कारेबार हुने पहिलो दिन नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ अघिल्लो हप्ता अधिक दिनहरु नकारात्मक रहेको सेयर बजारमा आजको सुखद् माहोलले लगानीकर्तामा उत्साह जगाएको छ । कारोबार रकममा पनि सुधार भएको पाईएको छ । एकातिर नजिकै प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन आईरहेको छ भने यो बेलामा बजारमा रकम चलायमान हुने अपेक्षा रहेको छ । अर्कोतिर बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण प्रकाशन तथा लाभांश वितरणको घोषणा लगायतका वित्तीय गतिविधिले बजारलाई चलायमान बनाउने आशा गरिएको… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको सहयाेगले कलशा देवी बनिन् उद्यमी

पर्सा, २० कात्तिक । कलशा देवी भारतको विहारमा जन्मिएकी हुन् । उन्नाईस वर्षको उमेरमा उनी पर्साको सखुवा पर्सौनी गाउँपालिका-५ का सोनालाल साह कानुसँग बिहे गरेर नेपाल आइन् । बिहेअघि परिवारमा खासै दुख गर्नु नपरेका कलशा र सोनालालमा बिहेपछि पारिवारिक जिम्मेवारी थपिँदै गयो । उनी २२ वर्षको हुँदा कलशा देवीले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिइन् । सन्तानको पालनपोषण र पढाईमा लाग्ने खर्च बढ्न थाल्यो । आम्दानीको श्रोत खासै राम्रो नभएको उनको आर्थिक स्थिति कमजोर बन्दै दैनिकी समेत चलाउन गाह्रो हुँदै… पुरा पढौ