आर्थिक 📈

१० खर्बकाे लगानी सुरक्षित गर्न यातायात प्राधिकरण बनाउन महासंघकाे माग

काठमाडौं, २ कात्तिक । यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा यातायात व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका हुन् । नेपालका न्यून तथा मध्यम वर्गीय व्यवसायीको रु १० खर्बभन्दा बढी लगानीलाई सुरक्षित गर्न र यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण… पुरा पढौ

पाेखरामा कात्तिक ४ देखि छैठौं गोदावारी पुष्प प्रदर्शनी र प्रादेशिक मेला हुने

पोखरा १ कात्तिक । पोखरामा कात्तिक ४ देखि ६ गतेसम्म छैठौं गोदावारी पुष्प प्रदर्शनी तथा तेस्रो गण्डकी प्रादेशिक पुष्प मेला हुने भएको छ । फलोरिकल्चर एशोसिएसन नेपाल (फान) कास्कीको आयोजनामा हुने मेलामा करिब २५ वटा स्टल रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पोखरा रंगशालामा आयोजना हुने मेलामा गोदावारी फूलका साथै अन्य परम्परागत फूल, कटफ्लावर, सुनगाभा, सिजनल फूलका स्टलहरु बिक्रिका लागि राखिने फान कास्कीका अध्यक्ष एवं संयोजक डिलबहादुर गुरुङले जानकारी दिए । फलोरिकल्चर एशोसिएसन नेपाल (फान) कास्कीका… पुरा पढौ

ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भर हुँदैछ : ऊर्जामन्त्री भुसाल

काठमाडौं, १ कात्ति । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताएकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडी बढेको बताइन्। “स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ”, उनले भनिन्, “यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको… पुरा पढौ

विदेशी कम्पनीले अब नेपालमा १.५ प्रतिशत आयकर तिरे पुग्ने

काठमाडौं, १ कात्तिक । विदेशी सेवा प्रदायक कम्पनीले नेपालमा काम गर्दा अब १.५ प्रतिशत मात्र आयकर तिरे पुग्ने निर्णय गरेको छ । १.५ र ५ प्रतिशतमा रस्काकस्सी भइरहँदा सरकारले १.५ प्रतिशतको निर्णय गरेको हो । आन्तरिक राजस्व विभागले सूचनामार्फत् यस्ता कम्पनीलाई १.५ प्रतिशतका दरले कर दाखिला गर्न निर्देशन दिएको छ । करको दर विवाद टुङ्ग्याउँदै विभागले सूचना जारी गरेर कर दाखिलाका लागि निर्देशन दिएको हो । सूचना अनुसार १ अर्बको ठेक्कामा काम गर्ने कम्पनीले १.५ प्रतिशतले हुन आउने १ करोड ५०… पुरा पढौ

सुनचाँदीको भाउमा सामान्य वृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं, १ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाल बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । यसदिन सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ १०० ले बढेर तोलाको ९३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन रुपैयाँ १०० ले बढेर तोलाको ९२… पुरा पढौ

सानिमा र जनरल इन्स्योरेन्सले एकीकृत कारोबार गर्दै

काठमाडौं, १ कात्तिक । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन्। दुबै कम्पनी एकापसमा गाभिएर कात्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु गरिने भएकाे हाे । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्नका लागि बीमा समितिले असोज १४ गते अन्तिम स्वीकृति दिएकाे थियाे । यस्तै कम्पनी रजिष्ट्रारकाे कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिएकाे थियाे । उनीहरुबबीच यसअघि असार २९ गते मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरिएकाे थियो । सानिमा जनरल र जनरल इन्स्योरेन्स… पुरा पढौ

बलेवा विमानस्थल हवाईजहाजको पर्खाइमा

बलेवा, १ कात्तिक । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडाै र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो । विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवावासिले जहाज देख्न पाएनन् । एकतीस वर्षयता यहाँ रहेको विमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ । कहिले गौचरण बनेको चर्चा त कहिले प्रयोगविहीन विमानस्थललाई अन्य कुनै काममा ल्याउनुपर्ने चर्चाहरू भइरहे । तर… पुरा पढौ

इष्टर्न हाइड्रोपावरकाे सेयरमा कात्तिक २ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं, १ कात्तिक । इष्टर्न हाइड्रोपावरकाे सेयरमा आवेदन दिने म्याद १ दिन थप भएकाे छ । अब लगानीकर्ताले कात्तिक २ गतेसम्म आवेदन दिन पाउने भएका छन् । इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि कात्तिक १ गते आजसम्मका लागि सर्वसाधारणका लागि ६ लाख २३ हजार ३८९ कित्ता सेयर निष्काशन गरेकाे थियाे । १ दिन थप भएपछि कात्तिक २ गते भाेलिसम्म आवेदन दिने माैका मिलेकाे हाे । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएका कारण कम्पनीले आवेदन दिने… पुरा पढौ

अस्थिरता बढेपछि अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा

चितवन, १ कात्तिक । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने अर्काेतर्फ उपभोक्ताले सुलभ मूल्यमा अण्डा उपभोग गर्न पाएका छैनन् । सुलभ मूल्यमा पाइने प्रोटिनको राम्रो स्रोत अण्डाका बारेमा जनचेतना जागृत गराउन नसक्दा उपभोग बढ्न सकेको छैन । अण्डा बजारका यावत समस्या समाधान… पुरा पढौ

नेपालमा डब्लुटीओ चेयर कार्यक्रम सार्वजनिक, उत्पादन वृद्धि र निर्यात प्रवर्धनमा प्राथमिकता

काठमाडौं, १ कात्तिक । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ‘डब्ल्यूटीओ चेयर प्रोग्राम’ नेपालमा सार्वजनिक गरिएको छ । डब्ल्यूटीओ चेयर कार्यक्रमका लागि छनौट भएको काठमाडौँ विश्वविद्यालयले कार्यक्रम गरि औपचारिक घोषणा गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै मुख्यसचिव शङ्करदास बैरागीले दिगो आर्थिक विकास र व्यापार प्रवद्र्धनका निम्ति डब्ल्यूटीओ चेयर कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय व्यापार साझेदारीका लागि महत्वपूर्ण रहने उक्त कार्यक्रमको सफल कार्यान्वयनका लागि समन्वय र सहकार्य प्रभावकारी बनाइने बताए। विश्व व्यापार सङ्गठनले कम विकसित मुलुकहरूमा सङ्गठनको काम र आवश्यक… पुरा पढौ