आर्थिक 📈

माथिल्लो दोर्दी ‘ए’ को बिजुली परीक्षण सुरु

लमजुङ, २७ असोज । माथिल्लो दोर्दी ‘ए’ बाट उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा एक महिनाअघि निर्माण सम्पन्न गरिएको २५ मेगावाट क्षमताको यस जलविद्युत् आयोजनाको उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको हो । आयोजनाका प्रबर्द्धक राजेन्द्र वस्तीले भने, 'हामीले बल्लबल्ल आयोजना निर्माण सम्पन्न गर्यौं, निर्माण सम्पन्न गरेको लामो समयपछि आयोजनाको उत्पादित बिजुली आजदेखि परीक्षण सुरु गरेका छौँ ।' आज र भोलि दुई दिन मेसिन जडान गर्न समय लाग्ने उनको भनाइ छ ।… पुरा पढौ

बिहिबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं, २७ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा १० रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन कुनै परिवर्तन नभई स्थिर भाउमा कारोबार भईरहेको छ । आज सुनको भाउ बुधबारकै तोलाको ९४ हजार २०० रुपैयाँमा करोबार भईरहेको छ । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको ९३ हजार ७०० रुपैयाँ कारोबार भईरहेको छ । यसअघि बुधबार तेजाबी सुन तोलाको ९३ हजार ७००… पुरा पढौ

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

वाशिङ्गटन डिसी, २७ असोज । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ । युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो । भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पु¥याएको सहयोगबारे प्रशंसा गरेका थिए। अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको आर्थिक विकासका लागि प्रभावकारी… पुरा पढौ

अर्थमन्त्री शर्मा विश्व बैंकको वार्षिक बैठकमा सहभागी

वाशिङ्गटन डिसी, २७ असोज । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन् । अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।… पुरा पढौ

ब्याजदर नबढ्ने हल्लाले नेप्सेमा हरियाली, काराेबारमा नबिल बैंक अब्बल

काठमाडौं, २६ असोज । लगातार ओरालोको यात्रामा गएकाे सेयर बजारकाे दृश्य आज ठीक उल्टाे देखिएकाे छ । अर्थात सेयर बजारले उकालाेकाे यात्रा तय गरेकाे छ । अघिल्लाे दिनकाे तुलनामा काराेबारमा पनि सुधार भएकाे छ भने १३ उपसमूहमध्ये दुइ बाहेक ११ वटा उपसमूहमा हरियाे लागेकाे छ । उनीहरु सबैकाे सेयर बढेकाे छ । सेयर बजारमा बैंकहरुकाे ब्याजदर नबढ्ने कुराहरु बाहिर लागेपछि लगानीकर्ताहरु लगानीका लागि अग्रसर देखिएकाेले सेयर बजारमा चमक देखिएकाे आकलन गरिएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदरका बारेमा सुझाव लिनका… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २६ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ २०० ले बढेको छ । सेतो धातु चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २०० ले बृद्धि भएर तोलाको ९४ हजार २०० मा करोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २०० ले बढेर तोलाको ९३… पुरा पढौ

गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २६ असोज । गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समायोजन भएको छ। इन्स्योरेन्सको ७.४४२५ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे हाे । सेयरमूल्य समायोजनपछि इन्स्योरेन्सको सेयरमूल्य ४५१ रुपैयाँ ४० पैसा कायम गरिएको छ। अघिल्लो दिनकाे कारोबारकाे भएकाे अन्तिम मूल्यकाे आधारमा सेयरमूल्य समायोजन गरिएकाे नेप्सेले जनाएकाे छ । मंगलबार गुराँस इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ४८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। कम्पनीले आगामी कार्तिक ४ गते साधारणसभा डाकेकाे छ । सभा प्रधान कार्यलयमा पूर्वान्ह ११ बजे अनलाइनमार्फत हुने भएकाे छ… पुरा पढौ

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २६ असाेज । रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २७ गते बिहिबार बुकक्लोज गरिएकाे बताएकाे छ। कम्पनीले प्रस्ताव गरिएकाे लाभांश पारित गर्नका लागि कार्तिक ७ गते साधारणसभा डाकेकाे छ । साधारणसभा बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे डाकिएकाे छ। सभाबाट लाभांशकाे प्रस्ताव पारित भएपछी कम्पनीका सेयरधनीहरुले पाउने बाटाे खुल्नेछ। लाभांश प्राप्तिका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भइ कायम भएपछि मात्रै साधारण सभामा… पुरा पढौ

ग्रीन हाइड्रोजन उत्पादनमा लगानी गर्दै एनआरएनएका पूर्व अध्यक्ष घले

काठमाडौं, २५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको छ । सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२’ को प्रमुख आयोजकसमेत रहेको घलेको एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनमा लगानीका लागि तयारी गरेको हो । व्यवसायी घलेले ऊर्जाको वैकल्पिक स्रोतको रुपमा हाइड्रोजनको प्रयोग संसारभर नै भइरहेको सन्दर्भमा आफूहरूले यसमा लगानी गर्न लागेको जानकारी दिए। उनका अनुसार लगानीका लागि हाल प्रारम्भिक चरणको काम भइरहेको छ । काठमाडौंको दरबारमार्गमा होटल शेराटन निर्माण गरिरहेको घलेको… पुरा पढौ

यी हुन् अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाइन्स

काठमाडौँ, २५ असोज । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर अहिले तीन नेपालीसहित २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाकाको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) ले सात दशक लामो इतिहास बोकेको छ । कोभिड–१९ महामारी अगाडि काठमाडौँ विमानस्थलमा ३१ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने गरेकोमा हाल २६ एयरलाइन्सले उडान गरिरहेका हुन् । आन्तरिकतर्फ पनि ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले सेवा दिइरहेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार ‘स्लट’ व्यवस्थापन प्रभावकारी बनाएर उडान सुरक्षा… पुरा पढौ