आर्थिक 📈

सुनचाँदीको भाउ घट्ने क्रममा निरन्तरता

काठमाडौं, ३० असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएकाे छ । यसदिन छापावाल सुनमा तोलाको १००० ले र सेतो धातु चााँदीमा रुपैयाँ २५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ १००० ले गिरावट भएर तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आईतबार तेजाबी सुनमा पनि रुपैयाँ १००० ले गिरावट भई… पुरा पढौ

मकवानपुरबाट हुने निर्यात घट्यो

मकवानपुर, २९ असोज । मकवानपुर जिल्लाबाट वार्षिकरुपमा हुँदै आएको निर्यात घटेको आएको छ । उद्योग वाणिज्य सङ्घ मकवानपुरको तथ्याङ्कअनुसार गत अर्थिक वर्ष २०७८-७९ मा जिल्लामा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग तथा व्यावसायिक प्रतिष्ठानले १७ करोड ३० लाख बराबरको निर्यात गरेका छन् । त्यसअघिको आर्थिक वर्ष २०७७-७८ मा मकवानपुरबाट २३ करोड ६२ लाख मूल्य बराबरको निर्यात भएको थियो भने आर्थिक वर्ष २०७६-७७ मा २५ करोड ५६ लाख मूल्य बराबरको निर्यात भएको थियो । आर्थिक वर्ष २०७६-७७ क्लोजर सिस्टम इन्टरनेशनल नेपाल, युनिलिभर नेपाल… पुरा पढौ

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

रसुवा, २९ असोज । तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो । दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् । लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ प्रस्थान गरिरहेकाले अबका दिनमा… पुरा पढौ

पैसा जम्माको भौचर छ, बैंककाे खातामा पैसा छैन, व्यवस्थापक ठाकुरद्वारा गल्ती स्वीकार

लुम्बिनी, २८ असोज । “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भनिन्, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको विवाहको जोरजाम छैन, न त घर नै बनाउन सकेका छौँ ।” रोइनिहवाकी ६० वर्षीया नैनमती लोधको घुँडामा समस्या देखिएको चार महिना बितेको छ । उनलाई हिँड्डुल गर्न समस्या छ । श्रीमान् पनि बिरामी छन् । “बूढ्यौलीमा सहारा हुन्छ, भनेर जीवनभरिको कमाइ शाखारहित कार्यालयमार्फत माछापुच्छ्रे बैंकमा जम्मा गरियो… पुरा पढौ

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कमजोर बन्दैछ नेपाली रुपैँया

काठमाडाैं, २८ असाेज । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको छ। अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो । यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३१… पुरा पढौ

घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ असोज । साताको सुनचाँदीको कारोबार हुने छैंटौ दिन शुक्रबार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलामा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ १०० ले बढेर तोलाको ९४ हजार १०० मा खरिदबिक्री भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १०० ले गिरावट भई तोलाको ९३ हजार ६०० रुपैयाँमा… पुरा पढौ

अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेट, नेपाललाई प्राथमिकता दिन अनुरोध

वाशिङ्गटन डिसी, २८ असोज । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । बिहीबार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डिसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो अनुरोध गरेका हुन्। भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । यसैगरी अर्थसचिव कृष्णहरि पुष्करले अर्को एक भेटघाटमा मिलेनियम… पुरा पढौ

इष्टर्न हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २८ असाेज । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि ६ लाख ७० हजार ३१० कित्ता सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि सेयर निष्काशन गरेकाेमा साे बेलामा बिक्री हुन बाँकी रहेकाे ५० हजार ३१० कित्ता सेयरसहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गरेकाे हाे । साे सेयरबाट ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे छ । १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले बाँकी हुने ६… पुरा पढौ

चोरी पैठारीका कारण स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा

काठमाडौं, २७ असोज । वार्षिकरूपमा ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा परेका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले वार्षिक २ करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो । एशोसियशनका अध्यक्ष नानीराज घिमिरेले चोेरी पैठारीबाट करोडौँ जोर जुत्ताचप्पको आयात हुँदा नेपालमा उत्पादित जुत्ताचप्पलले बजार पाउन छाडेको बताए । 'देशको मागलाई धान्न सक्नेगरी नेपालमा जुत्ताचप्पल उत्पादन गर्नसक्ने क्षमताको विकास भइसकेको अवस्थामा अनियन्त्रितरूपमा दक्षिणतिरको खुला सीमाबाट चोरी पैठारी र न्यून बिजकीकरणका कारण… पुरा पढौ

नेप्सेमा दाेहाेराे अंकको वृद्धि, कारोबारमा नबिल बैंक अब्बल

काठमाडौं, २७ असोज । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारले लगानीकर्ताको मनोबल बढाएको छ । १३ उपसमूहहरुमध्ये हाइड्रोपावर बाहेक सबैमा हरियो लागेको छ । नेप्सेमा भएको दोहोरो अंकको बृद्धिले अब बजारले सकारात्मक लय लिन्छ कि भन्ने आशा पलाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.१५ अंकको बृद्धि भएर १८७०.६३ विन्दुमा उक्लिएको छ । यसदिन नेप्सेमा ०.२२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.९५ अंकले बढेर ३६७.१४ विन्दुमा पुगेको छ । यसदिन कुल २२२ कम्पनीको सेयर कारोबार… पुरा पढौ