आर्थिक 📈

व्यवसायीको समस्या हल गर्ने योजनासहित घरदैलोमा पवन प्रजापति प्यानल

पोखरा, १५ भदौ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्षका दाबेदार पवन प्रजापति र उनको समूह यतिबेला व्यवसायीहरुको घरदैलोमा आफ्नो पक्षमा मत मागिरहेको छ । बुधबार प्रजापतिसहितको टोली पोखराको नयाँबजारका व्यवसायीहरुसमक्ष पुग्यो । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा आएर व्यवसायीहरुको हकहितको पक्षमा उनीहरुको समस्या समाधान गर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रजापति प्यानलले आफ्नो पक्षमा भोट मागिरहेको छ । अध्यक्ष प्रत्यासी पवन प्रजापतिले लामो समयको लकडाउनका कारण व्यवसायीहरु यतिबेला सबैभन्दा बढि समस्यामा रहेको बताउँदै… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, नेपाल टेलिकमको कारोबार अब्बल

काठमाडौं, १५ भदौ । सेयर बजारको दुई दिनको सुखद् यात्रापछि आज तेश्रो दिनको यात्रा सुखद् भएन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार राताम्मै भएको छ । सूचकहरुसंगै कारोबार रकम पनि मुस्किलले १ करोड नाघेको छ । ठूला ५० ब्रोकरहरुको दवदवा रहेको, ५३ लाख लगानीकर्ताहरुको लगानीमाथि खेलवाड गरिएको, सेबोनले प्रस्ताव गरेको नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी निर्णय नगरीएको र यसका लागि केही मन्त्री जिमेवार रहेको भन्दै लगानीकर्ताहरु आन्दोलित छन् । उनीहरुले मंगलबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै आगामी… पुरा पढौ

प्रि-ओपनमा नेप्से परिसूचक १.९७ अंकले घट्याे

काठमाडौं, १५ भदाै । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारकाे प्रि-ओपन सेसनमा नेप्से सूचक १.९७ अंकले घटेको छ । यसरी १.९७ अंकले घटेको नेप्से परिसूचक १९९३.३८ विन्दुमा गएर राेकिएकाे छ । १ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । याे समयमा १४ कम्पनीको ३०२ कित्ता सेयर कारोबार भएको छ । ४ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ७ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ। अन्यकाे सेयरमूल्यमा भने तलमाथि देखिएकाे छैन ।  पुरा पढौ

एकैदिन ८ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, १५ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट देखिएको छ । नेपालाी चेलीहरु गरगहनाले सजिएको तीजको समापनकै दिनमा सुनचाँदीको भाउमा गिरावट भएको हाे। छापावाल सुनमा एकैदिन रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ८०० ले गिरावट भएर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ काे बिक्री खुल्ला

काठमाडौं, १५ भदाै । हिमालयन बैंकले आजदेखि वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेकाे २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ निष्काशन तथा बिक्रीमा ल्याएकाे छ । बैंकका अनुसार ऋणपत्रको अवधि ७ वर्षकाे रहेकाे छ । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारि गरेकाे हाे । कुल ऋणपत्रबा६ १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ । बैंकका अनुसार १ अर्ब ५० करोड रुपैयाँ बराबरको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा मित्रवत प्रतिष्पर्धा : पोखरेल

पोखरा, १४ भदौ । पोखरामा उद्योगी व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि रस्सकस्सी चलिरहेको छ । चुनावमा अध्यक्षका २ आकांक्षिले प्यानल नै बनाएर घरदैलो अभियान सुरु गरिसकेका छन् । अध्यक्षका प्रत्यसीहरु वर्तमान वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र हालका बाणिज्य उपाध्यक्ष अर्जुन पोखरेल हुन्। दुवै अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका थिए । पवन प्रजापति सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएका हुन् भने अर्जुनले चुनाव लडेरै निर्वाचित भएका हुन् । आसन्न भदौ २४ र २५ गते पोखरा उद्योग वाणिज्य… पुरा पढौ

बिहिबारसम्म माग पूरा नगरे सरकार विरुद्ध आन्दोलन गर्ने लगानीकर्ताको चेतावनी

काठमाडौं, १४ भदाै । सेयर लगानीकर्ताहरुले बिहिबारसम्म माग पूरा नगरे सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै उनीहरुले अबकाे आन्दोलनले चुनावी अभियानलाई प्रभावित तुल्याउने बताएका छन् । नयाँ ब्रोकर लाइसेन्स खुला गर्ने विषयमा आलटाल गरेएपछि र केही मन्त्री त्यसलाई राेक्न लागिपरेपछि सेयर लगानीकर्ताहरु आक्रोशित भएका छन् । धितोपत्र बोर्डबाट पारित भएर स्वीकृतिका लागि मन्त्रिपरिषद् पुगेको विषय त्यत्तिकै अड्काइएको भन्दै लगानीकर्ताहरु आक्रोशित भएका हुन् । आगामी बिहीबारसम्म पनि ब्रोकर लाइसेन्स खुला गर्ने विषय क्याबिनेटबाट स्वीकृत नभएमा ५३ लाख लगानीकर्ताहरुको… पुरा पढौ

प्रिपेड डलर कार्डमार्फत् हुने भुक्तानीमा राष्ट्र बैंकको थप अंकुश

काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवाको खरिदमा हुने भुक्तानीलाई डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । बैंकले आज एक परिपत्र जारी गरी क वर्गका वाणिज्य बैंक तथा ख वर्गका राष्ट्रिय स्तरका बैंकका प्रिपेड डलर कार्डमार्फत् विभिन्न मर्चेन्ट क्याटेगरी कोड (एमसीसी) भएका १८ वटा वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न नपाइने निर्देशन दिएको हो । राष्ट्र बैंकले प्रिपेड कार्डमार्फत् भुक्तानी गर्न नपाइने सेवामा मनी अर्डर (वायर ट्रान्सफर), बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर,… पुरा पढौ

निर्वाचनमा नेपाल प्रहरीलाई ८ अर्ब बजेट, म्यादीले पाउँदैछन् पाँच अर्ब ८६ करोड ३९ लाख

काठमाडौं, १४ भदौ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई सात अर्ब ९९ करोड ४९ लाख दुई सय बजेट प्राप्त भएको छ । नेपाल प्रहरीका लागि रु एक अर्ब २३ करोड ५० लाख ९९ हजार २०० तथा म्यादी प्रहरीका लागि रु पाँच अर्ब, ८६ करोड, ३९ लाख ५० हजार बजेट छुट्याइएको हो । उक्त बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालय,… पुरा पढौ

‘लोडसेडिङबाट बिजुली बिक्रीसम्म पुग्नु क्रान्तिकारी उपलब्धि हो’

काठमाडौं, १४ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणले रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन गरेकी छिन् । पछिल्लो समयमा विद्युतीय सवारीसाधनप्रतिको चासो बढ्दै गएको र उपभोक्तासमेत त्यसमा आकर्षित भइरहेको बेला प्राधिकरणले आफ्नै परिसर रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । पेट्रोलियम सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत असाध्यै न्यून हुने यही तथ्यलाई आत्मसात् गर्दै स्वदेशी बिजुलीको खपत बढाउनका लागि चार्जिङ स्टेशन निर्माणको कामलाई रणनीतिकरूपमा अगाडि बढाइएको ऊर्जामन्त्री भुसालको भनाइ छ । कुनै बेला चर्को लोडसेडिङ भोगेका… पुरा पढौ