आर्थिक 📈

धौलागिरी लघुवित्तको ३ लाख कित्ता आइपीओ मंगलबार आउँदै

काठमाडौं, २३ साउन ।  धौलागिरी लघुवित्तले मंगलबार ३ लाख ९ हजार कित्ता आईपीओ सार्वजनिक गर्ने भएको छ । जारी पुँजी १०  करोड ३१ लाखको ३२.१० प्रतिशत बराबरको २ करोड ३१ लाख रुपैयाँको साधारण सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० का दरले ३ लाख ३१ हजार कित्ता सेयर जारी गर्ने भएको हो जसमध्ये ०.५ प्रतिशतले हुन आउने ५ हजार १ सय ५५ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सामूहिक लगानीका लागि भने ५ प्रतिशतले हुन आउने… पुरा पढौ

सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट 

काठमाडौं, २३ साउन । साताको पहिलो सेयर कारोबार भएको दिन आइतबार नेप्से परिसूचक २१२३.८२ विन्दुमा उक्लिए पनि दोश्रो कारोबारको दिन सोमबार नेप्सेले ओरालोको यात्रा तय गर्दै २१०६.१६ विन्दुमा झरेको छ । नेप्सेमा यसदिन देखिएको करेक्सनले फेरि लगानीकर्ताहरुको मनोबल घटाएको छ । यो समयमा बैंक तथा वित्तीय संस्थाहरुको चौमासिक सार्वजनिक भइरहेको छ । चाडपर्वको आगमन तथा मंसिर ४ गते घोषणा गरिएको संघ तथा प्रदेशको निर्वाचनको कुराले बजारलाई सकारात्मक प्रभाव पार्ने आकलन गरिएको थियो । तर अझै पनि सेयर बजारमा ढुक्क हुने… पुरा पढौ

मर्यादाक्रम मिलाउने नाममा राज्यलाई ठूलो आर्थिक भार थप्दै सरकार, २४ प्रतिशतसम्म तलब बढाइयो

काठमाडौं, २३ साउन । मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको प्रस्तावित तलबमान अनुसार अधिकृतदेखि सचिवसम्मको तलब २४ प्रतिशतसम्मले बढेको पाइएको हो । जब कि गत जेठ १५ मा सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा साउन १ गते देखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले मात्र बढाइएको थियो । साउन महिनाको तेस्रो हप्ता लागिसकेकाले सरकारी कार्यालयहरुले तलब धमाधम पठाउने तयारी गरेका छन्।… पुरा पढौ

सयपत्री हाइड्रोपावरको सेयर मंगलबार बाँडफाँड गरिने, साढे १४ लाख बढीकाे हात खाली हुने

काठमाडौं, २३ साउन । सयपत्री हाइड्रोपावरको सेयर आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँड गरिने भएको छ । प्रि-अलटमेन्ट साउन २२ गते सम्पन्न भएपछि बाँडफाँडकाे चरमा पुगेकाे बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलले जनाएको छ । माग बमाेजिमभन्दा २५.७१ गुणा बढी आवेदन परेकोले बाँडफाँड गोलाप्रथाबाट गरिने भएकाे छ । ६७ हजार ५८ जनाले मात्र सेयर पाउनेछन् । बाँकी १४ लाख ५६ हजार ६४४ जना रित्तै फर्किनेछन् । सयपत्री हाइड्राेकाे सेयरमा १५ लाख २३ हजार ७०३ जनाकाे आवेदनबाट १ करोड ७२ लाख ४५ हजार… पुरा पढौ

म्याग्दीका कृषकका लागि दुई करोड अनुदान

म्याग्दी, १३ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा दुई करोड  रुपैयाँ हाराहारी अनुदान वितरण गरेको छ । केन्द्रले विभिन्न कार्यक्रम मार्फत ४ सय ३२ कृषक, फार्म, समूह र सहकारीलाई १ करोड ७९ लाख अनुदान वितरण गरेको हो । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यका अनुसार दूध, मासु, अण्डा उत्पादन वृद्धि, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको हो । “प्रदेश र सङ्घीय सरकारबाट चार करोड पाँच लाख ८०… पुरा पढौ

साेमबार सुनचाँदीको भाउ स्थिर रहि कारोबार हुँदै

काठमाडौं, २३ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर कराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन स्थिर रहेर आईतबारकै भाउमा कारोबार भईरहेको जनाएको छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन छापावाल सुनमा रुपैयाँ ५०० ले बृद्धि भएको थियो । सोमबार तेजाबी सुन पनि स्थिर रहेर आइतबारकै भाउमा कारोबार भईरहेको छ । आइतबार तेजाबी सुन तोलाको ९५ हजार ८००… पुरा पढौ

रु २८ अर्ब १७ करोड लागतकाे काँकडभिट्टा–लौकही सकडमा आकाशे पुल र अन्डर पास बन्रे

बनियानी, २३ साउन । काँकरभिट्टा–लौकही एक सय १२० किलोमिटर सडकअन्तर्गत तीन सय ७७ संरचना हटाइने भएको छ । दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना ठूला गरी ती संरचना हटाइने सामाजिक तथा पुर्नवास विशेषज्ञ रविन ढकालले बताएका छन् । उनले सो सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे सङ्क्षिप्त जानकारी पनि दिए । बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना छन् । एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब रु… पुरा पढौ

माछापुच्छ्रे बैंक र बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकासबिच क्युआर कोड हस्तान्तरण

पोखरा, २२ साउन । माछापुच्छ्रे बैंक र बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबिच क्युआर कोड हस्तान्तरण भएको छ । आइतबार बैंकका सिइओ सन्तोष कोइरालाले बिकास समितिको क्युआर स्क्यान गरी उद्घाटन गरे । बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष सूर्यप्रसाद सुवेदीले समितिले गरेको समाजिक कामको बारेमा जानकारी दिदै बित्तीय र धार्मिक क्षेत्रबिच सहकार्य गर्न पाएको भन्दै खुसी ब्यक्त गरे । उनले मन्दिरमा संकलन हुने भेटि अब क्युआर कोड मार्फत संकलन हुँदा थप सहजता हुने बिश्वास ब्यक्त गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंक… पुरा पढौ

कारोबारको पहिलो दिन नेप्से २१२३.८२ विन्दुमा उक्लियो

काठमाडौं, २२ साउन । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । तेह्र उपसमूहमध्ये जीवन बीमामा मात्रै रातो लागेको छ । जीवन बीमा समूहको सेयर घटेको छ भने बाँकी १२ उपसमूहको सेयरमा हरियो लागेको छ । सबैको सेयर बढेको छ । कारोबार रकम सन्तोषजनक रहेको छ भने लगानीकर्तामा सेयर बजार सकारात्मक लयमा जाँदा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४९ प्रतिशतले… पुरा पढौ

पोखरेलद्वारा पाेउवा संघको अध्यक्षमा उम्मेदवारी घोषणा, संघलाई “साझा घर” बनाउने प्रतिबद्धता(भिडियाे)

पोखरा, २२ साउन । गण्डकी प्रदेशकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महासधवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका आकांक्षि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी घोषणा शुरु गर्न थालेका छन् । आईतबार पोखरामा पत्रकार सम्मेलन गर्दै सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर ४ कार्यकालकाे अनुभव बटुलि सकेका युवा उम्मेदवार अर्जुन पोखरेलले अध्यक्ष पदमा दावेदारी प्रस्तुत गर्दै व्यावसायीक हकहितका लागि र संघलाई “साझा घर” बनाउने ८ बुदे प्रतिबद्धता व्यक्त गरे । मेरो उम्मेदवारी कुनै प्रकारको बार्गेनिङ गर्नका लागि होईन । म मेरो उम्मेदवारी… पुरा पढौ