आर्थिक 📈

जनार्दन शर्माबारे छानविन समितिले गर्‍यो अर्थ मन्त्रालयको निरीक्षण, मगायो कागजात

काठमाडौं, ३० असार । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानविन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ । बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटिभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरूसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। उनले समितिका सदस्यहरूलाई अर्थ मन्त्रालयका प्राविधिकहरूले त्यसबारे आवश्यक जानकारी… पुरा पढौ

सुदूरपश्चिम प्रदेशसभामा बजेट बहुमतले पारित

सुदूरपश्चिम, ३० असार । सुदूरपश्चिम प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेट बहुमतले पारित भएको छ । आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टैरुपमा आव २०७९÷८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७९÷८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि बजेटको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिनु हुँदै… पुरा पढौ

सेनिटरी प्याड र कच्चा पदार्थ आयात महसुलमा भारी छुट

काठमाडौं, ३० असार । सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट वक्तव्यमार्फत ‘रातो कर हटाउ’ भन्ने आन्दोलनको सम्बोधन गर्दै सेनिटरी प्याड र यसको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुलमा भारी छुट गरेको छ । बजेट वक्तव्यको बुँदा ४०३ मा ‘सेनिटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट र नेपालमै प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने’ उल्लेख छ । यसले नेपाली उद्योगहरु पनि लाभान्वित भएका छन् । सरकारको उक्त… पुरा पढौ

विश्व बैंक र नेपाल सरकारबीच १० अर्ब ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं, ३० असार । नेपाल सरकार र विश्व बैंकबीच नेपालमा खानेपानी तथा सरसफाई सेवा सुधारका लागि करिब १० अर्ब नेपाली रूपैंया बराबरको आयोजनामा हस्ताक्षर भएको छ । खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकारबीच बुधवार ८ करोड अमेरिकी डलरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस… पुरा पढौ

सिक्लेस हाइड्रोपावरकाे सेयर साउन ६ गतेदेखि निष्काशन हुने

काठमाडौं, ३० असार । सिक्लेस हाइड्रोपावरकाे सेयर साउन ६ गतेदेखि ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीमा ल्याउन लागेकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि सेयर निष्काशन गर्ने बताएकाे छ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले साउन २० गतेसम्म आवेदन दिन सक्नेछन् । साे अवधिसम्म माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सेयरमा आवेदन दिनका लागि माछापुच्छ्रे बैंकको मादी शाखा, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया… पुरा पढौ

लुम्बिनी जनरल इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २९ असार । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा आज आषाढ २९ गते काठमाडौंमा सम्पन्न भयो । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको  लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो । त्यस्तै बिशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पूंजी १ अर्ब २५ करोडबाट बृद्धि गरी रु. ३ अर्ब कायम गर्ने, चुक्ता पूंजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने, मर्जर सम्बन्धी… पुरा पढौ

सरकारी बेरूजुकाे ग्राफ बढ्दाे, सुधारका लागि देखिएन चासाे

काठमाडाैं, २९ असार । वर्षेनि सरकारी बेरूजुकाे पाराे बढीरहेकाे छ । यस वर्ष महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनले १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु देखाएकाे हाे । याे वर्ष संघीय, प्रादेशिक र स्थानीय तहका संघ, संस्थाको ७५ खर्ब ३३ अर्ब ९ कराेडकाे लेखापरिक्षणबाट बेरुजु देखिएको हो ।याेसहित हालसम्म कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ देखिएकाे छ । यो गत सालकाेभन्दा १५.४६ प्रतिशतले बढी देखिएकाे छ। संघीय सरकारी कार्यालयतर्फ लेखा… पुरा पढौ

सेयर बजारमा अर्धशतक पार, कारोबारमा शिबम् सिमेन्ट अब्बल

कठमाडौं, २९ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेले अर्धशतक पार गरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सुधार भएको छ । वाणिज्य बैंकहरुमा भएको निक्षेप संकलनमा बृद्धिकाे प्रभात तथा मौद्रिक नीति देशको आवश्यक्ता अनुसार आउने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताईहेको बेलामा यसदिनको सकारात्मक लयले केहि आशा पलाएको छ । यसले लगानीकर्ताहरुको बढाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचकले अर्धशत पार गरेको छ । नेप्सेमा… पुरा पढौ

राष्ट्र बैंकको सञ्चालक समितिमा निजी क्षेत्रको सहभागीताकाे मागसहित परिसंघले दियाे मौद्रिक नीतिका लागि यस्ता सुझाव

काठमाडौं, २९ असार । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकको संचालक समितिमा निजी क्षेत्रको प्रतिनिधित्व राख्न आग्रह गरेको छ । परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिँदै यस्तो माग गरेको हो । साथै परिसंघले मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मंगलबार परिसंघले सुझाव दिदै विद्यमान आर्थिक अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्र चलायमान गराउने नीति लिन आग्रह गरेको हो… पुरा पढौ

आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउन मन्त्री बडूकाे आग्रह

काठमाडौं, २९ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताएका छन् । नेपाल निर्यात व्यवसायी महासङ्घले आज आयोजना गरेको ‘निर्यात प्रवर्धनका लागि राजदूत एवम् व्यवसायीबीचको अन्तरक्रिया’ कार्यक्रममा उनले नेपालको निर्यात क्षेत्रलाई विस्तार गरी वैदेशिक लगानीलाई नेपालमा आकर्षित गर्न राजदूतको भूमिका महत्वपूर्ण भएको बताए । “मुलुकमा उत्पादित वस्तुको निर्यातलाई बढाएर विदेशी मुद्रा भित्र्याउनु अहिले देशको मुख्य आवश्यकता हो, सोही कार्यमा विभिन्न देशका नवनियुक्त राजदूतहरु लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु”, उनले… पुरा पढौ