आर्थिक 📈

प्रचण्डद्वारा जलविद्युत् प्रवर्धनका लागि भारतीय लगानीकर्तालाई आह्वान

काठमाडौं, ३२ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत्को क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवर्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् । तीनदिने भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले आज ‘फाउन्डेशन फर पब्लिक अवेयरनेस एन्ड पोलिसी’ (एफपिएपि) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला उद्योगलगायत उच्च सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। जलविद्युत् उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले भारत विश्व अर्थतन्त्रको मुख्य केन्द्र बन्दै… पुरा पढौ

कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी, के के छ निर्देशिकामा ?

काठमाडौं, ३२ असार । साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए। नेपाल सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो । निर्देशिकामा बीमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बीमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि… पुरा पढौ

गुराँस लाइफद्धारा ३० लाख विमा रकम भुक्तानी

पोखरा, ३१ असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा केहि वर्ष पहिले जीवन बीमा गर्दा प्राण घातक रोगको सुबिधा लिएका एक मुटु सम्बन्धि रोग लागेका विमितलाई कम्पनीले ३० लाख भुक्तानी गरेको छ । पोखरा-२९, पावर हाउस निवासी ३९ वर्षका मनप्रसाद थापामगरलाई पोखरा न्युरोड स्थित इन्स्योरेन्सको कार्यालयमा आयोजित एक कार्यक्रममा क्षेत्रिय कार्यालय पोखराका प्रमुख हरि शर्मा पौडेलले ३० लाखको चेक प्रदान गरे । सो अवसरमा यसप्रकारको सुविधा ५ लाख देखि ५० लाखसम्म मात्र लिन पाईने र कम्पनीले २० वटा रोगलाई प्राण घातक… पुरा पढौ

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२ पाउन सफल

काठमाडौं, ३१ असार । ग्लोबल आइएमई बैंकले “युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२” पाउन सफल भएकाे छ। बेलायतको लण्डनमा बुधबार आयोजना गरिएकाे सम्मान कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले साे अवार्ड प्राप्त गरेका हुन्। बैंकले ग्राहकलाई दिइरहेकाे सेवा, नयाँ प्रविधिको प्रयोग र उच्चस्तरीय कार्यसम्पादनकाे मूल्यांकनकाे आधारमा अवार्ड प्रदान गरिएको जनाइएकाे छ। बैंकले देशका ७७ वटै जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन, राजश्व संकलन काउन्टर र ३ वटा… पुरा पढौ

चालु आवमा सरकारले गर्यो १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

काठमाडौ‌, ३१ असार । सरकारले चालु आर्थिक वर्षमा कूल ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सरकारले रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको… पुरा पढौ

नेप्से परिसूचक २००९.४६ विन्दुमा उक्लियो, १ अर्ब ४५ करोड बढीको कारोबार

काठमाडौं, ३१ असार । लगातार तेश्रो दिन सेयर बजारको यात्रा सुखद् देखिएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकले बृद्धि देखिएको हाे। अघिल्लो दिनको तुलनामा कारोबार रकममा कमि भएपनि बजार सकारात्मक लयमा गएकोमा लगानीकर्ताहरुकाे मनोबल बढेको छ । सेयर बजार विभिन्न घटनाक्रमले प्रभावित हुँदै आएको छ । यहीबिचमा बैंकहरुले श्रावण महिनामा व्याजदर नबढाउने भएकोले बजारमा यसको सकारात्मक प्रभाव पर्ने लगानीकर्ता बताउँछन् । उता राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४-१२ को क्यापका सन्दर्भमा असन्तुष्ट… पुरा पढौ

रसुवागढी नाका दुईतर्फी खाेल्न चीनले सहमती जनायाे

काठमाडौं, ३१ असार । रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको छ । नेपाल र चीनका अधिकारीहरूबीच बिहीबार भएको भर्चुअल छलफलमा कोभिड प्रोटोकलसहित नाका खुलाउने सहमति जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘कोभिड-१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी र केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत भएका छन् । यसका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्नेछन्,’ परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ । नेपाल-चीन सीमा व्यवस्थापन सम्बन्धि उक्त बैठकमा… पुरा पढौ

आन्तरिक राजस्व हेटौंडाले नियमानुसार राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्याे

हेटाैडा, ३० असार। आन्तरिक राजस्व कार्यालय हेटौडाले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरेको जनाएको छ। लिखित तथा मौखिकरुपमा पटक–पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकरी दिएका छन। यसरी बैंक खाता रोक्का गरिएकामध्ये आयकर वक्यौतातर्फ ७ वटा व्यावसायिक फर्म र मूल्य अभिवृद्धिकर वक्यौता तर्फका ६ वटा व्यावसायिक फर्म रहेको उनले… पुरा पढौ

गर्भनरको राजिनामा हल्लाबीच नेप्से उकालो लाग्दै, एनआईसी एशिया बैंककाे ३० कराेड बढीकाे काराेबार

काठमाडौं, ३० असार । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा बृद्धिसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । लगातार दोश्रो दिनको सेयर बजारको सकारात्मक माहाेलले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । लामो समयसम्म १९ बुँदे माग राखेर आन्दोलनमा रहेका लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) संग १९ बुँदे सहमति गरेपछि पनि ढुक्क भएका थिएनन् र उनीहरु अझैं पनि नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्यापको कारण असन्तुष्ट रहिरहेका छन्… पुरा पढौ

बढ्यो सुनचाँदी दुबैको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, ३० असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ १० ले बढेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले बढेर तोलाको ९४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९३ हजार… पुरा पढौ